अविश्रान्त राजनैतिक यात्री- भूपेन्द्रबहादुर थापा

जन्मः

बेनी नगरपालिका वार्ड नं. १ अन्तरगत पर्ने रत्नेचौर गाउँमा बि.सं. २०२४ वैशाख १६ मा सामान्य किसान परिवारमा उनको जन्म भएको हो । [१] सरल एवं इमान्दार राजनैतिक व्यक्तिका रूपमा परिचित थापाको बाल्यकाल सामान्य बालककै रूपमा बित्यो । [२] बुबा शेरबहादुर थापा एवं आमा केशरी कुमारी थापाका जेष्ठ पुत्रका रूपमा जन्मिएका थापाका एक दिदी र एक भाई छन ।[३]

शिक्षाः

गाउँकै स्थानीय भानु उ. मा. वि. मा कक्षा ८ सम्मको अध्ययन पूरा गरी माध्यमिक शिक्षाको लागि गाउँदेखि ७ किमिको दुरीमा रहेको बागलुङ बजारस्थित बिद्यामन्दिर माध्यमिक बिद्यालयबाट बि.सं. २०३९ मा द्वितिय श्रेणीमा प्रवेशिका परीक्षा उत्तीर्ण गरेका हुन । [४] प्रवेशिका परीक्षा उत्तीर्ण गरेपछि बागलुङ बजारकै धौलागिरि बहुमुखि क्याम्पसमा आइ एल सम्मको अध्ययन पूरा गरेका थापा त्यसपछि निरन्तर राजनीति मैं निरन्तर लागिपरेका छन । [५]

राजनैतिक जीवनः

बि.सं. २०५४ सालमा तत्कालिन जिल्ला बिकास समितिको उपसभापति पदमा अत्याधिक मतका साथ बिजय प्राप्त गरेपछि थापाले जिल्लाको राजनैतिक वृतमा उदीयमान राजनैतिक नेतृत्वका रूपमा पर्दापण गरे ।[६] पार्टी राजनीतिमा चाँहि उनको बलियो उपस्थिति बि.सं. २०६७ माघ ३ गते तत्कालिन धौलागिरि अञ्चलको नेकपा ‌‍(एमाले) को अञ्चल कमिटिका लागि भएको निर्वाचनमा सर्वाधिक मत ल्याउने उम्मेदवारको दोस्रो क्रममा निर्वाचित भएपछि भएको हो । त्यस्तो प्रकृतिको निर्वाचनमा अञ्चलभरका जिल्ला कमिटिका प्रमुखहरू, जिल्लाका राष्ट्रिय प्रतिनिधी परिषदमा प्रतिनिधित्व गर्ने सदस्यहरू र केन्द्रिय सदस्यहरूले मत खसाल्न पाउने व्यवस्था थियो । जुन निर्वाचनमा थापालाई १४ मतदाताहरू मध्ये १० जनाको मत प्राप्त भएको थियो ।[७]

बि.सं. २०४८ सालमा म्याग्दी बहुमुखि क्याम्पसको पहिलो स्ववियू निर्वाचनमा सदस्य पदमा निर्वाचित भएका थापाले त्यस यता पार्टीको सांगठनिक पदका लागि भएका कुनैपनि निर्वाचनमा पराजयको स्वाद चाख्नुपरेको छैन । [८] विद्यालयस्तरकै अध्ययन गर्ने क्रममा बि.सं. २०३८ सालमा अनेरास्ववियू (पाँचौं)को सदस्य भएर राजनीतिक यात्रा सुरु गरेका थापाले त्यहि बिन्दुबाट आफ्नो राजनैतिक यात्रा जारी राखे । उनी बि.सं. २०७१ साउन १ गते तत्कालिन नेकपा एमालेको बैकल्पिक केन्द्रिय सदस्यमा निर्वाचित भएका थिए । [९] [१०] बि. सं. २०४६ सालको जनआन्दोलनमा तत्कालिन रत्नेचौर गाउँको संयुक्त वाम मोर्चाको संयोजक भएर बहुदलको पक्षमा लडाईं लडेका उनले बि.सं. २०४७ सालमा नेकपा एमालेको सदस्यता ग्रहण गरे । लगत्तै रत्नेचौर गाउँ कमिटिको सचिवको भूमिका निर्वाह गरे। त्यसपछि बि.सं. २०४८ सालमा इलाका २ को सचिव, बि.सं. ०४९ मा क्षेत्रीय कमिटी १ को सदस्य निर्वाचित भए । त्यसको एक वर्षपछि उनी बि.सं. ०५० सालमा तत्कालिन नेकपा (एमाले) म्याग्दीको जिल्ला कमिटी सदस्य र इलाका नं. २ क्षेत्रको इन्चार्जको भूमिका निर्वाह गरे । [११][१२]

जिल्ला कमिटी सदस्यमा निर्वाचित भएको तीन बर्षपछि उनी २०५३ सालमा पार्टीको जिल्ला उपसचिवमा चयन भए । त्यसैगरी बि.सं. २०५५ सालमा तत्कालिन नेकपा (एमाले) को भातृसंगठन प्रजातान्त्रिक युवा संघ नेपालको केन्द्रीय सदस्य निर्वाचित भई, जिल्लाबाट मातृपार्टीको कुनैपनि भातृ संगठनको केन्द्रिय कमिटीमा पुग्ने पहिलो स्थानीय नेता हुन सफल भए । तत्कालिन बिद्रोही नेकपा (माओवादी)ले देशब्यापी रूपमा चर्काइरहेको जनयुद्वको समय विशेषतः बि.सं. २०६२ सालदेखि २०६६ सालसम्म तत्कालिन नेकपा एमालेको म्याग्दीको जिल्ला सचिवमा सर्वसहमतिले चयन भई अनवरत रूपमा पार्टीको सांगठनिक स्थितिलाई मजबुत गराउन लागि परे । जिल्ला कमिटी, म्याग्दीको प्रमुखका रूपमा उनले निभाएको भूमिका कै कारण अत्याधिक मत सहित बि.सं. २०६८ सालमा पार्टीको तत्कालिन धौलागिरि अञ्चल कमिटी सचिव पदमा निर्वाचित हुन सफल भए । बि.सं. २०७१ सालमा काठमाण्डौंमा आयोजित तत्कालिन नेकपा एमालेको नवौं महाधिवेशनबाट वैकल्पिक केन्द्रीय सदस्यमा भारी मतले निर्वाचित भएपछि उनी धौलागिरि सहसंयोजकमा चयन भए ।[१३][१४] [१५] देशका दुई ठूला कम्युनिष्ट पार्टी तत्कालिन नेकपा (एमाले) र नेकपा (माओवादी) मिलेर बनेको हालको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा केन्द्रिय सदस्यमा पर्न सफल भूपेन्द्रबहादुर थापाले खुलेर कुनै पनि गुटलाई समर्थन नगरे पनि उनी पार्टी उपाध्यक्ष बामदेव गौतम नजिक भएको विभिन्न समाचार टिप्पणीमा आउने गरेको छ । [१६]

प्रतिनिधि सभा निर्वाचन एवं उम्मेदवारीः

बि.सं. २०७२ सालको संविधान जारी भएपछि भएको संघिय संसदको पहिलो निर्वाचनमा एक मात्र निर्वाचन क्षेत्र तोकिएको म्याग्दी जिल्लाबाट बामगठबन्धनको साझा उम्मेदवार चयनमा भएको रस्साकस्सीमा भूपेन्द्रबहादुर थापाले बाजी मार्न सफल भए ।[१७][१८][१९] पार्टी एकिकरण पूर्व दुई कम्युनिष्ट दल नेकपा एमाले र माओवादीले संयुक्त गठबन्धन बनाएर देशभरबाट निश्चित भागबण्डाका आधारमा एउटै चुनाव चिन्ह लिएर निर्वाचनमा भिडेका कारण कुन जिल्लाबाट संघिय संसदमा को र कुन पार्टीको ? त्यस्तै पहिलोपटक हुन लागेको प्रदेश सभामा कुन पार्टी र कसले उम्मेदवारी पाउने भनेर देशैभर विभिन्न अडकलबाजी चलेका बखत म्याग्दीबाट पनि कुन पार्टीको कसले संघिय संसदको उम्मेदवार हुन पाउने हो, यसै भन्न सकिने अवस्था थिएन । तर यो पार्टीले यो नेताले उम्मेदवारी प्राप्त गर्न सक्छ भनेर चिया गफ देखि चौतारीको जमघटसम्ममा छलफल भएकै थिए । यसै क्रममा संघिय संसदको उम्मेदवारी तत्कालिन एमालेको भागमा पर्नु र उम्मेदवारी भूपेन्द्रबहादुर थापाले पाउनु खासै अनेपेक्षित चै थिएन । [२०][२१] संघिय संसदको प्रतिनिधिसभा सदस्यमा आफ्ना निकटम प्रतिद्वन्द्वीलाई २ हजार भन्दा बढीको मतान्तरसहित कुल २३ हजार ३ सय ८ मत प्राप्त गरी बामगठबन्धनका तर्फबाट उम्मेदवार बनेका थापाले बिजय प्राप्त गरेका थिए ।[२२][२३]

Source: Wikipedia

अब रत्नेचौरमा पनि इन्टरनेट सेवा

रत्नेचाैरमा इन्टरनेट सेवा उपलब्ध हुने भएको छ । फोटोः गुगल इमेज

रत्नेचाैर, 

दुई जिल्ला सदरमुकामहरू (बेनी र बागलुङ) को बिचमा रहेर पनि अहिलेसम्म इन्टरनेट दुनियाँसँग जोडिन नसकेको रत्नेचौर अन्नततः इन्टरनेट सेवा प्राप्त गर्न सक्षम भएको छ ।

रत्नेचौरमा उपलब्ध भएको इन्टरनेट सेवा कुनै पनि राजनैतिक दल या निर्वाचित प्रतिनिधिको पहलमा नभै  रत्नेचौरका युवा व्यवसायी दानबहादुर महत (शंकर) को एकल प्रयास र इच्छाशक्तिका कारण सम्भब भएको हो । व्यवसायी महत विगत लामो समयदेखि गाउँमा इन्टरनेट सेवा भित्र्याउन अथक प्रयासमा तल्लिन हुनुहुन्थ्यो । तर वहाँको प्रस्तावको कुनै पनि इन्टरनेट प्रदायक संस्थाले सुनुवाइ गरेका थिएनन । तर हालै पोखरा इन्टरनेटले आफ्नो वायरलेस नेटवर्क सेवा सुलभ मूल्यमा उपलब्ध गराएपछि यो सम्भब भएको हो । हाल यस कम्पनीको १० एमबिएस गतिको इन्टरनेट सेवाका लागि अावश्यक इन्टरनेट साधन र राउटरसहित एकमुष्ठ १४ हजार र मासिक १ हजार २ सयको शुल्कमा यो सेवा लिन सकिनेछ । यहि मंसिर १९ गतेदेखि सेवा लिएपछि महतले सामाजिक संजाल फेसबुकमा खुशि ब्यक्त गर्नुभएको थियो । वहाँसँगै अन्य ४ जनाले पनि यस सेवा लिन थालेको र ५० भन्दा बढी सेवाग्राही भएपछि कम्पनीले फाइबरबाटै इन्टरनेट सेवा उपलब्ध गराउने र फाइबरबाट उपलब्ध हुने इन्टरनेट सेवा अझ भरपर्दो र तिब्र गतिको हुने कम्पनीका प्रतिनिधीको दाबी रहेको महतले बताउनुभयो । साथै, फाइबरबाट इन्टरनेट सेवा वायरलेस प्रविधिको सेवाभन्दा सस्तो र सुलभ हुने पनि महतको भनाई छ । 

जागरणले राख्यो चमच्चा

पिङ्मा रमाउँदै बालबालिकाहरू तस्बीरः मन्नु रावल

रत्नेचौर जागरण समूहले रत्नेचौरमा दोस्रो पटक चमच्चा र पिङ राख्ने काम सम्पन्न गरेको छ । जागरण समूहका शुभचिन्तक एवं आजिवन सदस्य श्री कृष्ण बोगटी (हालः मलेशिया) को विशेष आर्थिक सहयोगमा यो कार्यक्रम सम्पन्न गरिएको समूहका उपाध्यक्ष श्री मन्नु रावलले बताएका छन । रत्नेचौर डट कमसँगको विशेष संवादमा उपाध्यक्ष रावलले पिङ् अनि चमच्चा(रोटेपिङ), नराखेसम्म गाउँमा दशैं नै आएको जस्तो नहुनेभएकाले नीजि कार्यब्यस्तताका बाबजुद पनि जागरण समूहका सम्पूर्ण सदस्यहरू बिहानैदेखि काममा खटिएकाले यो सम्भव भएको बताए । समूहले चमच्चा राख्ने कार्यका लागि दुई जना अनुभवप्राप्त मिस्त्रीलाई विशेष ज्याला रकम दिएर सहयोग लिएको समूहका सक्रिय सदस्य हरिबहादुर महत (ध्रुब) ले जानकारी दिए ।

सरोज संगमको मुक्तक संग्रह विमोचित

saroj

This slideshow requires JavaScript.

रत्नेचौरका नवोदित साहित्यकार सरोज रावल संगमको प्रथम साहित्यिक कृति गाथा मुक्तक संग्रहको हिजो बैशाख ८ गते एक कार्यक्रमबिच बिमोचन गरिएको छ । धौलागिरी कला तथा साहित्य मञ्च बागलुङ्गको आयोजनामा कृतिको बिमोचन सर्जककी ममतामयी आमा देवी रावल, साहित्यकार भूपिन, र रत्नश्रेष्ठ पुरस्कार गुठीका अध्यक्ष प्रेम छोटाले संयुक्त रूपमा गरेका हुन । मुक्तक संग्रहको मूल्य रू. १०० राखिएको छ ।