अब रत्नेचौरमा पनि इन्टरनेट सेवा

रत्नेचाैरमा इन्टरनेट सेवा उपलब्ध हुने भएको छ । फोटोः गुगल इमेज

रत्नेचाैर, 

दुई जिल्ला सदरमुकामहरू (बेनी र बागलुङ) को बिचमा रहेर पनि अहिलेसम्म इन्टरनेट दुनियाँसँग जोडिन नसकेको रत्नेचौर अन्नततः इन्टरनेट सेवा प्राप्त गर्न सक्षम भएको छ ।

रत्नेचौरमा उपलब्ध भएको इन्टरनेट सेवा कुनै पनि राजनैतिक दल या निर्वाचित प्रतिनिधिको पहलमा नभै  रत्नेचौरका युवा व्यवसायी दानबहादुर महत (शंकर) को एकल प्रयास र इच्छाशक्तिका कारण सम्भब भएको हो । व्यवसायी महत विगत लामो समयदेखि गाउँमा इन्टरनेट सेवा भित्र्याउन अथक प्रयासमा तल्लिन हुनुहुन्थ्यो । तर वहाँको प्रस्तावको कुनै पनि इन्टरनेट प्रदायक संस्थाले सुनुवाइ गरेका थिएनन । तर हालै पोखरा इन्टरनेटले आफ्नो वायरलेस नेटवर्क सेवा सुलभ मूल्यमा उपलब्ध गराएपछि यो सम्भब भएको हो । हाल यस कम्पनीको १० एमबिएस गतिको इन्टरनेट सेवाका लागि अावश्यक इन्टरनेट साधन र राउटरसहित एकमुष्ठ १४ हजार र मासिक १ हजार २ सयको शुल्कमा यो सेवा लिन सकिनेछ । यहि मंसिर १९ गतेदेखि सेवा लिएपछि महतले सामाजिक संजाल फेसबुकमा खुशि ब्यक्त गर्नुभएको थियो । वहाँसँगै अन्य ४ जनाले पनि यस सेवा लिन थालेको र ५० भन्दा बढी सेवाग्राही भएपछि कम्पनीले फाइबरबाटै इन्टरनेट सेवा उपलब्ध गराउने र फाइबरबाट उपलब्ध हुने इन्टरनेट सेवा अझ भरपर्दो र तिब्र गतिको हुने कम्पनीका प्रतिनिधीको दाबी रहेको महतले बताउनुभयो । साथै, फाइबरबाट इन्टरनेट सेवा वायरलेस प्रविधिको सेवाभन्दा सस्तो र सुलभ हुने पनि महतको भनाई छ । 

Leave a comment