एकता अर्जम सांस्कृतिक समुह

जि.प्र.का., म्याग्दी द.नं. १८०/०६६/०६७

logo

परिचय ः

 एकता अर्जम सांस्कृतिक समुह, म्याग्दी जिल्ला रत्नेचौर गा.वि.स. को रत्ननगरि अर्जममा रामचन्द्र थापा मगरको अध्यक्षतामा वि.सं. २०६४ सालमा स्थापित तथा वि.सं. २०६६ सालमा नेपाल सरकार बाट स्वीकृत प्राप्त सांस्कृतीक समुह हो ।
 हाम्रो रितिरिवाज, मौलीक परम्परा, कला संस्कृतीको संरक्षण तथा सम्बर्दनका खातिर स्थापित यस सांस्कृतिक समूहको मुख्य उद्देश्य युवावर्गलाई एकीकृत रुपमा अगाडी बढाई समाज सेवा प्रतिको भावना विकसीत गराई कार्यान्वयन गराउनु हो ।
 एकता अर्जम सांस्कृतीक समुहले विगतका वर्षहरुमा विभिन्न सांस्कृतीक, साङगीतीक, खेलकुद कार्यक्रमहरु सफलता पुर्वक सञ्चलान गरिसकेको छ र आउँदा वर्षहरुमा पनि विविध समाज सेवा मुलक कार्यहरु तथा कला संस्कृतीको जगेर्ना गर्नका लागी सांस्कृतीक कार्यक्रमहरु र युवा वर्गलाई समेट्न विविध खेलकुद प्रतियोगिताहरु आयोजना गर्नेछ ।
 एकता अर्जम सांस्कृतीक समुहलाई निरन्तरता दिन इच्छुक नव प्रतिभाहरुलाई आवश्यक प्रशिक्षण दिनुका साथै विभिन्न प्रतिभा भएका व्यक्तीहरु तथा नेपाल भित्र एवं नेपाल बाहिर कला संस्कृतीको संरक्षणको निम्ती सांस्कृतीक क्रियाकलापका सम्बन्धमा हुने कार्यहरुको लागी साझा थलो प्रदान गर्नेछ ।
 एकता अर्जम सांस्कृतीक समुहले विविध कार्यक्रम मार्फत संकलन गरेको आर्थीक रकम समाज सेवाको लागी नै खचीनेछ ।

समूह फोटो

 एकता अर्जम सांस्कृतीक समुह सधै तपाईहरुको ऋणी हुनेछ, सदैव तपाईहरुको सहयोगको अपेक्षा राख्दछ, तपाईहरुको माया ममताको सदैव भोगी हुनेछ । तपाईहरुले गर्नुभएको माया, ममता, सहयोगहरुलाई एकता अर्जम सांकृतीक समुहले कहिल्यै पनि खेर जान दिनेछैन ।
पछिल्लो गतिवीधी ः
एकता अर्जम सांस्कृतीक समुहको संस्थापक सदस्य तथा नित्य प्रशीक्षक स्व. तेजिन्द्र थापा मगरको स्मृति “तेजिन्द्र स्मृती भवन” को निर्माणकार्य भैरहेको छ । रत्नेचौर गा.वि.स. वडा नं. ७ र ९ का बासिन्दाहरुको विशेष श्रमदान तथा अग्रज, अभिभावकहरुको सहयोगमा भवन निर्माणकार्य पहिलो तल्ला सम्पन्न भएको छ र यसै आर्थिक वर्ष २०६७/०६८ मा भवनको दोश्रो तल्ला पनि निर्माण गर्ने लक्ष्य रहेको छ ।
भवन निर्माणनार्थ आर्थीक सहयोगको लागी विभिन्न व्यक्ति, संघ संस्थाहरु सँग सहयोगको अपील गरेका छौं । तपाईहरुले पनि हाम्रो कार्यमा सहकार्य गर्न चाहानुहुन्छ भने हामीलाई सहयोग गर्न सक्नुहुनेछ ।
सहयोग दाताहरुको नामावली ः
० रत्नेचौर गाविस बाट आर्थिक अनुदान रु.१,१०,०००
० श्री प्रेम बहादुर थापा मगर, रत्नेचौर वडा नं.७, (हाल जर्मनी) बाट रु.८०.००० बराबरको घडेरी दान ।
० श्री इन्द्र बहादुर थापा मगर, रत्नेचौर वडा नं.७, (हाल हङकङ) बाट रु.१०,०००
० ठूलो वन सामुदायिक वन, उपभोक्ता समिति बाट, फर्निचर तथा काठ उपलब्ध ।
तेजिन्द्र स्मृती भवन निर्माण समितिका पदाधिकारीहरु
अध्यक्ष ः खिम बहादुर थापा मगर
उपाध्यक्ष ः ओम बहादुर आले मगर
सचीव ः सष्तवीर आले मगर (प्र.अ.श्री रामचन्द्र नि.मा.वि.)
सह–सचिव ः खडक बहादुर थापा मगर (पुर्व, प्र.अ. श्री रामचन्द्र नि.मा.वि.)
(पुर्व अध्यक्ष श्री रामचन्द्र नि.मा.वि. व्यवस्थापन समिति)
कोषाध्यक्ष ः हिमकली आचार्य
सदस्यहरु ः याम बहादुर थापा मगर
दल बहादुर थापा मगर
देवेन्द्र थापा मगर
भिम बहादुर वि.क.
मनकुमारी थापा मगर
चन्द्रकली आले मगर
तपाई कतै छुट्नु भयो की…………..?
२०६६ साल विजयादशमी तथा दिपावलीमा आयोजित सांस्कृतीक कार्यक्रमहरुको संकलन VCD प्रकाशित भैसकेको छ ।
एकता सांस्कृतिक कोसेली २
आफ्नो प्रति सुरक्षित राख्नुहोला, मुल्य रु.१००।– मात्र

2 thoughts on “एकता अर्जम सांस्कृतिक समुह

  1. Thank u Nirajan for making beautiful slides..as always appricate it. I have mailed you some more pics.. you can add if you wish.

Leave a comment