संक्षिप्त परिचय

रत्नेचौर गाउँ ः सुन्दरताको एक अनुपम उदाहरण

म्याग्दी जिल्लाको तराइका रूपमा परिभाषित यो सुन्दर गा.वि.स. जिल्लाका ४१ वटा गा.वि.स.हरू मध्ये आफ्ना केहि प्राकृतिक वैशिष्ट्यताका कारण अञ्चलमै एक प्रसिद्ध गाउँका रुपमा चिनिन्छ । म्याग्दी जिल्लाको दक्षिण पूर्वी कुनामा अवस्थित यो सानो गा.वि.स.को नाम कसरी रत्नेचौर हुन गयो भन्ने विषयमा खासै ठोस प्रमाणहरु फेला नपरेको भए पनि यस गाउँमा प्रशस्त रातो माटो पाईने र समथर भुभाग पनि रहेकाले यसको नाउँ रत्नेचौर हुन गएकोमा दुई मत छैन् । यस गा.वि.स. का अधिकांश पर्ती जग्गाहरु तथा गुठीका रुपमा रहेका जमीनहरुको संरचना समेत रातो माटोले बनेको हुनाले यस गाउँको नाम रत्नेचौर हुन पुग्यो भन्ने आधारलाई विश्वासिलो मान्न सकिन्छ ।

अर्जम गाउको एक झलक

समुद्र सतहदेखि करिब ९५० मी. उचाईमा अवस्थित यो गा.वि.स. आकारमा अंग्रेजी अक्षर V जस्तै देखिन्छ । यस गा.वि.स. को वार्ड नं १, २, ३, ४ र ५ समथर भू–भागमा पर्दछन् जसलाई समग्रमा रत्नेचौर भनिन्छ भने अन्य ६, ७, ८ र ९ वडाहरू केही भिरालो स्थानमा रहेका छन् जसलाई अर्जम भन्ने गरिन्छ । यस पावन भूमिको पूर्वमा पवित्र कालीगण्डकी नदीले पर्वत जिल्लासँग जोडेको छ भने, पश्चिम र उत्तरतर्फ ज्यामरुककोट गाविस तथा दक्षिणमा बागुलङ जिल्ला पर्दछ । म्याग्दी जिल्लाको सदरमुकाम बेनी र बागलुङ जिल्लाको सदरमुकाम बागलुङ बजारको बीचमा पर्ने यो गा.वि.स. अन्न उतपादनका हिसाबले अन्न भण्डारको रुपमा पनि चिनिन्छ । अधिकांश जमीन, समथर र सिचाईंको राम्रो सुविधा भएकाले यहाँ धान, गहुँ र मकै जस्ता अन्नबाली पर्याप्त उत्पादन हुने तथा भिरालो जमीनमा कोदो र मकैको राम्रै उत्पादन हुने गर्दछ । यहाँ उत्पादन हुने भुजाले बागलुङ, मुस्ताङ, पोखरा र काठमाडौं लगायतका शहर बजारहरुमा विक्रि हुने गरेको पाइन्छ ।

यस गा.वि.स.को वार्ड नं. १ स्थित फूलबारीमा रहेको दुर्लभ नारिश्वरको रुखले यहाँको सौन्दर्यतालाई अझ बढी विस्फारित गरिदिएको छ । ठाडो चौरको समथर र मनमोहक भाग अहिले बागलुङ, म्याग्दी र पर्वतका प्रकृतिप्रेमी मानिसहरुको लागि पिकनिक स्पटका रुपमा परिचित हुन पुगेको छ । केहि वर्ष पहिले प्रख्यात विद्धान कमलनयन आचार्यका पनि गुरु स्वामी त्रिदण्डले स्थापना गरेको मन्दिर एक धार्मीक क्षेत्रका रुपमा विस्तारै परिचित हुन थालेको छ । पावन मुक्तिनाथ क्षेत्रको दर्शनार्थ आउजाउ गर्ने तिर्थ यात्रीहरुलाई निःशुल्क खानबस्नको व्यवस्था गरिएको त्यस मन्दिर क्षेत्रलाई धार्मिक क्षेत्रका रुपमा विकास गर्न सके धार्मिक पयर्टनमा अभिवृद्धि भै स्थानीय स्तरमा रोजगारीको सृजना समेत गर्न सकिने प्रशस्त सम्भावना रहेको छ । तराई जस्तो समथर जमीनदेखि लिएर उच्च पहाडि भौगोलिक बनावट र विविध प्राकृतिक सौन्दर्यले भरिपूर्ण यस गा.वि.स.मा विभिन्न किसिम र रंगका माटो पाईन्छन् । बर्षेनी ठूलो संख्यामा म्याग्दी, पर्वत तथा बागलुङ जिल्लाका अधिकांश गाउँहरुबाट हजारौंको संख्यामा सर्बसाधारणहरु दशैंको बेलामा आफ्ना घर पोत्न तथा रंग्याउनका लागि प्रयोग हुने रातो, पहेंलो र सेतो(कमेरो) माटो लिनका लागि यस गाउँमा आउने गर्दछन् । विशेष गरी यस गाउँमा पाईने रातो माटो अन्यत्र कतै नपाईने हुनाले यहाँको रातो माटो धौलागिरि अञ्चलमै प्रख्यात छ । वि.सं. २०४० सालभन्दा पहिले नयाँ पानी भन्ने स्थानमा रातो माटो खन्दै आइएको भए पनि २०४० सालमा उक्त क्षेत्रमा बृक्षरोपण गरिएपछि वार्ड नं. २, सालघारी स्थित हिरादेवी बि.क.को नीजि जग्गामा माटो खनिदै आएको हो ।

ऐतिहासिक पृष्ठभूमी ः यो गाउँमा बसोबास कहिलेबाट भयो भन्ने सम्बन्धमा आधिकारिक प्रमाण नभेटियता पनि सिंचाई तथा पिउनेपानीको निमित्त वि.सं. १९८५ मा खनिएको कुलो तथा यहाँ भएका चौपारी र ठूलो पोखरी सितका अति पुराना वर, पिपल, आँप तथा चापका वृक्षहरुबाट पनि यस गाउँमा मानिसको बसोबास धेरै पहिलेदेखि नै भएको बुझिन्छ । ईतिहासलाई कोट्याएर हेर्दा पर्वत राज्य अन्तरगत भुरे राजाहरुले शासन गर्दै गरेको बखतमा नेपालको एकिकरण अभियानमा बहादुर शाहले यसलाई पनि विशाल नेपाल राज्यमा गाभेको जनश्रुती पाइन्छ । वि.सं. २०१८ सालमा नेपाल अधिराज्यलाई ७५ जिल्लामा विभाजित गरी प्रशासनिक सहजतका लागि विभिन्न गाउँहरुको विभाजन गरिदाका समयमा पनि यो गाउँ ज्यामरुककोट गाउँ पञ्चायत अन्तरगत रहेको र पछि वि.सं. २०३६ साल पश्चात् ः ज्यामरुककोट गा.प. बाट छुट्टिएर रत्नेचौर गा. प. हुन गएको हो ।

स्रोतः रत्नेचौर गा.वि.स.को वस्तुगत विवरण २०५३

रत्नेचौरको मुख्य फाट

12 thoughts on “संक्षिप्त परिचय

  1. Really great works that you have done with nice script.

    Its our pleasure to see on web to our lovely place. I am neighbor of Ratnechaur and I knew each and everything about this place….I loved this place

    Thanking you for best posting…

    Keep it up
    pradip

  2. Just like pretty much everyone else reading this blog, when I began my blogging gig I was confident about the contents……but would be perfect if u do some effort to post a videography, latest happening & interviews with more people.
    Anyway i surely believe it would be nice to visit this blog for all local people & nearby people so far….
    THANK YOU SO MUCH FOR UR GREAT EFFORT NIRU

  3. gau ma basne keta haru le esto ramro kaam gareko rahechha, dherai khusi lagyo, aru pani ramro kaam garnu hune chha bhanne asha gardachhu, dherai dherai dhanyabad and best of luck guys.

  4. Hajur sir, I am greatly pleased for given us the chance of recalling our past events and memories which were so rarealbe. I really praise your tasks which belongs to preserving our cultural heritage. Thanks for doing the great familiar tasks that you add the brick on the wall and make bridge between small beautiful village and the people.

  5. good job brother nirajan…………..hope to c some more photos……school, dhado chaur, budho charu, budhopokhari……uplachaur. keep moving..

    • Hey brother Nice Script aboute our Village Ratnechaur, Congratulation and wana to see more Photoes and viedoes. Thanks

Leave a comment