दशैं मनाउनलार्इ दलितहरूलार्इ दशैं खर्च वितरण

हरिकृष्ण गौतम, म्याग्दी
म्याग्दी रत्नेचौर घर भई मलेसियामा ब्यापार गरी बस्ने दिपक बोगटीले बुधबार रत्नेचौर गाविसका दलित तथा गैर दलितलाई दशै खर्च वितरण गर्नुभएको छ ।

Happy people after getting money for Dashain celebration

बुधबार विहान गाविसका वडा नं २ का ४६ जना दलित तथा  दुई गैर दलितलाई दशै खर्च वापतको रकम  घरमै गई उपलब्ध गराइएको थियो । दशै रकम हस्तान्तरण गर्दै खिमबहादुर रावल, टेकबहादुर रावल र चन्द्रबहादुर रावलले २५ हजारलाई गाउँका विभिन्न वडामा वितरण गर्ने बताउनुभयो ।

वितरण कार्यक्रममा जिल्लामा हुने हरेक समाजिक, धार्मिक, राजनीतिक लगाएतको क्षेत्रमा  निरन्तर सहयोग गर्ने बोगटी परिवारको प्रतिबद्धता रहेको समेत बताइएको थियो ।  गाविसमा अन्य वडामा समेत आर्थिक स्थिति कमजोर रहेका  दलितको विवरण संकलन गरी सहयोग गर्ने चन्द्रबहादुर रावलले जानकारी दिनुभयो ।

चाडपर्व सबैका लागि समान हुनुपर्नेमा आर्थिक स्थितिका आधारमा यसको महत्वलाई दर्साउने गरिएकाले पनि सहयोग गरेको सहयोगदाता दिपक बोगटीले बताउनुभयो । उहाँले अगामी दिनमा जिल्लाका अन्य गाविसमा समेत यस्तो सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको छ । मलेसिया तथा नेपालमा ब्यापारब्यवसायमा सक्रिय रहेका दिपक बोगटीले उत्तरी म्याग्दीमा बाढीपिडितलाई एक लाख १५ हजार सहयोग, रत्नेचौरमा मन्दिर बनाउन ५ लाख, गलेश्वर क्षेत्रविकास कोषलाई २ लाख ५० हजार लगायत विभिन्न क्षेत्रमा बर्षेनी सहयोग गदै आइरहेका छन ।

1 thought on “दशैं मनाउनलार्इ दलितहरूलार्इ दशैं खर्च वितरण

Leave a comment