रत्नपुत्रः केभिन (गणेश) रावल जिल्लाकै कान्छो पप गायक

नवोदित पपगायक केभिन रावल

 

मलार्इ यति धेरै माया नगर कि मरी जाउँला

मलार्इ यति धेरै आफ्नो नबनाऊ कि बाँच्न नसकुँ म ….

यी माथिका हरफहरू कविता वा भावना होइनन् यि हरफहरू त एक प्रेमील युवाका गितका हरफहरू हुन । रत्नेचौर – ४ निवासी खिमबहादुर रावलका एक मात्र पुत्ररत्न २२ बर्षिय गणेश रावल (केभिन) ले हालै एउटा पपगीत रेकर्ड गराएका छन, र यी माथीका हरफहरू उनैका गीतका शब्दहरू हुन । ५ मिनेट ३६ सेकेण्ड लामो मनको कुरा बोलको पपगित प्रेममा आधारित गीत हो । शब्दका चयनका दृष्टिकोणमा पनि अत्यन्तै सुन्दर उक्त गीतको मेलोडी पनि राम्रो छ । सम्भवतः कम उमेरमै गित रेकर्ड गराउने जिल्लाकै उनी पहिलो युवा हुन । बागलुङबजारस्थित डिग्निटी कलेजमा अध्ययनरत रावल क्रिकेटका पनि राम्रा खेलाडी मानिन्छन् । उनीसँग फेसबुकमा जोडिनलार्इ यहाँ थिच्नुस । र, उनले रेकर्ड गरेको गित सुन्न र डाउनलोड गर्न यहाँ थिच्नुस । केभिनलार्इ हाम्रो रत्नेचौर ब्लगको तर्फबाट सफलताको हार्दिक शुभकामना ।

1 thought on “रत्नपुत्रः केभिन (गणेश) रावल जिल्लाकै कान्छो पप गायक

Leave a comment