रामचन्द्र मा.वि. लाई रु. १,११,१११ सहयोग

२०६९/०९/२८,
रत्नेचौर-७, अर्जम, म्याग्दी निवासी (हाल जर्मन) श्री प्रेम ब. थापा मगर ज्यूले रत्नेचौर, अर्जम को श्री रामचन्द्र मा.वि. मा स्व.पिता भविचन थापा मगरको नाममा अक्ष्ययकोष स्थापना गर्नको लागी रु.१,११,१११ प्रदान गर्नुभएको छ। सानो औपचारिक कार्यक्रममा विधालय व्या. समितिको अध्क्षय शेर ब.थापा मगर र प्र.अ.शस्तविर आले मगरलाई सो रकम हस्तान्तरण गर्नुभएको हो । समाजसेवामा अग्रसर थापाले बिबिन्न संघ संस्थाहरु लाई पनि सहयोग गर्दैआउनुभएको छ। भबिस्यमा उक्त अक्ष्ययकोषलाई बढाउदै लैजाने पनि बताउनु भएको छ।

59934_435730763166874_1726651877_n

सहयोग रकम हस्तान्तरण गर्दै प्रेम ब.थापा मगर

रहेनन लोकेश बोगटी

हङकङ/ १२ जनवरी,

स्वर्गीय लोकेश बोगटी तस्बीरः फेसबुक

स्वर्गीय लोकेश बोगटी तस्बीरः फेसबुक

बिगत लामोसमयदेखि हङकङमा रहँदै आउनुभएका लोकेश बोगटीको आज स्वर्गारोहण भएको छ । ३५ वर्षीय उहाँ हङकङमा आफ्नै पारिवारिक व्यवसायमा संलग्न हुनुहुन्थ्यो । गायन तथा अभियनयमा रूची राख्ने उहाँ सामाजिक कार्यक्रमहरूमा पनि उत्तिकै चाखपूर्वक लाग्नुहुन्थ्यो । उहाँले आफ्ना स्वर्गीय बाबा ओमबहादुर बोगटीले रचना गरेको टुहुरै पसलैमा नामक गीत समावेश गरी टुहुरे पसलैमा नामक एल्बम प्रकाशित पनि गर्नुभएको थियो । केहि सांगितिक भिडियोहरूमा अभिनय समेत गर्नुभएको छ ।

विभिन्न क्षेत्र,बर्ग र जातिय सहितको ३३ वटा संस्थाको प्रतिनिधि गर्ने हङ्कङ नेपाली महासंघको महासचिब तथा म्याग्दी प्रवासी संघ (मोना) हङकङका सचिव समेत रहनुभएका उहाँले जिल्लाको आर्थिक, समाजिक, सांस्कृतिक लगाएतका क्षेत्रमा संस्था मार्फत विभिन्न कार्यक्रमहरू गर्न सक्रिय हुनुहुन्थ्यो । पारिवारिक स्रोतका अनुसार कुनै पनि दिर्घजीवी रोग नभएको उहाँको देहावसान एकदमै असामयिक र अचानक भएको छ । राती सुत्नु भएको उहाँलार्इ विहान बेहोस भेटेपछि उपचारार्थ अस्पताल लाँदालाँदै बाटोमा नै देहावसान भएको हो । उहाँको देहावसानबाट दुःखी हुँदै थुप्रै मित्रवर एवं आफन्तजनहरूले उहाँको फेसबुकमा अनेकन खबरहरू प्रेशित गरेका छन् । दुवर्इमा कार्यरत उहाँका एक नातेदार रञ्जन बोगटी लेख्छन् – फेरि बोगटी परिवारले एक उदियमान तारा गुमाउन पुगेको छ
यस दुखद खबरले संपुर्ण लोक नै आज रोएको छ
शारीर निस्प्राण भय पनि, आत्मा अमर रहनछ
मेरो दाजुले स्वर्गमा सिर्शस्थान पाउनुका लागि
परम्पिता परमेश्वोर संग मेरो सदा कामना रहनेछ
साथै यस शोकाकुल घडीमा सम्हालिनु हुन भाउजु, आमा अनि सम्पूर्ण आफन्तजनहरु लाइ अनुरोध गर्दछु ।

मृतात्माको चीर शान्तिको कामना गर्दछौ‌‌‌‌‌ ।

उहाँले अभिनय गरेको म्युजिक भिडियो ।

विपन्न परिवारका बिधार्थीहरूलार्इ सहयोग

सुरज केसी, बेनी

कार्यक्रमको एक झलक तस्वीरः प्रकाश पौडेल

कार्यक्रमको एक झलक तस्वीरः प्रकाश पौडेल

फिनल्याण्डमा अध्ययनरत रत्नेचौरका युवा निराजन थापाले फेसबुक मार्फत आव्हान गरि एक च्यारिटी अनलार्इन वेभसाइटको माध्यमबाट  बिपन्न तथा दलित बिद्यार्थिहरुका लागि संकलन गर्नुभएको सहयोग रकम शुक्रबार रत्नेचौर स्थित भानु उच्च माबिका बिधार्थीहरूलार्इ बितरण गरिएको छ ।

कार्यक्रममा थापा मार्फत संकलित आठ हजार एक सय बत्तिस रुपिया बराबरको जाडो छेक्ने स्वीटर बिस जना गरिब तथा बिपन्न बिधार्थीहरूलार्इ वितरण गरिएको थियो ।
बितरण कार्यक्रममा बिधालयका प्रअ टेक बहादुर थापा मगरको सभापतित्व समाजसेबि तथा विध्यालय ब्यवस्थापन समितिका पूर्व अध्यक्ष भुपेन्द्र बहादुर थापाको प्रमुख आतिथ्यता उच्च माबि संयोजक भरत खत्रिको स्वागत मन्तव्य एवं पूर्व विधार्थी बिदुर किसानको सञ्चालनमा सम्पन्न भएको थियो ।

राप्रपाको गाउँ कार्य समिति गठन

म्याग्दीको रत्नेचौरमा नगेन्द्रबहादुर बोगटीको अध्यक्षतामा राष्ट्रिय प्रजातन्त्र पार्टी गाउँ कार्यसमिति गठन भएको छ ।
डिलबहादुर थापामगर उपाध्यक्ष, हेमकली आचार्य सचिव र श्रीलाल सापकोटा कोषाध्यक्ष रहनुभएको समितिको सदस्यहरुमा लालबहादुर थापामगर, फुलप्रसाद थापामगर, उर्मीला थापामगर, देविप्रसाद सापकोटा, चन्द्र बोहोरा, भिमबहादुर बोगटी, भगवान किसान, भिमबहादुर थापामगर, मनबहादुर थापामगर, सन्तबहादुर नेपाली, कालुमान थापा र एकेन्द्रबहादुर रावल रहनुभएको छ ।
यसैगरी सुरत रावलको अध्यक्ष्तामा दालेन्द्र थापामगर उपाध्यक्ष, हिमाल गिरी सचिव र सोभित बोगटी कोषाध्यक्ष रहनुभएको राष्ट्रिय प्रजातान्त्रीक युवक संगठन रत्नेचौर गाउँ कार्यसमिति गठन भएको छ । यसैबीच कृष्णबहादुर महतको अध्यक्षतामा कृष्णकुमारी महत उपाध्यक्ष र दलबहादुर थापा कोषाध्यक्ष रहनुभएको किसान संघ गाउँ कार्यसमिति गठन भएको छ ।
यसैगरी आसा सुनारको अध्यक्षतामा दमति आले उपाध्यक्ष, हेमकलि शर्मा सचिव, मनु प्रधान सहसचिव र रमीला थापा कोषाध्यक्ष रहनुभएको महिला संघ पनि गठन भएको राप्रपाले जनाएको छ । राप्रपाका नेता तथा पुर्वराज्यमन्त्री भिमप्रसाद गौचनको प्रमुख आतिथ्यता, नगेन्द्र बहादुर बोगटीको अध्यक्षता र जिल्ला सहसचिव बिरबहादुर थापा क्षेत्रीको सञ्चालनमा गाउँभेला सम्पन्न भएको हो ।
सो कार्यक्रममा राप्रपा म्याग्दीका अध्यक्ष एकेन्द्रबहादुर रावल, सल्लाहकार गोपाल भट्टचन, सचिव हरिप्रसाद शर्मा, सदस्य चन्द्रबहादुर शेरचन, उर्मीला थापा, कमला थापा लगायतको उपस्थितीमा भेला सम्पन्न भएको थियो । (साभारः बेनी अनलाइन)