राप्रपाको गाउँ कार्य समिति गठन

म्याग्दीको रत्नेचौरमा नगेन्द्रबहादुर बोगटीको अध्यक्षतामा राष्ट्रिय प्रजातन्त्र पार्टी गाउँ कार्यसमिति गठन भएको छ ।
डिलबहादुर थापामगर उपाध्यक्ष, हेमकली आचार्य सचिव र श्रीलाल सापकोटा कोषाध्यक्ष रहनुभएको समितिको सदस्यहरुमा लालबहादुर थापामगर, फुलप्रसाद थापामगर, उर्मीला थापामगर, देविप्रसाद सापकोटा, चन्द्र बोहोरा, भिमबहादुर बोगटी, भगवान किसान, भिमबहादुर थापामगर, मनबहादुर थापामगर, सन्तबहादुर नेपाली, कालुमान थापा र एकेन्द्रबहादुर रावल रहनुभएको छ ।
यसैगरी सुरत रावलको अध्यक्ष्तामा दालेन्द्र थापामगर उपाध्यक्ष, हिमाल गिरी सचिव र सोभित बोगटी कोषाध्यक्ष रहनुभएको राष्ट्रिय प्रजातान्त्रीक युवक संगठन रत्नेचौर गाउँ कार्यसमिति गठन भएको छ । यसैबीच कृष्णबहादुर महतको अध्यक्षतामा कृष्णकुमारी महत उपाध्यक्ष र दलबहादुर थापा कोषाध्यक्ष रहनुभएको किसान संघ गाउँ कार्यसमिति गठन भएको छ ।
यसैगरी आसा सुनारको अध्यक्षतामा दमति आले उपाध्यक्ष, हेमकलि शर्मा सचिव, मनु प्रधान सहसचिव र रमीला थापा कोषाध्यक्ष रहनुभएको महिला संघ पनि गठन भएको राप्रपाले जनाएको छ । राप्रपाका नेता तथा पुर्वराज्यमन्त्री भिमप्रसाद गौचनको प्रमुख आतिथ्यता, नगेन्द्र बहादुर बोगटीको अध्यक्षता र जिल्ला सहसचिव बिरबहादुर थापा क्षेत्रीको सञ्चालनमा गाउँभेला सम्पन्न भएको हो ।
सो कार्यक्रममा राप्रपा म्याग्दीका अध्यक्ष एकेन्द्रबहादुर रावल, सल्लाहकार गोपाल भट्टचन, सचिव हरिप्रसाद शर्मा, सदस्य चन्द्रबहादुर शेरचन, उर्मीला थापा, कमला थापा लगायतको उपस्थितीमा भेला सम्पन्न भएको थियो । (साभारः बेनी अनलाइन)

Leave a comment