यज्ञको पहिलो दिन ७ लाख संकलन

  • स्थानीयको सहयोगमा तयार पारिएको रिपोर्ट

राजनैतिक विवादमा तानिएका एवं पूर्व प्रधानसेनापति रूक्मांगत कटुवालले एक कार्यक्रमका बिच रत्नेचौर १, स्थित  ‘श्रीपरम वैदिक धार्मिक आश्रम’  मा  आयोजित पञ्चदिवसिय प्राणप्रतिष्ठाको उदघाटन गरेका छन् । सयौंको संख्यामा उपस्थित स्थानीयवासी एवं श्रद्दालुहरूको उपस्थिती रहेको कार्यक्रममा प्रमुख अतिथिको मन्तब्य दिदैं, देशमा शान्ति, स्थीरता र विकासका लागि धार्मिक कार्यक्रमहरूको महत्वपूर्ण भूमिका रहने कुरा उनले बताए । कार्यक्रममा स्थानीवासी एवं जिल्ला प्राविधिकका वरिष्ठ इन्जिनियर कृष्णबहादुर बोगटी, ब्यवसायी दिपक बोगटी, कार्यक्रम संयोजक नेत्रबहादुर महतले मन्तब्य ब्यक्त गरेका थिए ।

ब्यवसायी दिपक बोगटीले यज्ञमा अहिलेसम्मकै सर्वाधिक राशी रू. ५ लाख ५ हजार ५ सय ५५ रूपैयाँ प्रदान गरेका छन । यज्ञ यहि फाल्गुण २२ गतेसम्म सञ्चालन हुनेछ ।

बाजागाजासहित जलले भरिएको घडा लिएका श्रद्दालुहरू तस्बीर सौजन्यः तुल रावल

यज्ञ उदघाटन पूर्व गाउँ परिक्रमामा सहभागी बाल ब्राम्हण एवं कन्याहरू तस्बीरः तुल रावल

फुलमतीलार्इ लग्यो क्यान्सरले

  • श्याम खत्रीको सहयोगमा

विगत लामो समयदेखि फोक्सोको क्यान्सरबाट पिडित फुलमती दर्जी (माता दमिनी) को फाल्गुण २ गते देहावसान भएको छ । ५३ बर्षीया उनको ३ वर्षदेखि उनका छोरा कृष्ण दर्जीले भरतपुर स्थित क्यान्सर अस्पतालमा नियमित उपचार गराउँदै आएका थिए । आमाको उपचारको क्रममा आफूले इन्डियामा आर्जन गरेको रकम सिद्दिएर पनि ऋण गर्दा ठूलो आर्थिक ब्ययभार खेप्नु परेकोमा उनी दुःखी हुँदै भन्छन् – आमालार्इ बचाउन पनि सकिएन, पैसा पनि खर्च भयो !

अहिले हजार पर्ने पाडापाडी त्यतिखेर ३ मोहरमा काट्थ्यौ‌ : हरिलाल (जिउरे) नेपाली

४ दशकमा घोक हाल्नमै बिताएका हरिलाल नेपाली तस्बीरः नीराजन शिरीष

७८ बर्षीय हरिलाल नेपाली रत्नेचौर गाउँका कटुवाले हुन । उनलार्इ गाउँलेहरूले हरिलालभन्दा पनि जिउरे दार्इ भनेर चिन्छन् । लामो समयदेखि गाउँमा हुने विभिन्न भेला तथा तिनका निर्णयहरू र झारा सम्बन्धी सुचनाहरू घोक हालेर गाउँबासीलार्इ जानकारी गराउने उनी अहिले बृद्द भैसकेका छन् । छोराछोरीका तर्फबाट गरी दुर्इ दर्जन नातीनातीनाका धनी उनी आफ्नो शेषपछि कटुवाले कामलार्इ निरन्तरता दिने ब्यक्तिको अभाव देख्छन । साथै आफ्ना कुनै पनि सन्तानले आफ्नो बिँडो थाम्ने छाँट नदेखाएकोमा चिन्ता ब्यक्त गर्दछन् । उनका जेठा छोरा गाउँमै ज्यालामजदुरी गर्छन् भने कान्छा छोरा बैदेशिक रोजगारका लागि साउदी अरब छन् । उनै हरिलाल नेपालीसँग गरिएको छोटो भलाकुशारीः
१) ब्लगः कति बर्ष पुग्नुभयो त नी ?
हरिलालः जन्म १९९० साल मंशिरमा जन्मेको भन्छन्, मलार्इ थाहा छैन । नागरिकताको प्रमाणपत्र त छ, हेर्न पर्छ ।
२) ब्लगः कटुवाले काम गर्न शुरू गरेको कति भयो ?
हरिलालः बाबा, मैते नेपाली (फोउसे दमै) मरेपछि ३० वर्षको उमेरबाट कटुवालेको काम गरेको ।
२) ब्लगः हजुरका त दुर्इ नाल हुन रे नी ?
हरिलालः (हाँस्दै) हाहा बाबु पनि । कहाँ दुर्इ नाल हुनु ? मेरो त पहिलो बिहे ज्याम्रुककोटबाट भएको १५/१६ वर्षको हुँदा । बिहे गरेको ४/५ महिनापछि जेठी बुढी पोइल गएपछि त्यसको लगत्तै खुर्कोटबाट दोश्री बिहे गरेको हुँ । दोश्री पनि त्यस्तै भयो ।
३) ब्लगः ए हो र ? अनि नी ?
हरिलालः त्यसपछि तेस्री श्रीमती मशुरीलार्इ भित्र्याएँ । खासमा मेरी कान्छीले छामाको छोरासँग बिहे गरेकी रहिछे तर संजोग कस्तो भने यता मलार्इ दोश्रीले पनि छाडेकी उता उसको बुढो मेरो दाजु (छामाको छोरा) पनि बितेको । त्यही मौकामा  म चाँहि नाङ्गलिङ गएको संयोग र कान्छी फुपुको बलमा उल्लार्इ बिहे गरेको हुँ ।

४) ब्लगः उसबेलाको कुनै घतलाग्दो घटना याद छ ?
हरिलालः १५ वर्षको हुँदा तराइबाट वादी महिला र पुरूषहरू मागिखान आएका र आँप टिप्न तोराखेत (लामगरा) आँपको रूखमा चढ्दा, हाँगासित खसेर दुर्इ वटा ढुंगाको बिचमा माटोको भागमा बज्रेको ।
५) ब्लगः उहिले र अहिलेको जमाना त निकै नै फरक लाग्छ होला नी, हैन ?
हरिलालः के कुरा गर्नु बाबु ? सम्झदा त जुगै फेरिए जस्तो लाग्छ नी ! अहिले १ हजार पर्ने पाडापाडी त्यतिखेर आफूले ३ मोहर, ५ मोहरमा काटेको याद छ मलार्इ । १ सुकाको मासु टन्न हुन्थ्यो । हप्ताभरी खार्इन्थ्यो । अहिले १ हजारको मासुले २ दिन पुग्दैन । क्यार्नु बाबु ?
६) ब्लगः पुराना मान्छेमा कसलार्इ सम्झनुहुन्छ ?
हरिलालः (एकछिन गम खाँदै) पुराना मान्छेहरूमा बोगटीथर स्व. जमदार मानबहादुर बोगटी र स्व. धान्यबहादुर बोगटीको सम्झना आउँछ । सबै काम मलार्इ मात्र दिने गरेको र उनीहरूकै हलि काम गर्ने र उनीहरूसँगै बढी हिमचिम भएकाले सधैं याद आइराख्ने गरेको हो ।

बधार्इ अर्जुन तिमीलार्इ

सफलताको प्रतिकः अर्जुन महत ।

सम्भवतः रत्नेचौर गा. वि. स. बाट जंगि सेवामा पहिलोपटक अधिकृत तहको परीक्षा उत्तिर्ण गर्न सफल भएका छन् रत्नेचौर गा.वि.स. वार्ड नं २ निवासी मोहनबहादुर महतका छोरा, २१ वर्षिय अर्जुन महत । बि.सं. २०४७ मा जन्मिका अर्जुनले हालै नेपाली सेनाको सेकेण्ड लेफ्टिनेन्ट पदको सम्पूर्ण तहका परीक्षाहरू उत्तिर्ण गरी सेकेण्ड लेफ्टिनेन्ट भएका हुन । मंसिर २९ मा नतिजा प्रकाशन भएको उक्त परिक्षामा उत्तिर्ण अर्जुनले ६ माघमा नियुक्ति लिर्इ सकेका छन् । तालिममा जानुपूर्व घरमा आराम गरिरहेका अर्जुन १० चैत्र पछि तालिममा सहभागि हुनेछन् । २ वर्षे तालिम पछि उनले सेकेण्ड लेफ्टिनेन्टका रूपमा आफ्नो सैनिक जीवन शुरू गर्नेछन ।

लजालु स्वभावका अर्जुन अटुट मेहनत तथा देश र जनताको सेवा गर्ने तिब्र र्इच्छाका कारण आफू यो सेवामा प्रवेश गर्न सफल भएको बताउँछन । आफ्नो दोश्रो प्रयासमा सफलता हासिल गरेका उनी आफ्ना समवयी युवाहरूलार्इ कुनैपनि प्रकारको सफलता हासिल गर्नका लागि निरन्तर मेहनत गर्न सुझाउँछन् । उनी अगाडि थप्छन् – सफलता हात पार्नका लागि सबभन्दा पहिले त लक्ष्य निर्धारण गर्नुपर्दछ । र, लक्ष्य प्राप्तिका लागि आवश्यक स्रोत साधन जुटाउने, मापदण्ड पूरा गर्ने, तिब्र र्इच्छाशक्ति लिएर अगाडि बढ्ने हो भने कुनै पनि खालको सफलता भेट्टाउन असम्भव छैन ।

आफ्नो सफलताबाट घरपरिवार, र्इष्टमित्र र छरछिमेकीहरू अत्यन्तै खुशि भएको जनाउँदै युवाहरूलार्इ आब्हान गर्छन् – राम्रो काम गरेपछि सबैजनालार्इ खुशी पार्न सकिन्छ ।

रत्नपुत्र अर्जुनलार्इ हाम्रो पनि लाखलाख बधार्इ तथा शुभकामना !