मनकारीकाे बाटो हेर्दै साइँली

बेनपा १ रत्नेचौर

साबिकको रत्नेचौर गा.वि.स २, सालघारीकी साईली भनेर चिनिनु हुने पार्वती किसान केहि महिना अगाडि आन्द्राको क्यान्सरबाट थलिनुभएको थियो । क्यान्सरको सफलतापूर्वक निदान गरिएपछि वहाँ केहि तन्ग्रिदै हुनुहुन्थ्यो । तर अचानक खुट्टामा समस्या परेकाले अस्पतालमा भर्ना हुनुभएको छ ।बायाँ खुट्टामा नशासम्बन्धी (Deep vein thrombosis) जटिल समस्याले ग्रसित किसानको हाल पश्चिमाञ्चल क्षेत्रीय अस्पताल रामघाट पोखरामा उपचार भैरहेको छ ।

अस्पतालमा भर्ना अवस्थामा विरामी पार्वती किसान

क्यान्सरको उपचारका क्रममा ठूलो आर्थिक भार बेहोर्नु परेकाले यस परिवारले थप आर्थिक स्रोत जुटाउन नसकेकाले निजको परिवार गम्भिर समस्यामा परेको वहाँका छोरा विदुर किसानले बताउनुभयो । थप उपचारका लागि चार पाँच लाख रकम जुटाउन सके अस्पतालमा बिरामी कुर्ने खर्च जेनतेन आफूहरूले ब्यबस्था गर्न सक्ने जेठो छोरा कृष्ण किसानले बताउनुभयो । केहि महिना पहिला वैदेशिक रोजगारमा युएईमा कार्यरत रहेकै अवस्थामा आमाको उपचारका लागि बिचमै घर फर्किनुपरेको र त्यतिबेला पनि खर्च अभावका कारण हवाईटिकट बापतको खर्च एकै वार्डका निवासी शुभचिन्तक निराजन थापाले फिनल्याण्डबाट ब्यबस्था गरिदिएकाले सजिलो भएको वहाँले बताउनुभयो । यसर्थ: वैदेशिक रोजगारीका शिलशिलामा दुवैजना भाईहरू केहि महिनादेखि युएई रहेर फर्केको भएपनि कमाई खासै नभएको र भएको अलिअलि रकम पनि आमाकै उपचारमा खर्च हुँदै आएकाले आफूहरूलाई मनकारी सहयोगदाताहरूको सहयोग आवश्यक रहेको दुबै भाईको कथन छ ।

वहाँहरूकी ममतामयी आमाको शिघ्र स्वास्थ्यलाभको कामना गर्दै वहाँहरूलाई सहयोग गर्न चाहनेहरूका लागि निम्न बमोजिमको सम्पर्क नम्बरहरूमा सिaधा सम्पर्कका लागि अनुरोध छ ।बिदुर किसान – ९८४७६५१८२७कृष्ण किसान – ९८४७७५२१७८

रूखबाट खस्दा घाइते

रत्नेचौर १, घर्तिथर निवासी ४० वर्षिय सहनशिला पुन काप्राको रूखबाट खस्दा घाइते भएकी छन । हिजो बिहिबारका दिन अचार खानलार्इ काप्राको फुल टिप्ने क्रममा उनी रूखबाट खसेकी हुन । उनको बाँया हातको हड्डी टुक्रनुका साथै पिठ्युमा पनि चोट लागेको छ । घाइते पुनको पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा उपचार भैरहेको छ । हाल उनको अवस्था सामान्य रहेको उपचारमा संलग्न चिकित्सकले बताए । ४-५ दिनको आराम पछि उनलार्इ डिस्चार्ज गरिने चिकित्सकलार्इ उदृत गर्दै उनका आफन्तले बताए । विभिन्न महिला तथा ब्यवसायिक समूहकी क्रियाशिल सदस्य पुन रत्नेचौर गा.वि.स. कै अनुकरणीय ब्यावसायिक अगुवा कृषक हुन ।

 

फुलमतीलार्इ लग्यो क्यान्सरले

  • श्याम खत्रीको सहयोगमा

विगत लामो समयदेखि फोक्सोको क्यान्सरबाट पिडित फुलमती दर्जी (माता दमिनी) को फाल्गुण २ गते देहावसान भएको छ । ५३ बर्षीया उनको ३ वर्षदेखि उनका छोरा कृष्ण दर्जीले भरतपुर स्थित क्यान्सर अस्पतालमा नियमित उपचार गराउँदै आएका थिए । आमाको उपचारको क्रममा आफूले इन्डियामा आर्जन गरेको रकम सिद्दिएर पनि ऋण गर्दा ठूलो आर्थिक ब्ययभार खेप्नु परेकोमा उनी दुःखी हुँदै भन्छन् – आमालार्इ बचाउन पनि सकिएन, पैसा पनि खर्च भयो !

धनकुमारी बोगटी रहिनन

हामीलार्इ ढिलो गरी प्राप्त समाचार अनुसार रत्नेचौर-५, लामगराकी ५९ वर्षीय धनकुमारी बोगटीको असोज २० गते देहावसान भएको छ । केहि दिन अगाडी देखि ज्वरो र टाउको दुख्ने गरेको बताएकी स्व. बोगटीको उपचार क्रममा मणिपाल हस्पिटल पोखरामा मृत्यु भएको हो । पारिवारीक श्रोतका अनुसार उनको मृत्यु टाइफाइडका कारण भएको थियो । उनका १ छोरी र २ छोरा छन । जेठा छोरा राजेन्द्र बोगटी बैदेशिक रोजगारका कारण देश बाहिर भएकाले स्व. बोगटीको क्रियाकर्म कान्छा छोरा महेन्द्र बोगटीले गरेका छन ।