अर्जममा बृहत साँस्कृतीक कार्यक्रम तथा बिबिध कार्यक्रम सम्पन्न


एकता अर्जम साँस्कृतिक समूह, रत्नेचौर म्याग्दीले आफ्नो पाँचौ बार्षिर्कोत्सव तथा बिजयादशमीको पावन अबसरमा आयोजना गरेको बृहत साँस्कृतिक कार्यक्रम बिबिध कार्यक्रम सफलतापूर्बक सम्पन्न  भएको छ। ”लोपोन्मुख संस्कृतिको संरक्षण गरौं, आन्तरिक पर्यटनको प्रवर्दन गरौ” भन्ने मूल नाराका साथ आयोजित कार्यक्रमको प्रमुख अतिथि ईन्द्र थापा मगर ज्यू तथा संस्थाका अध्यक्ष खकेन्द्र थापा मगरले सभापतित्व ग्रहण गरेका थिए । कार्तिक ६ गतेदेखि सुरु भएको कार्यक्रम कार्तिक १० गते समापन भएको थियो। विविध साँस्कृतिक कार्यक्रम, साङ्गितीक कार्यक्रम, एकल नृत्य प्रतियोगिता, एस एल सी उत्तीर्ण बिधार्थीहरुलाई सम्मान, हाजिरीजवाफ प्रतियोगिता, पोखरेली कलाकारहरुको प्रस्तुती, म्याग्दी जिल्लाबाट विशेष पहिचान बनाउन सफल राष्ट्रिय स्रस्टा सम्मान, जेष्ठ नागरिक सम्मान तथा अन्तर वार्ड स्तरिय भलिबल प्रतियोगिता रहेको थियो। खुला एकल नृत्य प्रतियोगिता अन्तर्गत रत्नेचौर ७ की कबिता आलेमगर प्रथम भएर ५,००० आफ्नो पोल्टामा पार्न सफल भर्इन । त्यसैगरि द्दितीय र तृतिय क्रमशः बाग्लुङबजार निबासी सोनम थापा मगर र रत्नेचौर १ की म्याग्दीका प्रमिला पुनमगर भई रु ३,००० र १,००० रुपैया प्राप्त गरिन्। यसैगरि अन्तर वार्डस्तरिय भलिबल प्रतियोगितामा वार्ड नं ९ र वार्ड नं ७ क्रमश प्रथम र द्दितीय भएका छन्। कार्यक्रमा म्याग्दी जिल्लाबाट विशेष पहिचान बनाउन सफल राष्ट्रिय स्रष्टा गायिका धन कुमारी थापा, गायक बिरबहादुर कार्की र साहित्यकार ध्रुबलाल शर्मालाई दोसल्ला तथा सम्मान पत्रद्धारा सम्मान गरिएको थियो । अर्जम गाउँबाट २०६९ सालको प्रबेशिका परिक्षा उत्तीर्ण गर्ने बिधार्थीहरुलाई मायाँको चिनो तथा ११ जना ८० बर्ष माथिका जेष्ठ नागरिकहरुलाई दोसल्ला ओढाएर सम्मान गरिनुका साथै फलफुल बितरण कार्यक्रम पनि गरिएको थियो। कार्यक्रमको अन्तिम दिन पोखरेली कलाकारहरुको बिशेष प्रस्तुति जसमध्ये चेन आलेमगरले कमेडी नृत्य प्रस्तुत र अन्य कलाकारहरुबाट बि-बोईङ, ट्युबलाईट डान्स जस्ता बिबिध प्रस्तुति रहेको थियो । कार्यक्रम आयोजनाका लागि वैदेशिक रोजगार तथा स्वदेशी व्यापार/ब्यवसायमा संलग्न रत्नेचौरवासी तथा अन्य सहयोग दाताहरुले उल्लेख्य मात्रामा आर्थिक सहयोग प्राप्त भएको थियो। सरकारी निकाय बाट कुनैपनि सहयोग नपाएको गुनासो गर्दै, कार्यक्रम अवधिभर २,१२,९२५/- रुपैया सहयोग संङ्कलन भएको संस्थाका अध्यक्ष खकेन्द्र थापा मगरले बताए । स्मरण रहोस्, एकता अर्जम साँस्कृतीक समुहले बिगत ५ सालदेखी निरन्तररुपमा बिजयादशमीको अवसरमा बिबिध कार्यक्रम आयोजना गर्दै आईरहेको छ।

बृहत साँस्कृतीक कार्यक्रम सम्पन्न, भोली पोखरेली कलाकारहरुको प्रस्तुति सहित नित्य प्रतियोगिता हुने

एकता अर्जम साँस्कृतीक समुह, रत्नेचौर म्याग्दीले आफ्नो पाँचौ बार्षिर्कोत्सव तथा बिजया दशमी को पाबन अबसर मा आयोजना गरेको बिबिध कार्यक्रम मध्ये आज बृहत साँस्कृतीक कार्यक्रम  तथा रास्ट्रिय श्रस्ताहरु  सम्मान सफलतापुर्बक सम्पन्न भएको छ। ” लोपउन्मुक संस्कृतिको संरक्षण गरौ, आन्तरिक पर्यटन को प्रबर्दन गरौ ” भन्ने मुल नाराका साथ आयोजित आजको  कार्यक्रमको प्रमुख अतिथी ईन्द्र थापा मगर ज्यू (सल्लाहकार २०६४-०६६; एकता अर्जम सांस्कृतिक समुह ) लाई बनाईएको थियो। आजको कार्यक्रममा गायिका धन कुमारी थापा, गायक बिर बहादुर कार्कि र साहित्यकार ध्रुबलाल शर्मा लाई दोसल्ला तथा सम्मान पत्र द्धारा सम्मान गरिएको थियो। यसैगरि  स्व. तेजिन्द्र स्मृती भबन निर्मानार्थ रु ८०,००० बराबरको जग्गा प्रदान गर्नुहुले श्री प्रेम थापा मगर ज्यू लाई पनि उहाँको अनुपस्थिति भएपनि दोसल्ला तथा सम्मान पत्र प्रदान गरियो। सुरक्षाको कारणले छोट्याईएको कार्यक्रम (दिउसो १ बजे देखि बेलुकी ७ बजे सम्म) अलि खल्लो भएको प्रतिकृया आएपनि भोलिको कार्यक्रम भब्य हुने संस्थाका अध्यक्ष खकेन्द्र थापा मगरले बताउनु भएकोछ। साँस्कृतीक समुहको सम्पर्ण नित्यहरु पनि प्रस्तुत हुन बाँकि रहेको र भोलिको कार्यक्रममा प्रस्तुत गराईने भएको छ। आजको कार्यक्रममा गत बर्ष बिबाह बन्धनमा बाधिनुभएका कलाकारहरु निराजन थापा र निर्जना थापा लाई बधाई तथा मायाँको चिनो प्रदान गरिएको थियो ।

भोलीहुने कार्यक्रम जानकारी

-खुला एकल नित्य प्रतियोगिता।
-एकता अर्जम साँस्कृतीक समुह को तर्फबाट विविध साँस्कृतीक नित्य प्रस्तुति ।
-पोखरेली कलाकारहरुको बेजोड प्रस्तुति (कमेडी नित्य; चेन आले मगर तथा Tubelight Dance, B-boing, Hip Hop dance etc)
-S.L.C. उतिर्ण बिधार्थी हरुलाई सम्मान।
-११ जना ८० बर्ष काट्नुभएका जेष्ठ नागरिकहरुलाई सम्मान।
– बिबिध साङ्गितिक प्रस्तुतिहरु
– पुरस्कार तथा प्रशंसा-पत्र  बितरण।
-समापन समारोह।
ईन्टरनेट समस्याको कारणले तस्बिरहरु राख्न नसकेकोमा क्षमाप्राथी छौ। केहि दिन पछि भिडियो तथा फोटोहरु अपलोड गर्नेछौ।

दशैं मनाउनलार्इ दलितहरूलार्इ दशैं खर्च वितरण

हरिकृष्ण गौतम, म्याग्दी
म्याग्दी रत्नेचौर घर भई मलेसियामा ब्यापार गरी बस्ने दिपक बोगटीले बुधबार रत्नेचौर गाविसका दलित तथा गैर दलितलाई दशै खर्च वितरण गर्नुभएको छ ।

Happy people after getting money for Dashain celebration

बुधबार विहान गाविसका वडा नं २ का ४६ जना दलित तथा  दुई गैर दलितलाई दशै खर्च वापतको रकम  घरमै गई उपलब्ध गराइएको थियो । दशै रकम हस्तान्तरण गर्दै खिमबहादुर रावल, टेकबहादुर रावल र चन्द्रबहादुर रावलले २५ हजारलाई गाउँका विभिन्न वडामा वितरण गर्ने बताउनुभयो ।

वितरण कार्यक्रममा जिल्लामा हुने हरेक समाजिक, धार्मिक, राजनीतिक लगाएतको क्षेत्रमा  निरन्तर सहयोग गर्ने बोगटी परिवारको प्रतिबद्धता रहेको समेत बताइएको थियो ।  गाविसमा अन्य वडामा समेत आर्थिक स्थिति कमजोर रहेका  दलितको विवरण संकलन गरी सहयोग गर्ने चन्द्रबहादुर रावलले जानकारी दिनुभयो ।

चाडपर्व सबैका लागि समान हुनुपर्नेमा आर्थिक स्थितिका आधारमा यसको महत्वलाई दर्साउने गरिएकाले पनि सहयोग गरेको सहयोगदाता दिपक बोगटीले बताउनुभयो । उहाँले अगामी दिनमा जिल्लाका अन्य गाविसमा समेत यस्तो सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको छ । मलेसिया तथा नेपालमा ब्यापारब्यवसायमा सक्रिय रहेका दिपक बोगटीले उत्तरी म्याग्दीमा बाढीपिडितलाई एक लाख १५ हजार सहयोग, रत्नेचौरमा मन्दिर बनाउन ५ लाख, गलेश्वर क्षेत्रविकास कोषलाई २ लाख ५० हजार लगायत विभिन्न क्षेत्रमा बर्षेनी सहयोग गदै आइरहेका छन ।

अन्तर वार्ड स्तरिय भलिबल प्रतियोगिता सम्पन्न, वार्ड नं ९ बिजयी

           एकता अर्जम साँस्कृतीक समुह, रत्नेचौर म्याग्दीले आफ्नो पाँचौ बार्षिर्कोत्सव तथा बिजया दशमी को पाबन अबसरमा आयोजना गरेको बिबिध कार्यक्रम मध्य अन्तर वार्ड स्तरिय भलिबल प्रतियोगिता सम्पन्न भएको छ। जम्मा ९ टिम ले भाग लिएको प्रतियोगितामा वार्ड नं ९ ले वार्ड नं ७ लाई फाईनलमा पराजित गर्दै प्रथम पुरस्कार रु ५,००० आफ्नो पोल्टामा पारेको छ। सेमिफाईनलमा वार्ड नं ९ ले वार्ड नं ९ लाई तथा वार्ड नं ७ ले वार्ड नं ९ लाई पराजित गरेको थियो। प्रथम पुरस्कार प्रायोजन हिमनाथ आचार्य तथा दोस्रो पुरस्कार  रु ३००० चन्द्र ब. थापा मगर ज्यू ले प्रायोजन गर्नु भएको थियो। कार्यक्रम को बिस्तृत बिबरण को लागी यहाँ जानुहोस।