रत्नेचौर १ ठूलाघर, बोगटीथर निबासी भीमबहादुर बोगटिकी धर्म पत्नीको आज बिहान देहावसान भएको खबर प्राप्त भएको छ । करिव ५५ वर्षिय स्वर्गिय बोगटीका ३ छोरी र १ छोरा छन् । भजन किर्तनमा अत्यन्तै चाख लिने बोगटी भजनहरूमा नृत्य प्रस्तुती दिन परिचित हुनुहुन्थ्यो । मृत आत्माको चीर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजन प्रति धैर्यधारण गर्ने शक्ति प्राप्त होस भन्दै यस ब्लग परिवार हार्दिक समवेदना ब्यक्त गर्दछ ।
गहुँमा फौजी किराको आक्रमण
रत्नेचौर गाविसको सम्पुर्ण फाँटमा लगाइएको गहुँबालीमा एक साता अगाडीदेखि फौजिकिराको महामारी फैलिएपछि गाउँबासीहरू चिन्तित बनेका छन् ।
माघको अन्तिम सातादेखि रत्नेचौर आसपासको करिव १५ हेक्टरमा एक्कासी देखापरेको सो किरा पछिल्लो समय आसपासका क्षेत्रहरुमा पनि देखिन थालेपछि किसानहरुले जिल्ला कृषीविकास कार्यालय म्याग्दीमा खबर गरेका छन ।
किसानहरुले नियन्त्रण नै गर्न नसक्ने अवस्थामा पुगेपछि जिल्ला कृषीविकास कार्यालयको अनुरोधमा क्षेत्रिय बालीसंरक्षण प्रयोगशाला पोखराका प्रमुख तिर्थकुमार श्रेष्ठको नेत्रृत्वमा जिल्ला कृषिविकास कार्यालयका प्रमुख बरिष्ठ कृषिविकास अधिकृत महेशचन्द्र आचार्य सहितको एक टोलीले उक्त क्षेत्रमा फौजिकिराले पुर् याएको प्रकोपका बारेमा निरिक्षण गरेको छ ।
कृषिविकास कार्यालय म्याग्दीका बाली संरक्षण अधिकृत गोबिन्द बर्राकोटीका अनुसार उक्त क्षेत्रमा देखापरेको फौजिकिरा मौषमको प्रतिकुलताका कारण केहि भौगोलिक क्षेत्रमा देखापर्ने भएकोले औषधि प्रयोग गरेमा त्यसलाई नियन्त्रण गर्न सकिन्छ । कार्यालयले महामारी क्षेत्रमा औषधि निःशुल्क बितरण गर्न थालेको कार्यालयले जनाएको छ ।
फौजिकिरा पुतलीको एक लार्भा अवस्था हुने यसको आयु दुइ हप्तामात्रै हुने र यसले रातको समयमा बालामुनी बसेर फल खाने भएकोले साँझको समयमा प्रतिलिटर पानीमा दुई मिलिलिटर डेसिसु नामक बिसादी छर्किन किसानहरुलाई कृषि कार्यालयले सल्लाह दिएको छ ।

कृषि बिकास कार्यालयबाट आएका अधिकृतहरूलार्इ बालीमा देखिएको प्रकोपका बारेमा जानकारी गराउँदै स्थानीयबासी तस्बीरः बेनीअनलाइन
अनुच्छेदः हरिकृष्ण गौतम
तस्बिरः बेनीअनलार्इन
एक साहसिक युवा-शिब बोगटी
बन्जि जम्प एक साहसिक खेल मानिन्छ । बन्जि जम्प गर्नका लागि साहस मात्र भएर हुँदैन, उत्तिकै धेरै धैर्यता र आत्मविश्वासको पनि खाँचो रहन्छ । हत्तपत्त जोकोहीले बन्जी जम्प गर्न डराउने गर्दछन् किनकी कमजोर मुटु भएकाहरूलार्इ बन्जी जम्प गर्न पनि दिइदैन् । बन्जी जम्प गर्नको लागि दर्हो साहसको खाँचो पर्दछ, यस्तै साहस र आत्मविश्वासका साथ सम्भवत म्याग्दी जिल्लाबाट (भिडियो रेकर्ड भेटिएकाले) पहिलो पटक बन्जिजम्पका लागि चर्चित भोटेकोशीमा पुगे रत्नेचौर- १ का शिब बोगटी । यो साहसका लागि शिब बोगटीलार्इ यस ब्लगका तर्फबाट हार्दिक आभार प्रकट गर्दै, यहाँहरूका लागि उनले बन्जी जम्प गर्दै गर्दाको भिडियो समर्पण गरिएको छ ।
भानु मा.वि. मा दशजोड संचालन गरिने
सीमा बोगटी (रत्नेचौरबाट फर्केर)
आज माघ २१ गते रत्नेचौर गा.वि.स वार्ड नं. १ स्थित श्री भानु माध्यमिक बिध्यालय रत्नेचौरको प्रांगण आयोजित आम भेलाले आगामी शैक्षिक सत्रबाट भानु मा.वि. मा दशजोड दुर्इको तह थप गर्ने सम्बन्धि छलफल भएको छ । भेलाले यथासिघ्र आयोजक समिति निर्माण गरी चन्दा संकलन तथा आर्थिक संकलनका लागि अन्य क्रियाकलापहरू संचालन गर्ने पनि निर्णय भएको छ ।
