रूखबाट खस्दा घाइते
रत्नेचौर १, घर्तिथर निवासी ४० वर्षिय सहनशिला पुन काप्राको रूखबाट खस्दा घाइते भएकी छन । हिजो बिहिबारका दिन अचार खानलार्इ काप्राको फुल टिप्ने क्रममा उनी रूखबाट खसेकी हुन । उनको बाँया हातको हड्डी टुक्रनुका साथै पिठ्युमा पनि चोट लागेको छ । घाइते पुनको पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा उपचार भैरहेको छ । हाल उनको अवस्था सामान्य रहेको उपचारमा संलग्न चिकित्सकले बताए । ४-५ दिनको आराम पछि उनलार्इ डिस्चार्ज गरिने चिकित्सकलार्इ उदृत गर्दै उनका आफन्तले बताए । विभिन्न महिला तथा ब्यवसायिक समूहकी क्रियाशिल सदस्य पुन रत्नेचौर गा.वि.स. कै अनुकरणीय ब्यावसायिक अगुवा कृषक हुन ।
दोश्रो दिनसम्म ११ लाख जम्मा, युवाहरूको स्वयंसेवा प्रशंसनीय
- शंकर महतको सहयोगमा
आजसम्म प्राप्त जानकारी अनुसार करिब ११ लाख जम्मा भएको छ । हिजो यज्ञको दोश्रो दिन हिमालय बाबा रू १ लाख १, एकेन्द्र रावल ५ हजार १ सय ५, लक्ष्मीदेबी कँडेल, चितवन ५ हजार १ सय ५१, बिष्णुप्रसाद शर्मा तित्याङ, बागलुङ ५ हजार ५ सय ५१, दिलकुमारी रावलले, रू. ७ हजार १ सय प्रदान गर्नु भएको छ । त्यसैगरी यज्ञको तेस्रो दिन आज पनि उल्लेखनीयरूपमा रकम जम्मा हुन गएको जानकारी प्राप्त भएको छ । दशरथ श्रेष्ठ .न.पा.२, बागलुङ १ लाख ११ हजार १ सय ११, गोबिन्दबहादुर बोगटी रू १ लाख, सन्तोष रावल ले रू, ५१ हजार प्रदान गर्नुभएको छ । यज्ञमा प्राप्त सहयोगको पूर्ण विवरण यसै ब्लग मार्फत शिघ्र सार्वजनिक गरिनेछ ।
रत्नेचौरबाट संवाददाता शंकर महतका अनुसार यज्ञमा दर्शन गर्न आउने श्रद्दालुहरूको बाक्लो उपस्थिती रहेको छ । साथै श्रद्दालुहरूको उपस्थितीले समस्त गाउँको रौनक नै हेर्नलायकको छ । स्थानीय ब्यापारमा उल्लेख्य बृद्दि भएको छ । यज्ञमा रत्नेचौर युवा क्लबका सदस्यहरूले स्वंयसेवकको भूमिका जिम्मेवारी पूर्वक बहन गरेको र आयोजक तथा यज्ञमा आएका श्रद्दालुहरूले युवाहरूको स्वंयसेवा कार्यको मुक्तकण्ठले प्रंशसा गरेका छन ।
यज्ञको पहिलो दिन ७ लाख संकलन
- स्थानीयको सहयोगमा तयार पारिएको रिपोर्ट
राजनैतिक विवादमा तानिएका एवं पूर्व प्रधानसेनापति रूक्मांगत कटुवालले एक कार्यक्रमका बिच रत्नेचौर १, स्थित ‘श्रीपरम वैदिक धार्मिक आश्रम’ मा आयोजित पञ्चदिवसिय प्राणप्रतिष्ठाको उदघाटन गरेका छन् । सयौंको संख्यामा उपस्थित स्थानीयवासी एवं श्रद्दालुहरूको उपस्थिती रहेको कार्यक्रममा प्रमुख अतिथिको मन्तब्य दिदैं, देशमा शान्ति, स्थीरता र विकासका लागि धार्मिक कार्यक्रमहरूको महत्वपूर्ण भूमिका रहने कुरा उनले बताए । कार्यक्रममा स्थानीवासी एवं जिल्ला प्राविधिकका वरिष्ठ इन्जिनियर कृष्णबहादुर बोगटी, ब्यवसायी दिपक बोगटी, कार्यक्रम संयोजक नेत्रबहादुर महतले मन्तब्य ब्यक्त गरेका थिए ।
ब्यवसायी दिपक बोगटीले यज्ञमा अहिलेसम्मकै सर्वाधिक राशी रू. ५ लाख ५ हजार ५ सय ५५ रूपैयाँ प्रदान गरेका छन । यज्ञ यहि फाल्गुण २२ गतेसम्म सञ्चालन हुनेछ ।


