रत्नेचौरमा पञ्चदिवसीय प्राणप्रतिष्ठा हुने

रत्नेचौर १ स्थित ठाडोचौरमा स्थापना गरिएको श्रीपरम वैदिक धार्मिक आश्रमले फाल्गुण तेस्रो सातामा पाँच दिने यज्ञादि आयोजना गर्ने भएको छ । आश्रमले नेत्रबहादुर महतको संयोजकत्वमा यज्ञ सञ्चालक समिति गठन गरेको छ । विभिन्न सामाजिक सञ्जाल एवं इन्टरनेटमा प्रचारप्रसारको जिम्मा यसै ब्लगका संस्थापक सम्पादक एवं सञ्चालक नीराजन शिरीषलार्इ सुम्पिइएको छ भने स्थानीय स्तरमा प्रचार प्रसारको जिम्मा म्याग्दीकाली एफ एम ८८.२ मेघाहर्जका स्टेशन म्यानेजर बिक्रम बोगटीलार्इ दिइएको छ ।

परमवैदिक धार्मिक आश्रमले प्रकाशन गरेको विज्ञप्ती

आश्रामले हालै प्रकाशित गरेको बिज्ञप्तीमा उल्लेख छ – स्थानीय महानुभावले उल्लेखनीय पवित्रतम सहयोग र सहभागितामा धार्मिक दृष्टिकोणले नेपालकै मुटु हृदयस्थल भएको गण्डकी परिसर ‘श्रीपरम वैदिक धार्मिक आश्रम’ रत्नेचौर म्याग्दीको पवित्र प्राङ्गणमा पञ्चदिवसीय प्राणप्रतिष्ठाको पुण्यकार्य नेपाल भारतकै अग्रपंक्तिका विशिष्टतम विद्धान् वीतराग तपोमूर्ति अनन्त श्रीविभूषित परमपुज्य त्रिडण्डी पराङ्कुशाचार्य स्वामीजीको तत्वधानमा वैदिक विधीले सम्पन्न हुन गर्इरहेको पवित्र कार्यक्रममा सबैको समूचित सहयोगको अपेक्षा गर्दछौं ।

विज्ञप्तीमा भनिएको छ, ‘आदि प्रमाणानुसार श्रीभगवानको मन्दिर बनाउने, चलाउने, पूजाआजा चलाउने, भूमिदान, अन्नदान, अक्षयकोष ब्यवस्था गर्ने ब्यक्तिका समस्त पितृहरू श्री वैकुण्ठ प्राप्त गर्दछन् ।’ साथै रू. १ देखि लाखौंसम्मको दान सम्मान स्वीकार गरी दाताहरूको मर्यादाअनुसार श्रेणी विभाजन गरी सम्मान, अभिलेख र शिलालेखमा उल्लेख गर्ने ब्यवस्था गरिनेछ ।

कार्यक्रम तल उल्लेख गरे बमोजिम रहनेछ ।

२०६८ फाल्गुण १८ – मृदाहरण, यज्ञमण्डप पूजा, जलाधिवास

१९- यज्ञपूजन, धान्याधिवास

२०- शय्याधिवास

२१- यज्ञपूजन, नेत्रोन्मीलन

२२- श्री प्राणप्रतिष्ठा, कुम्भआरती, आचार्यादि सम्मान, महायज्ञ समापन

यदि यहाँहरू पनि यज्ञमा गच्छेअनुसार सहयोग गरी धार्मिक लाभ लिन चाहनु हुन्छ भने सम्पर्क गर्नुस तलका नम्बरहरूमा – ०६९-६८०१५१‍, ९८५७६४०२६२, ९८५७७०५६७२, ९८४७६७२०१८

 

शिबालयमा शिबरात्री मनाउदै युवाहरू …

शिबरात्री भब्य रूपमा मनाउने कार्यक्रम भैरहेको छ । रत्नेचौर -१, स्थित शिबालय मन्दिरमा आयोजना गरिदैँ आएको महाशिवरात्री उत्सब अन्यवर्षहरूमा भन्दा भब्य भैरहेको युवा ब्यवसायी शंकर महतले फोनबाट जानकारी गराए । करिब २ सय जनाको हाराहारीमा उपस्थित भक्तजनहरूले भजन गाउने, पूजा गर्ने, बत्ती बाल्ने र ठूल्ठुला मुढाको वरिपरी बसी विभिन्न प्रसाद बनाउने काम गरिरहेको उनले कार्यक्रम स्थलबाट प्रत्यक्ष जानकारी गराए ।

शिबरात्रीका दिन घरबाट समेत युवाहरूलार्इ शिवजीको प्रसाद स्वरूप गाँजा वा घोटुवा थोरै मात्रामा सेवन गर्न अघोषित रूपले अनुमति दिइने हुनाले युवाहरू गाँजा सेवनमा उद्दत भएको देखिन्छ । महतका अनुसार, उत्सवमा उपस्थित प्रायः युवाहरू शिवजीको प्रसाद स्वरूप घोटुवा ग्रहणका लागि तम्तयार भएका छन । उनले भने – यस्ता पर्व मनाउने क्रममा केही बिकृतीहरू भएको जस्तो देखिएपनि परम्पराको निरन्तरताका लागि भने यस्ता पर्वले महत्वपूर्ण फाइदा पुर्याउँछन । अर्का युवा अञ्चल महत थप्छन् – महाशिवरात्री जस्ता पर्वले नयाँ पुस्ताका युवाहरूलार्इ आफ्ना धर्म र संस्कृतिका बारेमा बुझ्न प्रशस्त मद्दत गर्दछन् । बितेका बर्षजस्तै यो आजको उत्सब पनि भोली बिहानसम्म चल्ने उत्सव ब्यवस्थापनमा सहयोग पुर्याइरहेका युवा कृष्ण बोगटीले जानकारी गराए ।

 

दशैंको उपलक्ष्यमा साङ्गीतिक कार्यक्रम सम्पन्न

तस्बीर तथा अनुच्छेदः रामचन्द्र थापा मगर

कार्यक्रममा नृत्य प्रस्तुत गर्दै कलाकारहरू

एकता अर्जम सांस्कृतिक समुह को आयोजना मा यहि मिती २०६८ असोज २० गते बृहत सांस्कृतिक तथा साङ्गितिक कार्यक्रम भब्यताका साथ सम्पन्न भयो।  माननिय सभासद गोबिन्द पौडेल को प्रमुख आ‍तीथ्यतामा सम्पन्न कार्यक्रममा नेत्र महत, नर बहादुर थापा मगर, राजकुमार थापा मगर, आइत परियार लगायतका राजनितिकर्मीहरुको सहभगिता रहेको थियो।

            ” लोप उन्मुख संस्कृतिको जगेर्ना गरौ, आन्तरिक पर्यटनको प्रबद्धन गरौ ” भन्ने मुल नाराका साथ आयोजित कार्यक्रममा संस्थाको तर्फबाट मारुनी, कौडा, रोधि, सालैजो तथा अन्य सांस्कृतिक नृत्यहरू गरिएका थिए । दर्शकहरुको उल्लेख्य सहभागिता रहेको कार्यक्रममा   समाजसेवी तथा बुद्धिजिबी बर्गहरुको आसन ग्रहनले कार्यक्रमको शोभा बढाएको थियो।  साथै सो कार्यक्रममा अर्जम क्षेत्रबाट २०६७ सालमा प्रबेशिका परिक्षामा उतिर्ण हुने ४५ जना बिधार्थिहरु लाई प्रशंसा पत्र तथा मायाको चिनो बितरण गरिएको थियो।
                 संस्थाका अध्यक्ष राजु थापा मगर को सभापतित्व तथा सचिव रामचन्द्र थापा मगर को सञ्चालन मा सम्पन्न कार्यक्रममा रु ७५ हजार आर्थिक सङ्कलन भएको थियो। साथै ”नि: शुल्क स्वास्थ्य शिबिर २०६७” का बिशेष सहयोगीहरु तथा संस्थाका बिशेष सहयोगी नीराजन शिरीष र याम ब थापामगर लाई पनि सम्मान गरिएको थियो।   कार्यक्रम  मा मिडिया पाट्नर को रुपमा बागलुङ एफ एम, रेडियो म्याग्दिकाली, नब बिकल्प साप्ताहिक र म्याग्दी सञ्चार साप्ताहिक समाचार पत्र रहेका थिए ।
कार्यक्रमका केही झलकहरू तल तस्बीरमा –

नृत्य प्रस्तुत गर्दै कलाकारहरू

कार्यक्रमममा उपस्थित अतिथी तथा दर्शकहरू

कार्यक्रममा उपस्थित दर्शकहरू

थापाबन्धुहरूको सप्ताह पुराण सम्पन्न

सप्ताहमा सहभागीहुँदै थापा बन्धुहरू । तस्बीरः हाम्रो रत्नेचौर

कथा वाचन गर्दै मुख्य कथा वाचक सुरेश शर्मा

आफ्ना दिवंगत पिता पदमबहादुर थापा तथा अन्य समस्त पितृहरूको उद्दारका हेतूले रत्नेचौर १ र २ निवासी मेघराज थापा, टिकाबहादुर थापा, भूमीराज थापा, सोमबहादुर थापा, रामबहादुर थापा र रूद्रबहादुर थापाले संयुक्त रूपमा एक साताब्यापी सप्ताह पुराण सफलतापूर्वक सम्पन्न गरेका छन । गाउँकै विद्भत पण्डित तथा बनारस भारतबाट संस्कृत दर्शनमा स्नातकोत्तर गरेका सुरेश शर्मा मुख्य वाचक रहेको सप्ताह पुराणमा सयौ श्रद्दालु निम्तालुहरूले भाग लिएका थिए । पितृ उद्दारका लागि सप्ताहब्यापी पुराण लगाउने चलन पछिल्लो केहि बर्षपछि निकै प्रचलित छ । आफ्ना सम्पूर्ण कामकाजहरू छाडेर, एकाग्र भै एक साता भरी कर्ताका रूपमा श्रीमद भागवत गीता पुराणको परायण गर्दा आफ्ना दिवंगत पितृहरूको उद्दार हुने जनविश्वास रहेको पाइन्छ ।

थापाबन्धूहरूले आयोजना गरेको सप्ताह पुराण भाद्र २९ गते प्रारम्भ भर्इ आश्विन ४ गते सफलतापूर्वक सुसम्पन्न भएको थियो ।

(रत्नेचौरबाट फर्केर श्याम खत्री)