एकता समूहले दशैं विशेष कार्यक्रम गर्ने

Image

कार्यक्रमका लागि तयार पारिएको ब्यानर

 

रत्नेचौर/अर्जम म्याग्दीमा स्थापित एकता अर्जम साँस्कृतीक समुह ले हरेक बर्ष जस्तै २०६९ सालको शुभ बिजया दशमीको पावन अवसरमा  यहि कर्तिक ८,९ र १० गते वृहत साँस्कृतीक कार्यक्रम तथा एकल नृत्य प्रतियोगिता आयोजना गर्ने भएको छ। संस्थाको पाँचौ बार्षिकोत्सवका अबसरमा गर्न लागिएको ”वृहत साँस्कृतीक कार्यक्रम तथा एकल नित्य प्रतियोगिता” सञ्चालनार्थ सहयोग अभियान सुरु गरिएको छ। एकता अर्जम साँस्कृतीक समुहका संस्थापक अध्यक्ष रामचन्द्र थापा मगरको संयोजकत्वमा सहयोग अभियान सञ्चालन सुरु गरिएको सँस्थाका अध्यक्ष खकेन्द्र थापा मगरले बताउनु भएको छ। म्याग्दी जिल्ला रत्नेचौर गाबीस, अर्जममा आयोजना गरिने ३ दिने कार्यक्रममा  विविध साँस्कृतिक कार्यक्रम, साङ्गितिक कार्यक्रम, एकल नित्य प्रतियोगिता, एस एल सी उतिर्ण बिधार्थीहरुलाई सम्मान, पोखरेली कलाकारहरु को बिषेश प्रस्तुती, म्याग्दी जिल्लाबाट बिषेश पहिचान बनाउन सफल राष्टिय कलाकारहरु लाई सम्मान, राष्टिय तथा स्थानिय लोकदोहोरी गायक गायिकाहरुको प्रस्तुति तथा जेष्ठ नागरिक सम्मान कार्यक्रम रहनेकुरा अध्यक्ष खगेन्द्र थापा मगरले बताउनु भएको छ।
बिषेश गरेर बैदेशिक रोजगारीमा रहनुभएका सँस्थाका सहयोगदाता एवम् शुभचिन्तकहरुलाई लक्षित गरेर ”सहयोग अभियान” कार्यक्रम सञ्चालनमा ल्याइएको हो। साथै कार्यक्रमको लागि प्रायोजक, प्रबन्धक, ब्यानर प्रायोजक, मिडिया पार्टनर, पुरस्कार प्रायोजक, बिज्ञापनदाता साथै प्रचार प्रसार को लागि लिला थापामरगर, राजु थापामगर र खगेन्द्र थापामगरको संयोजकत्वमा कार्यक्रम तिब्र रुपमा अगाडि बढाइएको छ। सहयोगदाताहरुको सहयोग बिबरण एकता अर्जम साँस्कृतीक समुह को अफिसियल फेसबुक पेजमा अपडेट गरिनेछ।  बिगतमा लिसाँर कला केन्द्र सञ्चालन गर्नु्भएका तथा हाल दिपज्योति कलाँ केन्द्र पोखरामा क्रियाशील दिलिप रानामगर को प्रशिक्षणमा संस्थाका कलाकारहरुले  बिबिध प्रस्तुतीहरु जस्तै सालैजो, मारुनि, कौडा, तामाङ सेलो, चुड्का, कर्पु तारे झ्याउरे, काशीकाँधे झ्याउरे, पैसाझारे मारुनी जस्ता लोपउन्मुख नृत्यहरु तथा मनोरञ्जनात्मक प्रस्तुतीहरु प्रस्तुत गर्नेछन् ।

मनसुन लागेन रत्नेचौरमा

मनसुन शुरू भएको दुर्इहप्ता बितिसक्दा पनि रत्नेचौरमा खास वर्षा हुन सकेको छैन । पहिलेका बर्षहरूमा मध्य असारदेखि रोपाइँको काम शुरू हुने गरेको भएपनि आजसम्म गाउँमा कसैले हल नारेका छैनन् । मकै बाली अपेक्षित समयमा फल्न नसकेको र लामोसमयदेखि खडेरीको चपेटामा परेकाले धानको बिउँ उम्रन नसक्नुले रोपाइँको काम शुरू हुन नसकेको किसानहरूले बताए ।

असारको दोश्रो हप्ता शुरू हुनेबेलामा फाट्टफुट्ट पानी पर्न शुरू गरेपनि रोपाइँको काम हुने गरी वर्षा भएको छैन । रत्नेचौर ३ का कृषक लाल थापाका अनुसार अहिले गाउँमा कोदो रोप्ने काम शुरू भएको छ । सम्भवतः असारको अन्तिम वा साउनको पहिलो हप्तापछि मात्र रोपाइँको काम शुरू हुनेछ । 

भानु उ. मा.वि. बाट प्रवेशिकामा ६३ प्रतिशत उत्तीर्ण

यस बर्ष भानु उ.मा.वि. बाट प्रवेशिका परीक्षामा संलग्न ३३ जना बिधार्थी मध्ये ३ जना प्रथम श्रेणीमा १७ जना द्धितीय श्रेणीमा र १ जना तृतीय श्रेणीमा गरी कुल २१ जनाले मात्र प्रवेशिका परीक्षा उत्तिर्ण गरेका छन् । जिल्लाका अरू केहि सामुदायिक बिधालयहरूले प्रवेशिकाको नतिजामा शतप्रतिशत सफलता हासिल गरेकोमा भानु उ.मा.वि. बाट भने ६३.६३ प्रतिशत विधार्थीहरू मात्र उत्तीर्ण भएका छन ।

विधालयले आशातित नतिजा हासिल गर्न नसकेको सन्दर्भमा ब्लगका सम्पादक नीराजन शिरीषले बिधालयका बिज्ञान शिक्षक दिनेश बोगटीलार्इ सम्पर्क गर्दा ब्यावस्थापकिय कमजोरी एवं शैक्षिक गुणस्तर कायम गर्न नसकिएकाले यस्तो भएको बताउनुभयो । उहाँले अगाडि थप्नुभयो, नियमित कोचिङ् तथा होस्टेल सुविधाका विषयमा विधालय एवं अभिभावकबीच विशेष सहमती हुन नसक्दा प्रवेशिकामा बिधार्थीले राम्रो गर्न सक्ने अवस्था रहँदा रहँदै पनि त्यस्तो हुन नसकेको हो ।

रत्नपुत्रः केभिन (गणेश) रावल जिल्लाकै कान्छो पप गायक

नवोदित पपगायक केभिन रावल

 

मलार्इ यति धेरै माया नगर कि मरी जाउँला

मलार्इ यति धेरै आफ्नो नबनाऊ कि बाँच्न नसकुँ म ….

यी माथिका हरफहरू कविता वा भावना होइनन् यि हरफहरू त एक प्रेमील युवाका गितका हरफहरू हुन । रत्नेचौर – ४ निवासी खिमबहादुर रावलका एक मात्र पुत्ररत्न २२ बर्षिय गणेश रावल (केभिन) ले हालै एउटा पपगीत रेकर्ड गराएका छन, र यी माथीका हरफहरू उनैका गीतका शब्दहरू हुन । ५ मिनेट ३६ सेकेण्ड लामो मनको कुरा बोलको पपगित प्रेममा आधारित गीत हो । शब्दका चयनका दृष्टिकोणमा पनि अत्यन्तै सुन्दर उक्त गीतको मेलोडी पनि राम्रो छ । सम्भवतः कम उमेरमै गित रेकर्ड गराउने जिल्लाकै उनी पहिलो युवा हुन । बागलुङबजारस्थित डिग्निटी कलेजमा अध्ययनरत रावल क्रिकेटका पनि राम्रा खेलाडी मानिन्छन् । उनीसँग फेसबुकमा जोडिनलार्इ यहाँ थिच्नुस । र, उनले रेकर्ड गरेको गित सुन्न र डाउनलोड गर्न यहाँ थिच्नुस । केभिनलार्इ हाम्रो रत्नेचौर ब्लगको तर्फबाट सफलताको हार्दिक शुभकामना ।