दशैं मनाउनलार्इ दलितहरूलार्इ दशैं खर्च वितरण

हरिकृष्ण गौतम, म्याग्दी
म्याग्दी रत्नेचौर घर भई मलेसियामा ब्यापार गरी बस्ने दिपक बोगटीले बुधबार रत्नेचौर गाविसका दलित तथा गैर दलितलाई दशै खर्च वितरण गर्नुभएको छ ।

Happy people after getting money for Dashain celebration

बुधबार विहान गाविसका वडा नं २ का ४६ जना दलित तथा  दुई गैर दलितलाई दशै खर्च वापतको रकम  घरमै गई उपलब्ध गराइएको थियो । दशै रकम हस्तान्तरण गर्दै खिमबहादुर रावल, टेकबहादुर रावल र चन्द्रबहादुर रावलले २५ हजारलाई गाउँका विभिन्न वडामा वितरण गर्ने बताउनुभयो ।

वितरण कार्यक्रममा जिल्लामा हुने हरेक समाजिक, धार्मिक, राजनीतिक लगाएतको क्षेत्रमा  निरन्तर सहयोग गर्ने बोगटी परिवारको प्रतिबद्धता रहेको समेत बताइएको थियो ।  गाविसमा अन्य वडामा समेत आर्थिक स्थिति कमजोर रहेका  दलितको विवरण संकलन गरी सहयोग गर्ने चन्द्रबहादुर रावलले जानकारी दिनुभयो ।

चाडपर्व सबैका लागि समान हुनुपर्नेमा आर्थिक स्थितिका आधारमा यसको महत्वलाई दर्साउने गरिएकाले पनि सहयोग गरेको सहयोगदाता दिपक बोगटीले बताउनुभयो । उहाँले अगामी दिनमा जिल्लाका अन्य गाविसमा समेत यस्तो सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको छ । मलेसिया तथा नेपालमा ब्यापारब्यवसायमा सक्रिय रहेका दिपक बोगटीले उत्तरी म्याग्दीमा बाढीपिडितलाई एक लाख १५ हजार सहयोग, रत्नेचौरमा मन्दिर बनाउन ५ लाख, गलेश्वर क्षेत्रविकास कोषलाई २ लाख ५० हजार लगायत विभिन्न क्षेत्रमा बर्षेनी सहयोग गदै आइरहेका छन ।

अन्तर वार्ड स्तरिय भलिबल प्रतियोगिता सम्पन्न, वार्ड नं ९ बिजयी

           एकता अर्जम साँस्कृतीक समुह, रत्नेचौर म्याग्दीले आफ्नो पाँचौ बार्षिर्कोत्सव तथा बिजया दशमी को पाबन अबसरमा आयोजना गरेको बिबिध कार्यक्रम मध्य अन्तर वार्ड स्तरिय भलिबल प्रतियोगिता सम्पन्न भएको छ। जम्मा ९ टिम ले भाग लिएको प्रतियोगितामा वार्ड नं ९ ले वार्ड नं ७ लाई फाईनलमा पराजित गर्दै प्रथम पुरस्कार रु ५,००० आफ्नो पोल्टामा पारेको छ। सेमिफाईनलमा वार्ड नं ९ ले वार्ड नं ९ लाई तथा वार्ड नं ७ ले वार्ड नं ९ लाई पराजित गरेको थियो। प्रथम पुरस्कार प्रायोजन हिमनाथ आचार्य तथा दोस्रो पुरस्कार  रु ३००० चन्द्र ब. थापा मगर ज्यू ले प्रायोजन गर्नु भएको थियो। कार्यक्रम को बिस्तृत बिबरण को लागी यहाँ जानुहोस।

अर्जममा आज देखि दशै कार्यक्रम सुरु; १ लाख १५ हजार अग्रिम सहयोग सङ्कलन

    
एकता अर्जम साँस्कृतीक समुह, रत्नेचौर म्याग्दीले आफ्नो पाँचौ बार्षिर्कोत्सव तथा बिजयादशमी को पाबन अबसर मा आयोजना गरेको बिबिध कार्यक्रम आज देखि सुरु भएको छ। ” लोपउन्मुक संस्कृतिको संरक्षण गरौ, आन्तरिक पर्यटन को प्रबर्दन गरौ ” भन्ने मुल नाराका साथ आयोजित कार्यक्रम मा विविध साँस्कृतिक कार्यक्रम, साङ्गितिक कार्यक्रम, एकल नित्य प्रतियोगिता, एस एल सी उतिर्ण बिधार्थीहरु लाई सम्मान, पोखरेली कलाकारहरु को बिषेश प्रस्तुती, म्याग्दी जिल्लाबाट बिषेश पहिचान बनाउन सफल राष्ट्रिय स्रस्ता सम्मान, राष्टिय तथा स्थानिय लोकदोहोरी गायक गायिकाहरुको प्रस्तुति तथा जेष्ठ नागरिक सम्मान तथा अन्तर वार्ड स्तरिय भलिबल प्रतियोगिता कार्यक्रम रहनेकुरा अध्यक्ष खकेन्द्र थापा मगरले बताउनु भएकोछ।

कार्यक्रम को बिस्तृत बिबरण……..

कार्यक्रम हुने स्थान: श्री रामचन्द्र माबी को प्राङ्गण, रत्नेचौर अर्जम, म्याग्दी
आयोजक: एकता अर्जम सांस्कृतिक समुह, रत्नेचौर अर्जम, म्याग्दी
मिडिया पार्टनरहरु: बाग्लुङ्ग अनलाईन, Hamroratnechaur.wordpress.com, Unityarjam.blogspot.com

कार्तिक ६ र ७ गते :
-अन्तर वार्ड स्तरिय भलिबल प्रतियोगिता
प्रथम पुरस्कार रु ५००० (पुरस्कार प्रायोजक; हिमनाथ आचार्य, रत्नेचौर ७ म्याग्दी, हाल साउदी अरब)
दोस्रो पुरस्कार रु ३००० (पुरस्कार प्रायोजक; चन्द्र ब. थापा मगर, रत्नेचौर ७ म्याग्दी)

कार्तिक ८ गते (दशैको दिन) :
-श्री रामचन्द्र माबी का बिधार्थीहरुको लागी हाजिरीजवाफ प्रतियोगिता

-स्थानिय बयोबृद्दहरु बाट सोरठि, यानिमायाँ, सुनिमायाँ जस्ता  लोप लोपउन्मुक गित हरु प्रस्तुति

-गाऊमा चलिआ‍एको बढोनाच प्रदर्शन

-नयाँ प्रतिभा हरु बाट स्टेज गित प्रस्तुत।

कार्तिक ९ गते (बिशेष कार्यक्रम):
– एकता अर्जम साँस्कृतीक समुह को तर्फबाट विविध  साँस्कृतीक नित्य प्रस्तुति ( सालैजो, कौडा, तामाङसेलो, कासिकाढे झ्याउरे, मारुनी, सोरठि, कर्पुतारे झ्याउरे, म्याग्देली चुड्का, तप्पा, पैसाझारे मारुनी जस्ता लोपउन्मुक नित्यहरु साथै मनोरञ्जनात्मक नित्यकोसेली हरु)
-रास्ट्रिय श्रस्ताहरु लाई दोसल्ला तथा सम्मान पत्र द्धारा सम्मान कार्यक्रम (गायिका धन कुमारी थापा, गायक बिर बहादुर कार्कि र साहित्यकार ध्रुबलाल शर्मा)
-संस्थाको बार्षिक आय- ब्यय बिबरण प्रस्तुत।
-प्रेम थापा मगर ज्यू ( तेजिन्द्र स्मृती भबन निर्मानार्थ रु ८०,००० बराबरको जग्गा दाता) लाई सम्मान तथा संस्थाका कलाकार बिष्णु थापा लाई बिदाई। -रास्ट्रिय तथा क्षेत्रिय लोकदोहोरी गायक गायिकाहरुको प्रस्तुति (म्याग्दी लोकतारा का कलाकारहरु पनि)

कार्तिक १० गते : 
-खुला एकल नित्य प्रतियोगिता
प्रथम पुरस्कार रु ५००० (पुरस्कार प्रायोजक; नाम गोप्य राखिएको छ।)
दोस्रो पुरस्कार रु ३००० (पुरस्कार प्रायोजक; सुमन थापा मगर, रत्नेचौर २ म्याग्दी, हाल बेल्जियम)
-पोखरेली कलाकारहरुको बेजोड प्रस्तुति (कमेडी नित्य; चेन आले मगर तथा Tubelight Dance, B-boing, Hip Hop dance etc)
-S.L.C. उतिर्ण बिधार्थी हरुलाई सम्मान।
– ”वृहत साँस्कृतिक कार्यक्रम तथा एकल नित्य प्रतियोगिता २०६९” सञ्चालनार्थ बिशेष सहयोगी हरु लाई प्रशंसा- पत्र बितरण।
– जेष्ठ नागरिक सम्मान
-रास्ट्रिय तथा क्षेत्रिय लोकदोहोरी गायक गायिकाहरुको प्रस्तुति (म्याग्दी लोकतारा का कलाकारहरु पनि)
– बिबिध क्लबहरु को नित्य प्रस्तुती
– बिबिध साङ्गितिक प्रस्तुतिहरु
– पुरस्कार बितरण
-समापन समारोह।
(नोट: यदि कार्तिक १० गते कार्यक्रम सम्पन्न नभएको खण्डमा कार्तिक ११ गते पनि कार्यक्रम सञ्चालन हुनेछ।)

कार्यक्रम आयोजनाका लागि वैदेशिक रोजगार तथा स्वदेशी व्यापार/ब्यवसायमा संलग्न रत्नेचौरवासी तथा अन्य सहयोग दाताहरुले उल्लेख्य मात्रामा आर्थिक सहयोग गरेका छन्। सरकारी निकाय बाट कुनैपनि सहयोग नपाएको गुनासो गर्दै, कार्यक्रम अवधिभर रु २ लाख सम्म सहयोग उठ्नसक्ने संस्थाका पुर्ब अध्यक्ष राजु थापा मगर ले जनाउनु भएको छ। यो समाचार तयार पार्दासम्म रु १,१६,०४४/-सङ्कलन भैसकेको छ। हालसम्म प्राप्त सहयोग दाताहरूको सहयोग रकम सहितको सूची तल उल्लेख गरे बमोजिम रहेको छ ।

कार्यक्रम सञ्चालन गर्न एक लाख सहयोग जुट्यो

एकता अर्जम सांस्कृतिक समूहले विगतका वर्षहरूमा झैं यस वर्ष पनि आयोजना गर्न लागिरहेको  ”वृहत साँस्कृतिक कार्यक्रम तथा एकल नृत्य प्रतियोगिता २०६९” को सफल आयोजनाका लागि वैदेशिक रोजगार तथा स्वदेशी व्यापार/ब्यवसायमा संलग्न रत्नेचौरवासीले उल्लेख्य मात्रामा आर्थिक सहयोग गरेका छन् । समूहका संस्थापक अध्यक्ष एवं यस ब्लगका वरिष्ठ संवाददाता रामचन्द्र थापाले उपलब्ध गराएको सहयोग दाताहरूको सहयोग रकम सहितको सूची तल उल्लेख गरे बमोजिम रहेको छ ।
सलमान थापा / बिष्णु थापा ग्रुप, रत्नेचौर ७, म्याग्दी (हाल मलेसिया) रु १५,०००/-
याम थापा मगर, ज्यामरुकोट भकुण्डे, म्याग्दी (हाल लण्डन) रु. १०,०००/-
रामचन्द्र थापा मगर, रत्नेचौर ७, म्याग्दी (हाल डेनमार्क) रु ६,०००/-
युबराज थापा मगर, रत्नेचौर ७ अर्जम, म्याग्दी (हाल कतार) रु ५,५५५/-
डील आले मगर, रत्नेचौर ६ अर्जम, म्याग्दी (हाल बेल्जियम) रु ५,४५०/-
हिमनाथ आचार्य, रत्नेचौर ७, म्याग्दी (हाल साउदी अरब) रु. ५,००० /- (भलिबल प्रतियोगिताको प्रथम पुरस्कार प्रायोजक)
(नाम गोप्य) रु. ५०००/- (खुला एकल नित्य प्रतियोगिता को प्रथम पुरस्कार प्रायोजक)
प्रमोद श्रेष्ठ, बेनी बजार म्याग्दी ,  रु. ५,००० /- (ब्यानर डिस्पे प्रायोजक; श्रेष्ठ फर्निचर उधोग)
दम्मर ब थापा मगर, रत्नेचौर ९ अर्जम, म्याग्दी (हाल साउदी अरब) रु ५,०००/-
जङ्ग ब. थापा मगर, रत्नेचौर ७ अर्जम, म्याग्दी (हाल युएई) रु ५,०००/-
अरुण थापा मगर, रत्नेचौर ९ अर्जम, म्याग्दी (हाल कतार) रु. ५,०००/-
युबराज बिक , रत्नेचौर ७ अर्जम, म्याग्दी (हाल युएई) रु ३,३३३/-
सुमन थापा मगर, रत्नेचौर २ म्याग्दी (हाल बेल्जियम) रु ३,३००/- (खुला एकल नित्य प्रतियोगिता को दोस्रो पुरस्कार प्रायोजक)
कृष्ण पुन मगर, अर्चलबोट पोखरा कास्की, (हाल युके) रु ३,०००/-
खम थापा मगर, रत्नेचौर ५ म्याग्दी रु. ३,००० /- (ब्यानर डिस्पे प्रायोजक; हाम्रो बेनी पुस्तक पसल)
सन्तोस राबल,  बेनी बजार रु. ३,००० /- (ब्यानर डिस्पे प्रायोजक; एस एन एस ”SNS” ग्लास हाउस)
चन्द्र ब. थापा, रत्नेचौर ७ म्याग्दी (हाल साउदी अरब) रु ३,०००/- (भलिबल प्रतियोगिता को दोस्रो पुरस्कार प्रायोजक)
मादब आले मगर, रत्नेचौर ७ अर्जम, म्याग्दी (हाल कतार) रु २,५०५/-
चित्र थापा मगर, रत्नेचौर ९ अर्जम, म्याग्दी (हाल मलेसिया) रु २,५००/-
रुद्र थापा मगर, रत्नेचौर ६ अर्जम, म्याग्दी (हाल कतार) रु. २,३००/-
करण आले मगर, रत्नेचौर ६ अर्जम, म्याग्दी रु. २,००० /- (ब्यानर डिस्पे प्रायोजक; न्यू माच्छापुच्छ्रे रेस्टुरेन्ट)
समिर थापा मगर, रत्नेचौर ६ अर्जम, म्याग्दी (हाल गुजरात, भारत) रु २,०००/-
जङ्ग ब. थापा मगर, रत्नेचौर ७ अर्जम, म्याग्दी (हाल मलेसिया) रु. १,७००/-
युबराज प्रधान, रत्नेचौर ९ अर्जम, म्याग्दी (इन्डिया आर्मी) रु १,६०१/-
तुल बहादुर थापा मगर, रत्नेचौर ८ अर्जम, म्याग्दी (हाल कतार) रु १,६००/-
जितेन्द्र थापा मगर, रत्नेचौर ९ अर्जम, म्याग्दी (हाल साउदी अरब) रु १,५००/-
भिम थापा मगर, रत्नेचौर ६, म्याग्दी रु. १,५०० /- (ब्यानर डिस्पे प्रायोजक; धौलागिरी गुञ्जन फेन्सी स्टोर)
श्याम प्रधान, रत्नेचौर ९ अर्जम, म्याग्दी (हाल भारत) रु १,५००/-
चित्र थापा मगर, रत्नेचौर ८ अर्जम, म्याग्दी (हाल मलेसिया) रु १,२००/-
रबिन थापा मगर, रत्नेचौर ६ अर्जम, म्याग्दी (हाल ईराक) रु. १,०००/-
हर्क ब. थापा मगर, रत्नेचौर ७ अर्जम, म्याग्दी (हाल भारत)  रु. १,०००/-
बनौ फेन्सी स्टोर, बाग्लुङ बजार रु ५००/-
राज टेलर्स, बाग्लुङ बजार रु ५००/-
नमस्ते होटल, बेनी बजार रु ५००/-