बिचरा भानु उच्च मा.वि

पहिलो पटक जेसिजकपको सेमिफाइलन प्रवेश गरेको श्री भानु उ.मा.वि फाइनल प्रवेशका लागि जेसिज कपको सर्वाधिक सफल बिधालय न्यू वेष्ट प्वाइन्ट उ.मा.वि. सँग भएको खेलमा १४-० को फराकिलो अन्तरले पराजित हुन पुगेको छ । जेसिज कपको इतिहासमै यो अहिलेसम्मको सबभन्दा ठूलो अन्तरको जित/हार हो ।

जिल्लामै सबभन्दा ठूलो खेलमैदान भएर पनि त्यसको समुचित प्रयोग गर्न नजान्दा तथा विधालयमा अध्यापनरत शिक्षकशिक्षीकाहरूले विधार्थीहरूको सर्वागिङ विकासमा भन्दा राजनीतिमा बढि सक्रिय हुँदा यो हविगती भएको हो । साथै यस बिषयमा स्वतन्त्र लेखक नीराजन शिरीषले टिप्पणी गरेका छन् – खेलकुद वा अन्य अतिरिक्त कृयाकलापहरूमा अभिभावकहरूले आफ्ना नानीबाबुहरूलार्इ वातावरण नदिने तथा शिक्षक एवं विध्यालय ब्यवस्थापनले यस तर्फ कुनै पनि चासो नराख्नाले यो हविगति बेहोर्नु परेको हो ।

एकिकृत माओवादीको गाउँ भेला सम्मेलन

एकिकृत नेकपा माओवादी रत्नेचौर म्याग्दीको शुक्रबार सम्पन्न प्रथम गाउँ सम्मेलनबाट रत्नेचौर १ का शेरबहादुर थापा अध्यक्षमा निर्वाचित भएका छन् । पूर्व एमाले कार्यकर्ता थापा विभिन्न समयमा विभिन्न पार्टीका कार्यकर्ताका रूपमा राजनीतिमा सक्रिय हुँदै आएका छन् ।

समितिको सचिवमा सेते किसान र सदस्यहरुमा रेशम बोगटी, बुद्धबिर किसान, बाबुराम बोगटी, टेकबहादुर खत्री, जंगबहादुर थापा, तुलसीराम थापा, नरदेवी केसी, गणेश थापा, उत्तम श्रेष्ठ, ओमबहादुर रोका, तेजबहादुर किसान, जुना किसान, नरसिंह गिरी, छवीलाल श्रेष्ठ, भिमबहादुर खड्का, खमबहादुर पुन र चित्रबहादुर थापा निर्वाचित भएका छन् । समितिमा निर्वाचित केहि सदस्यहरू पूर्व पञ्च र नेपाली काङ्ग्रेसका पूर्व कार्यकर्ताहरू रहेका छन् । त्यसैगरी भेलाको सञ्चालन गर्ने बोगटी चाँहि गाउँकै भानु उच्च मा.वि. का प्रा.वि. शिक्षक हुन् ।

एकिकृत नेकपा माओवादी दोस्रो जिल्ला सम्मेलन आयोजक समिति म्याग्दीका सदस्य कर्ण प्रधानको अध्यक्षता र चिरञ्जीवी बोगटीको सञ्चालनमा सम्पन्न सम्मेलनमा जिल्ला संयोजक गोविन्द पौडेल र २ नम्बर एरीया संयोजक चन्द्रबहादुर घिमीरेको पनि उपस्थिती रहेको थियो ।

अर्जममा बृहत साँस्कृतीक कार्यक्रम तथा बिबिध कार्यक्रम सम्पन्न


एकता अर्जम साँस्कृतिक समूह, रत्नेचौर म्याग्दीले आफ्नो पाँचौ बार्षिर्कोत्सव तथा बिजयादशमीको पावन अबसरमा आयोजना गरेको बृहत साँस्कृतिक कार्यक्रम बिबिध कार्यक्रम सफलतापूर्बक सम्पन्न  भएको छ। ”लोपोन्मुख संस्कृतिको संरक्षण गरौं, आन्तरिक पर्यटनको प्रवर्दन गरौ” भन्ने मूल नाराका साथ आयोजित कार्यक्रमको प्रमुख अतिथि ईन्द्र थापा मगर ज्यू तथा संस्थाका अध्यक्ष खकेन्द्र थापा मगरले सभापतित्व ग्रहण गरेका थिए । कार्तिक ६ गतेदेखि सुरु भएको कार्यक्रम कार्तिक १० गते समापन भएको थियो। विविध साँस्कृतिक कार्यक्रम, साङ्गितीक कार्यक्रम, एकल नृत्य प्रतियोगिता, एस एल सी उत्तीर्ण बिधार्थीहरुलाई सम्मान, हाजिरीजवाफ प्रतियोगिता, पोखरेली कलाकारहरुको प्रस्तुती, म्याग्दी जिल्लाबाट विशेष पहिचान बनाउन सफल राष्ट्रिय स्रस्टा सम्मान, जेष्ठ नागरिक सम्मान तथा अन्तर वार्ड स्तरिय भलिबल प्रतियोगिता रहेको थियो। खुला एकल नृत्य प्रतियोगिता अन्तर्गत रत्नेचौर ७ की कबिता आलेमगर प्रथम भएर ५,००० आफ्नो पोल्टामा पार्न सफल भर्इन । त्यसैगरि द्दितीय र तृतिय क्रमशः बाग्लुङबजार निबासी सोनम थापा मगर र रत्नेचौर १ की म्याग्दीका प्रमिला पुनमगर भई रु ३,००० र १,००० रुपैया प्राप्त गरिन्। यसैगरि अन्तर वार्डस्तरिय भलिबल प्रतियोगितामा वार्ड नं ९ र वार्ड नं ७ क्रमश प्रथम र द्दितीय भएका छन्। कार्यक्रमा म्याग्दी जिल्लाबाट विशेष पहिचान बनाउन सफल राष्ट्रिय स्रष्टा गायिका धन कुमारी थापा, गायक बिरबहादुर कार्की र साहित्यकार ध्रुबलाल शर्मालाई दोसल्ला तथा सम्मान पत्रद्धारा सम्मान गरिएको थियो । अर्जम गाउँबाट २०६९ सालको प्रबेशिका परिक्षा उत्तीर्ण गर्ने बिधार्थीहरुलाई मायाँको चिनो तथा ११ जना ८० बर्ष माथिका जेष्ठ नागरिकहरुलाई दोसल्ला ओढाएर सम्मान गरिनुका साथै फलफुल बितरण कार्यक्रम पनि गरिएको थियो। कार्यक्रमको अन्तिम दिन पोखरेली कलाकारहरुको बिशेष प्रस्तुति जसमध्ये चेन आलेमगरले कमेडी नृत्य प्रस्तुत र अन्य कलाकारहरुबाट बि-बोईङ, ट्युबलाईट डान्स जस्ता बिबिध प्रस्तुति रहेको थियो । कार्यक्रम आयोजनाका लागि वैदेशिक रोजगार तथा स्वदेशी व्यापार/ब्यवसायमा संलग्न रत्नेचौरवासी तथा अन्य सहयोग दाताहरुले उल्लेख्य मात्रामा आर्थिक सहयोग प्राप्त भएको थियो। सरकारी निकाय बाट कुनैपनि सहयोग नपाएको गुनासो गर्दै, कार्यक्रम अवधिभर २,१२,९२५/- रुपैया सहयोग संङ्कलन भएको संस्थाका अध्यक्ष खकेन्द्र थापा मगरले बताए । स्मरण रहोस्, एकता अर्जम साँस्कृतीक समुहले बिगत ५ सालदेखी निरन्तररुपमा बिजयादशमीको अवसरमा बिबिध कार्यक्रम आयोजना गर्दै आईरहेको छ।

बृहत साँस्कृतीक कार्यक्रम सम्पन्न, भोली पोखरेली कलाकारहरुको प्रस्तुति सहित नित्य प्रतियोगिता हुने

एकता अर्जम साँस्कृतीक समुह, रत्नेचौर म्याग्दीले आफ्नो पाँचौ बार्षिर्कोत्सव तथा बिजया दशमी को पाबन अबसर मा आयोजना गरेको बिबिध कार्यक्रम मध्ये आज बृहत साँस्कृतीक कार्यक्रम  तथा रास्ट्रिय श्रस्ताहरु  सम्मान सफलतापुर्बक सम्पन्न भएको छ। ” लोपउन्मुक संस्कृतिको संरक्षण गरौ, आन्तरिक पर्यटन को प्रबर्दन गरौ ” भन्ने मुल नाराका साथ आयोजित आजको  कार्यक्रमको प्रमुख अतिथी ईन्द्र थापा मगर ज्यू (सल्लाहकार २०६४-०६६; एकता अर्जम सांस्कृतिक समुह ) लाई बनाईएको थियो। आजको कार्यक्रममा गायिका धन कुमारी थापा, गायक बिर बहादुर कार्कि र साहित्यकार ध्रुबलाल शर्मा लाई दोसल्ला तथा सम्मान पत्र द्धारा सम्मान गरिएको थियो। यसैगरि  स्व. तेजिन्द्र स्मृती भबन निर्मानार्थ रु ८०,००० बराबरको जग्गा प्रदान गर्नुहुले श्री प्रेम थापा मगर ज्यू लाई पनि उहाँको अनुपस्थिति भएपनि दोसल्ला तथा सम्मान पत्र प्रदान गरियो। सुरक्षाको कारणले छोट्याईएको कार्यक्रम (दिउसो १ बजे देखि बेलुकी ७ बजे सम्म) अलि खल्लो भएको प्रतिकृया आएपनि भोलिको कार्यक्रम भब्य हुने संस्थाका अध्यक्ष खकेन्द्र थापा मगरले बताउनु भएकोछ। साँस्कृतीक समुहको सम्पर्ण नित्यहरु पनि प्रस्तुत हुन बाँकि रहेको र भोलिको कार्यक्रममा प्रस्तुत गराईने भएको छ। आजको कार्यक्रममा गत बर्ष बिबाह बन्धनमा बाधिनुभएका कलाकारहरु निराजन थापा र निर्जना थापा लाई बधाई तथा मायाँको चिनो प्रदान गरिएको थियो ।

भोलीहुने कार्यक्रम जानकारी

-खुला एकल नित्य प्रतियोगिता।
-एकता अर्जम साँस्कृतीक समुह को तर्फबाट विविध साँस्कृतीक नित्य प्रस्तुति ।
-पोखरेली कलाकारहरुको बेजोड प्रस्तुति (कमेडी नित्य; चेन आले मगर तथा Tubelight Dance, B-boing, Hip Hop dance etc)
-S.L.C. उतिर्ण बिधार्थी हरुलाई सम्मान।
-११ जना ८० बर्ष काट्नुभएका जेष्ठ नागरिकहरुलाई सम्मान।
– बिबिध साङ्गितिक प्रस्तुतिहरु
– पुरस्कार तथा प्रशंसा-पत्र  बितरण।
-समापन समारोह।
ईन्टरनेट समस्याको कारणले तस्बिरहरु राख्न नसकेकोमा क्षमाप्राथी छौ। केहि दिन पछि भिडियो तथा फोटोहरु अपलोड गर्नेछौ।