प्राचिन महत्वको बुढो पोखरी

पानी हुँदाको पोखरीको रुप: फोटो शिव बोगटी

रत्नेचौरका सम्पूर्ण भूमी पुत्र तथा पुत्रीहरूलाई तल प्रस्तुत गरिएको फोटोसँग सम्बन्धित इतिहास तथा आफ्ना अनुभवहरू जे–जस्ता छन् कमेन्टका रुपमा लेखिदिनु होला !

सुन्दर बुढो पोखरी

वि.सं. १८२५ भन्दा पहिले नै रत्नेचौर बासीले यसलाई खानेपानी जम्मा गर्न लागि बनाइएको भनिने यस पोखरीसँग थुप्रै किस्साहरू जोडिएर रहेका छन् । मैले सानो छँदा बुढापाका मान्छेहरुबाट सुने अनुसार दोश्रो फोटोमा देखाइएको नीलो घेराभित्रको क्षेत्रमा नागहरू बस्ने र नीलो रेखाले देखाइएको पोखरीको बिचमा ठडाइएको काठको स्तम्भ (मौलो) वरिपरी आएर जम्मा हुने गर्दथे रे ! यस कुरामा के कति विश्वसनीयताका आधारहरु छन् वा होलान् त्यो त अध्ययन कै विषय नै हो तथापी हाम्रो गाउँमा मानिसहरुको बसोवास धेरै पहिले देखि नै भएको आधारस्तम्भका रुपमा हामीले यस पोखरीलाई लिन सक्दछौं । रत्नेचौरमा जन्मेर यो पोखरीमा भैंसी हुल्न आउनेहरु अहिले कहाँ कहाँ पुगिसके त्यसको हिसाब किताब यो पोखरीले खोजीरहेछ ।

नाग बस्दथे भन्ने विश्वास गरिएको ढुंगो (नीलो घेराभित्र) साथै नागहरु भेला हुन्थे भन्ने विश्वास गरिएको स्तम्भ (रातो रेखाभित्र)

कहिले आउँला पालो अञ्चलस्तरीय रंगशाला बन्ने मेरो ?

खेलाडीको पर्खाइमा म्याग्दी जिल्लाकै सर्बाधिक ठूलो चौर

रुम टु रिड संस्थाको आर्थिक सहयोग तथा जनश्रमदानबाट भानु मा.वि. को प्रांगणमा नवनिर्मित पक्की भवन

दुर्लभ नारिश्वरको रुख

अर्जममा मोटरसाईकल दुर्घटना

 

दुर्घटनाग्रस्त मोटरसाइकल

 भकिम्ली ग्रामिण सडकखण्डको स्तरोन्नती नहुँदा यस भेगका बासिन्दाहरु जोखिमपूर्ण यात्रा गर्न वाध्य भएका छन् । अफ्ठेरो सडक तथा यस सडकखण्डमा गुड्ने सवारी साधनहरुले क्षमताभन्दा बढी यात्रु चढाउने कार्यले गर्दा दुर्घटनाको जोखिम पनि बढ्दै गएको छ । यसै बिचमा गत चैत्र १९ गते साँझ यस सडक खण्डको रत्नेचौर – ६ अर्जम स्थित रामचन्द्र नि.मा.वि. भन्दा ५० मिटर माथिको सडकबाट म्याग्दी कालि संचार सहकारीको ग ३ प ४१०८ को मोटरसाईकल सडकबाट झण्डै १०० मिटर तल गणेश मन्दिरमा झर्दा त्यसमा सवार उक्त संस्थाका प्राविधिक विजय गुरुङ गम्भिर घाईते भएका छन् । अफ्ठेरो बाटो र उच्च गतिका कारण दुर्घटना भएको घटनाका प्रत्यक्षदर्शी अर्जमवासीले बताए । उक्त दुर्घटना गाउँको बिचमा नभै कुनै निर्जन ठाउँमा भएको भए घाईते गुरुङको घटनास्थलमै मृत्यु हुन सक्ने प्रत्यक्षदर्शीले आशंका व्यक्त गरे । गाउँको बिचमा दुर्घटना भएकाले तत्काल उपचारका लागि धौलागिरि अञ्चल अस्पताल बागलुङ् पुर्‍याई प्राथमिक उपचार पश्चात पोखरा स्थित मणिपाल हस्पिटलको सघन उपचार कक्षमा दुई दिनको उपचार पछि निजको होश खुलेको बताईएको छ ।

रातो घेरामा मोटरसाइकल खसेको स्थान, पहेंलो धर्को मोटरसाइकल झर्दाको सम्भावित क्षेत्र