प्रिय दाजुभार्इ तथा दिदीबैनीहरू
नमस्कार,
बिशेषकुरा म अप्रिलको १० बाट यूरोपका केहि शहरहरू घुम्न चाहन्छु र स्वयंसेवकका रूपमा नर्वेमा कार्यरत रहेको हुँदा मैले धेरै रकम खर्च गर्न पनि नसक्ने भएकाले यहाँहरूको सहयोग चाहन्छु । कृपया यहाँहरूले मलार्इ के कस्तो सहयोग गर्न सक्नुहुन्छ जबाफ दिने प्रयास गरिदिनु भयो भने म एकदम नै आभारी हुने थिएँ । बिशेष गरी म भ्रमणका समयमा आफ्ना केहि रचनाहरू सुनाउने र श्रोताहरूबाट केहि रकम सहयोग उठाइ, उठेको रकमबाट म्याग्दीमा लामोसमय देखि क्रियाशिल साहित्यिक संस्था पौलस्त्य साहित्य समाजलार्इ केहि रकम र केहि रकम चाँहि ४ वर्षसम्म मेरै सम्पादनमा प्रकाशित हुदै आएको र हाल स्थगित जिल्लाकै पहिलो साहित्यिक मासिक पत्रिका रत्नको निरन्तर प्रकाशन गर्न चाहेको हुँदा, यहाँहरूले केहि सहयोग गर्न सक्नुहुन्थ्यो कि भनेर यो आब्हान गरेको हुँ ।
बिशेष गरी यो यात्रामा म यहाँहरूबाट निम्न बमोजिमको सहयोगको अपेक्षा राख्दछु ।
१) खाना र बस्नको ब्यवस्था यहाँहरूसँगै गरिदिन सक्नुहुन्थ्यो कि ? म एकै स्थानमा ३ दिनभन्दा बेशि नबस्ने पनि अवगत गराउँछु । म यहाँहरूकोमा धेरै दिन बसेर यहाँहरूलार्इ चिढाउन चाहन्न । 🙂
२) एक देशबाट अर्को देशमा जाने कुनै पनि सवारीको टिकट स्पोन्सर गरिदिएर ।
३) आफ्ना वरिपरि रहेका केहि (कम्तिमा १० जनाजति) साथीहरूलार्इ कुनै एक साँझ मसँगै मेरा रचनाहरू सुन्ने ब्यवस्था मिलाइदिएर । जहाँ म मेरा छानिएका सृजनाहरू सुनाउन सकुँ र मेरो अभियानका लागि केहि रकम जम्मा गर्न सक्षम बनुँ ।
४) यहाँहरूको फुर्सद मिलाएर मलार्इ यहाँ आफू बसेको स्थानका केहि बिशेष ठाउँहरू घुमाएर ।
यहाँहरूको सहयोगका लागि म प्रतिक्षारत छु ।
कृपया समयमै जवाफ दिइ मेरो यात्रालार्इ सहज बनाइदिनुहुन अनुरोध गर्दछु । यहाँहरूले के कस्तो सहयोग उपलब्ध गराउन सक्नुहुन्छ कृपया कमेन्ट बक्समा लेखेर जानकारी गराइदिनु हुन अनुरोध छ ।
बिनितः
नीराजन थापा, रत्नेचौर-२, म्याग्दी
हालः युवा स्वयंसेवक, ट्रोम्स रेडक्रस युथ, ट्रोम्सो, नर्वे
मेरो सम्पर्क मोबाइल – ००४७ ४७७०९२४३

