हाम्रो अभिमत १

रत्नेचौरमा पञ्चदिवसीय प्राणप्रतिष्ठा हुने

रत्नेचौर १ स्थित ठाडोचौरमा स्थापना गरिएको श्रीपरम वैदिक धार्मिक आश्रमले फाल्गुण तेस्रो सातामा पाँच दिने यज्ञादि आयोजना गर्ने भएको छ । आश्रमले नेत्रबहादुर महतको संयोजकत्वमा यज्ञ सञ्चालक समिति गठन गरेको छ । विभिन्न सामाजिक सञ्जाल एवं इन्टरनेटमा प्रचारप्रसारको जिम्मा यसै ब्लगका संस्थापक सम्पादक एवं सञ्चालक नीराजन शिरीषलार्इ सुम्पिइएको छ भने स्थानीय स्तरमा प्रचार प्रसारको जिम्मा म्याग्दीकाली एफ एम ८८.२ मेघाहर्जका स्टेशन म्यानेजर बिक्रम बोगटीलार्इ दिइएको छ ।

परमवैदिक धार्मिक आश्रमले प्रकाशन गरेको विज्ञप्ती

आश्रामले हालै प्रकाशित गरेको बिज्ञप्तीमा उल्लेख छ – स्थानीय महानुभावले उल्लेखनीय पवित्रतम सहयोग र सहभागितामा धार्मिक दृष्टिकोणले नेपालकै मुटु हृदयस्थल भएको गण्डकी परिसर ‘श्रीपरम वैदिक धार्मिक आश्रम’ रत्नेचौर म्याग्दीको पवित्र प्राङ्गणमा पञ्चदिवसीय प्राणप्रतिष्ठाको पुण्यकार्य नेपाल भारतकै अग्रपंक्तिका विशिष्टतम विद्धान् वीतराग तपोमूर्ति अनन्त श्रीविभूषित परमपुज्य त्रिडण्डी पराङ्कुशाचार्य स्वामीजीको तत्वधानमा वैदिक विधीले सम्पन्न हुन गर्इरहेको पवित्र कार्यक्रममा सबैको समूचित सहयोगको अपेक्षा गर्दछौं ।

विज्ञप्तीमा भनिएको छ, ‘आदि प्रमाणानुसार श्रीभगवानको मन्दिर बनाउने, चलाउने, पूजाआजा चलाउने, भूमिदान, अन्नदान, अक्षयकोष ब्यवस्था गर्ने ब्यक्तिका समस्त पितृहरू श्री वैकुण्ठ प्राप्त गर्दछन् ।’ साथै रू. १ देखि लाखौंसम्मको दान सम्मान स्वीकार गरी दाताहरूको मर्यादाअनुसार श्रेणी विभाजन गरी सम्मान, अभिलेख र शिलालेखमा उल्लेख गर्ने ब्यवस्था गरिनेछ ।

कार्यक्रम तल उल्लेख गरे बमोजिम रहनेछ ।

२०६८ फाल्गुण १८ – मृदाहरण, यज्ञमण्डप पूजा, जलाधिवास

१९- यज्ञपूजन, धान्याधिवास

२०- शय्याधिवास

२१- यज्ञपूजन, नेत्रोन्मीलन

२२- श्री प्राणप्रतिष्ठा, कुम्भआरती, आचार्यादि सम्मान, महायज्ञ समापन

यदि यहाँहरू पनि यज्ञमा गच्छेअनुसार सहयोग गरी धार्मिक लाभ लिन चाहनु हुन्छ भने सम्पर्क गर्नुस तलका नम्बरहरूमा – ०६९-६८०१५१‍, ९८५७६४०२६२, ९८५७७०५६७२, ९८४७६७२०१८

 

शिबालयमा शिबरात्री मनाउदै युवाहरू …

शिबरात्री भब्य रूपमा मनाउने कार्यक्रम भैरहेको छ । रत्नेचौर -१, स्थित शिबालय मन्दिरमा आयोजना गरिदैँ आएको महाशिवरात्री उत्सब अन्यवर्षहरूमा भन्दा भब्य भैरहेको युवा ब्यवसायी शंकर महतले फोनबाट जानकारी गराए । करिब २ सय जनाको हाराहारीमा उपस्थित भक्तजनहरूले भजन गाउने, पूजा गर्ने, बत्ती बाल्ने र ठूल्ठुला मुढाको वरिपरी बसी विभिन्न प्रसाद बनाउने काम गरिरहेको उनले कार्यक्रम स्थलबाट प्रत्यक्ष जानकारी गराए ।

शिबरात्रीका दिन घरबाट समेत युवाहरूलार्इ शिवजीको प्रसाद स्वरूप गाँजा वा घोटुवा थोरै मात्रामा सेवन गर्न अघोषित रूपले अनुमति दिइने हुनाले युवाहरू गाँजा सेवनमा उद्दत भएको देखिन्छ । महतका अनुसार, उत्सवमा उपस्थित प्रायः युवाहरू शिवजीको प्रसाद स्वरूप घोटुवा ग्रहणका लागि तम्तयार भएका छन । उनले भने – यस्ता पर्व मनाउने क्रममा केही बिकृतीहरू भएको जस्तो देखिएपनि परम्पराको निरन्तरताका लागि भने यस्ता पर्वले महत्वपूर्ण फाइदा पुर्याउँछन । अर्का युवा अञ्चल महत थप्छन् – महाशिवरात्री जस्ता पर्वले नयाँ पुस्ताका युवाहरूलार्इ आफ्ना धर्म र संस्कृतिका बारेमा बुझ्न प्रशस्त मद्दत गर्दछन् । बितेका बर्षजस्तै यो आजको उत्सब पनि भोली बिहानसम्म चल्ने उत्सव ब्यवस्थापनमा सहयोग पुर्याइरहेका युवा कृष्ण बोगटीले जानकारी गराए ।

 

साहित्य समाजलार्इ रू. ५५ हजार रकम हस्तान्तरण

रत्नेचौर २, (हालः बेनी नगरपालिका १) निवासी युवा तथा पौलस्त्य साहित्य समाज म्याग्दीका उपाध्यक्ष युवा लेखक नीराजन शिरीषले आफ्नो युरोप यात्राको क्रममा संचालित कार्यक्रम साहित्यका लागि शिरीष यात्रा का क्रममा बेल्जियमको आन्टरपेनमा संकलित सहयोग रकम रू. ५५ हजार म्याग्दी पुस्तकालय बेनीमा आज आयोजित एक कार्यक्रमबीच हस्तान्तरण गरेका छन ।

मोना बेल्जियमले आयोजना गरेको कार्यक्रममा मञ्च उपलब्ध गरार्इ उनलार्इ उक्त रकम संकलन गर्न सहयोग पुर्याउने रत्नेचौरका (हालः बेल्जियम) निवासी युवाद्भय प्रदिप थापा सुमन र चन्द्रप्रकाश शर्माको सहयोग तथा सौहार्दताका लागि आफू अत्यन्तै कृतज्ञ रहेको बताउँदै शिरीषले आफ्नो यात्राका बारेमा बर्णन गरेका थिए । साथै पौलस्त्य साहित्य समाजको अक्षय कोषलार्इ कम्तिमा एक लाख सम्म पुर्याउनका लागि आफूले हरसम्भव प्रयास गर्ने प्रतिबद्दता ब्यक्त गरेका थिए । प्रमुख अतिथिका आसन बाट मन्तब्य ब्यक्त गर्दै कार्यक्रममा सहयोगी तथा मोना बेल्जियमका सल्लाहकार चन्द्रप्रकाश शर्माले म्याग्देली विकासका लागि मोना बेल्जियम सधैं तत्पर र प्रतिबद्भ रहेको बताएका थिए ।

कार्यक्रममा म्याग्दी साहित्य समाजका अध्यक्ष ध्रुबलाल शर्मा, मधुसुदन स्मृती साहित्य प्रतिष्ठानका अध्यक्ष दामोदर घताने, पौलस्त्य साहित्य समाजका संस्थापक अध्यक्ष तथा संरक्षक भक्त कार्की र नेपाल पत्रकार महासंघ जिल्ला शाखा म्याग्दीका सभापति सुरज के.सी. ले मन्तब्य ब्यक्त गरेका थिए । कार्यक्रमको सभापतित्व समाजका अध्यक्ष दिपक बिर्खचीले गरेका थिए । २ दर्जन साहित्यिक ब्यक्तित्वहरूको उपस्थिती रहेको कार्यक्रमको सञ्चालन समाजका सचिव कमल बानियाँले गरेका थिए । कार्यक्रमका केही झलकहरू तल तस्बीरमा हेर्नुस । तस्बीर ठूलो साइजमा हेर्नका लागि सम्बन्धित तस्बीरमा क्लिक गर्नुहोला ।