रत्नेचौरमा अञ्चलस्तरीय प्रतियोगित हुने

रत्नेचौरमा पनि युवाहरुको क्लब छ भनेर सुन्दा धेरैलाई आश्चर्य लाग्न सक्ला । तर एक दशकभन्दा बढीको इतिहास बोकेको यस क्लब मजबुत रुपमा कहिल्यै परिचित नभएकाले धेरैलाई यस्तो लाग्नु स्वभाविकै हो । धेरै बर्ष पछि रत्नैचौरका केहि जुझारु युवाहरुको साझा प्रयासमा यो ब्युँतने प्रयास गरिरहेको छ । तर त्यसका लागि कारणवशः स्वेदशमा नरहेका तपाइँ हामीहरु जस्तै अरु युवाहरुको आर्थिक तथा नैतिक समर्थनको समेत अत्यन्तै खाँचो रहन्छ ।
यस ब्लगका स्थानीय सम्वाददाता तथा रत्नेचौर २, निवासी युवा व्यवसायी शंकर महतले मलाई यस ब्लग मार्फत आर्थिक सहयोग जुटाउनका लागि बारम्बार अनुरोध गरेकाले र उपलब्ध हुने आर्थिक सहयोगको सहि सदुपयोग हुने प्रतिबद्धता जनाएकाले यस सहयोग कार्यक्रमका लागि आर्थिक सहयोगको लागि आव्हान गरिएको हो । Continue reading

लौ ! बस फस्यो !

मालढुंगा–बेनी सडक पिच गर्ने काम हुँदै गरेकाले करिब एक हप्ताका लागि उक्त बाटो भएर गुड्ने सवारी साधनहरू बागलुङ–बेनी सडकबाट गुडिरहेका छन् । नियमित सवारी चाप नहुने बागलुङ–बेनी–जोमसोम राजमार्गको बागलुङ–बेनी सडक खण्डको स्तर उति राम्रो छैन् । फाट्टफुट्ट जीपहरू चल्ने यो सडकखण्ड आर्थिक वर्ष ०६७÷०६८ मा पूरै पिच हुने गरी रातो किताबमा पर्ने हल्ला व्यापक चलेको छ ।

काठमाडौका लागि हिडेको बस ठूलो रानी सा.व. को हुलाके नजिक फसेको अवस्थामा

स्वर्गको केही द्श्यहरु : शिव बोगटी (हाल:डेनमार्क)

धौलागिरीको द्श्य मेरो स्वर्गबाट

आउछ मलाई याद शिवरात्रीको रातभर अनी गएका पलहरु चोर्न दाउरा र आलुहरु

जय चापको रूख !

मलाई अहिलेसम्म यो चाँपको बोटमुनी हाम्रा गाउँका बासिन्दाहरुले राम्रा र असलभन्दा बढी नकारात्मक र अरुको कुरा काट्ने, अरुको प्रगतिको आहरिश गर्ने र कसरी हु्न्छ अरुको खुट्टा तान्ने भन्ने विषयमा छलफल गर्दैमा आफ्ना उर्जाशिल समयहरु त्यत्तिकै खेर फाले कि भन्ने लागेको छ । हुन त मानिसका विचारहरु फरक हुनाले बुझाईहरु पनि एक अर्काको भन्दा अलि भिन्दै अवश्य हुन्छन् तथापि यो विषयमा मैले मेरा गाउँका प्रत्येक सचेत युवाहरुको धारणा मेरो जस्तै छ होला भन्नेमा विश्वस्त हुन सक्ने थुप्रै आधारहरु भेटेको छु ।

यो यस्तो चौपारी हो जहाँ मान्छेहरु भेला हुन्छन् तर असल गफहरु उनीहरु अति कम गर्छन् । कसैको विदेश जाने कुरा भएन् “बल्ल खायो मोराले” भन्नेहरुको ताँती भेट्न सकिन्छ यो चौपारीमा । कोही युवती अलिकती ग्ल्यामरस हुन खोजी, मान्छे जोरजाम हुन्छन अनि टुसुक्क बस्न नपाउँदै शुरु गर्छन कुराकानी – “फलानाकी छोरी त कति नकच्चरी भएकी !” यदि कोही मान्छे सामाजिक सेवामा व्यस्त हुन थाल्यो भने फेरि सुरु हुन्छ उही किस्सा – “ल हेर त्यो फलानो कम्ताको छ, पैसा ल्वाम्म पार्न पाईन्छ भनेर दिनरात खटिए झै गर्छ !” भएन फसाद ! कसैले रक्सी खाएको विषयमा कुराकानी हुन्छ, कसैले तास धेरै खेलेकोमा गुनासो हुन्छ । तर कोही कसैले अरुको दुःखमा ढाडस दिने कुरासम्म गर्दैनन् । ए, साँच्ची अनि त्यो चौपारीमा भेला हुनेहरुले रक्सी खाने र तास खेल्नेहरुका पनि मज्जाले कुरा काट्छन तर उनीहरु मध्ये कसैलाई पनि त्यसरी नराम्रो काम गर्नेहरुलाई त्यसो गर्नु हुदैन भनेर सम्झाउने फुर्सदसम्म हुँदैन ।

चापको रुख:कुरा काट्ने साझा थलो

अब हाम्रा गाउँलेहरुको सबभन्दा खराब यो बानीलाई हटाउने जिम्मेवारी हाम्रो काँधमा आएको छ । आशा गरौं अबको पिढी अर्थात हामीहरुले असल र सकारात्मक विचार मन्थन गरेर सहि अर्थमा यो चौपारीको सदुपयोग गर्ने छौं । जय चापको रुख !