एकता साँस्कृतिक समूहको दशैं कार्यक्रम भव्यताका साथ सम्पन्न

रामचन्द्र थापा मगर (अर्जमबाट फर्केर)

उपस्थित पाहुना तथा दर्शकहरूलार्इ स्वागत गर्दैःतस्बीर लेखक

नृत्य प्रस्तुत गर्दै कलाकारः तस्बीर लेखक

एकता अर्जम सांस्कृतिक समुहले आयोजना गरेको वृहत सास्कृतिक कार्यक्रम भब्यता का साथ सम्पन्न भयो । शुभ बिजया दशमीको दिन आयोजना गरिएको उक्त कार्यक्रम ४ बजेदेखी बलुकी ८ बजे सम्म सन्चालन भएको थियो । लोप हुन लगेको लोक संस्कृती, रितीरीवाज, परम्परालाई जिवन्त राख्ने हेतुले आयोजना गरिएको उक्त कार्यक्रम संस्थाका सचिब रामचन्द्र थापा मगर र आशा थापा मगर ले सञ्चालन गर्नु भएको थियो । समाजसेबी तथा ब्यापारी दीपक बोगटीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा जम्मा ५५ हजार रुपैया सङ्कलन भएको थियो । प्रमुख अतिथी दीपक बोगटीले १२ जना जेष्ठ नागरीक लार्इ दोसल्ला ओढाएर सम्मान गर्नुका साथै २२ जना एस.एल.सी उत्तिर्ण विधार्थीहरु लाई मायाको चिनो तथा प्रसंशापत्र प्रदान गर्नु भएको थियो । त्यस्तै जेहन्दार विधार्थी छात्रवृती १५ जना विधार्थीहरुलाई बितरण गरियो। बागलुङ एफ.एम तथा यस ब्लग मिडिया पार्टनर रहेको कार्यक्रममा लिसार सांस्कृतिक समुहका रन्जित राना मगर र दिलिप राना मगर लाई पनि सम्मान गरिएको थियो ।

 

दशैं बिशेष कार्यक्रम

संगम बाल क्लब, श्री भानु मा.वि. को आयोजनामा प्रस्तुत नृत्य । यो फोटो आज दिउँसो ३ बजेतिरको हो । र यसलार्इ आधा घण्टाकै समयमा यहाँ समावेश गर्न सफल भएका छौं । यो फोटो रत्नेचौर २, निवासी सबिना थापाको सहयोगमा यहाँ राखिएको हो ।

हामीलार्इ प्राप्त पछिल्लो समाचार (श्याम खत्रीका) अनुसार साँस्कृतिक कार्यक्रम आयोजना गरी आफ्नो सृजनात्मक प्रस्तुतिले उपस्थित रत्नेचौर बासीलार्इ मनोरन्जन दिएकोमा अझ बढी प्रगति र सृजनात्मक हुने प्रेरणा मिलोस् भन्ने हेतुले समाजसेवी तथा व्यापारी दिपक बोगटी (हालः मलेशिया) ले रू. २० हजार नगद सहयोग गर्नुभएको थियो । रत्नेचौरमा कुनै पनि ब्यक्तिले संघ संस्थालार्इ यति ठूलो रकम नगदै सहयोग गरिएको पहिलो पटक हो । यसभन्दा अगाडि २०५६ को आम निर्वाचनमा नेपाली कांग्रेसका तत्कालिन उम्मेदवार स्वर्गिय कर्णेल नारायण सिंह पुनले रत्नेचौर युवा क्लबलार्इ रू. १० हजार नगद प्रदान गरेका थिए ।

दशैं कार्यक्रममा नाँच्दै फोटोः सबिना थापा

दशैं आयो

 

दशैं आयोः रत्नेचौर-१, स्थित खुला चौरमा चमच्चाका लागी खम्बा गाड्दै युवाहरू

 

बोगटी बन्धुहरूको पनि दशैं प्रभावित

रत्नेचौर-१, निवासी रेशमबहादुर बोगटीका बुहारी (श्रीमती गणेश बोगटी) ले २०६७ आश्विन २४ गते आइतबार छोरा जन्माए पछि बोगटी बन्धुहरूको समेत यसपालीको दशैं प्रभावित बनेको छ । यसपालीको दशैं बोगटी र महतबन्धुहरूका लागि खासै उत्साह जनक नहुने भएको छ । तथापि बोगटी बन्धुहरूले टिका र जमरामात्र ग्रहण नगरे पनि मासुभात भने खान मिल्नेछ । साथै ३१ गते दशैं भएको र त्यतिन्जेल सम्म ७ दिन पुग्ने भएकाले न्वारन समेत गरी टिका, जमरा ग्रहण गर्न सक्ने सम्भावनालार्इ भने नकार्न सकिदैन । तर सुत्केराका कारण दुर्गा पुजा गर्न सम्भव नभएकाले टिका, जमरा गर्ने सम्भावना नरहन पनि सक्दछ ।

तर जुठो परेका कारण महत बन्धुहरूका लागि भने यसपालीको दशैं निरशलाग्दो भएको छ ।