रत्नेचैारमा धान रोप्ने कहिले ?

असार महिना पनि करिब करिब निख्रिन लागिसक्यो । तर रत्नेचैारको मुख्य फाँट मानिने चैाराखेतमा अझै रोपाइँको काम शुरू हुन सकेको छैन । पानी नपरेर वा कुलो नचलेर हैन, खेतमा छरेको मकैको खोयामा मकैको गेडा नपस्नाले किसानहरू चिन्तित छन् । रत्नेचैार २ का युवा ब्यवसायी शंकर महतका अनुसार केहि किसानहरूले मकै काटेर खेत रोप्ने कामको शुरू गर्दैछन् ।

अझै खोया नपसेको मकै बाली तस्बीरः नीराजन शिरीष

निर्माण सम्पन्न भएपछिको भवनको दृश्य

निर्माण पूरा भएपछिको नयाँ गा.वि.स भवन तस्बीरः नीराजन शिरीष

रामबहादुर किसान रहेनन

रत्नेचैार २, सालघारी निवासी ४१ वर्षिय रामबहादुर किसान (साइला सार्की) को २०६८ असार ११ गते मृत्यु भएको छ । अत्यधिक मदिरा सेवनका कारण विभिन्न रोगले च्यापेका उनी लामो समयदेखि विमार थिए । रत्नेचैार २ का युवा ब्यवसायी दानबहादुर महतका अनुसार अस्पतालले मृत्युका कारण जन्डिस बिग्रन गएको बताएको छ । निजका श्रीमती र दुर्इ छोराहरू रहेका छन् ।

रावलको कुल पुजाको एक दृश्य

जेष्ठ २८ मा आयोजित रावल कुल पूजाको एक दृश्य तस्बीरः सुमित्रा रावल