श्री रामचन्द्र नि.मा.वि.मा मगर भाषाको कक्षा सञ्चालन

रामचन्द्र थापा, अर्जम

रामचन्द्र नि.मा.वि.को भवनको दृश्य (फोटो ः रामचन्द्र थापा)

म्याग्दी जिल्ला रत्नेचौर गा.वि.स. अर्जममा अबस्थीत श्री रामचन्द्र नि.मा.वि.मा यसै शैक्षिक सत्रदेखि मगर भाषाको कक्षा सञ्चालन भएको छ । मगर जातिको बाहुल्यता रहेको अर्जम गाउँमा अन्य जनजातिको पनि बसोबास रहेतापनि उनीहरुले पनि मगर भाषा उत्सुकताकासाथ अध्ययन गरीरहेका कुरा बिद्यालयका प्रअ शस्तविर आले मगरले बताउनुभएको छ । यसअगाडि वि.सं. २०६० सालमा पनि श्री रामचन्द्र नि.मा.वि.मा मगर भाषाको अध्यापन भएको थियो ।

श्री रामचन्द्र नि.मा.वि.मा मगर भाषाको कक्षा सञ्चालनरामचन्द्र थापा, अर्जमम्याग्दी जिल्ला रत्नेचौर गा.वि.स. अर्जममा अबस्थीत श्री रामचन्द्र नि.मा.वि.मा यसै शैक्षिक सत्रदेखि मगर भाषाको कक्षा सञ्चालन भएको छ । मगर जातिको बाहुल्यता रहेको अर्जम गाउँमा अन्य जनजातिको पनि बसोबास रहेतापनि उनीहरुले पनि मगर भाषा उत्सुकताकासाथ अध्ययन गरीरहेका कुरा बिद्यालयका प्रअ शस्तविर आले मगरले बताउनुभएको छ । यसअगाडि वि.सं. २०६० सालमा पनि श्री रामचन्द्र नि.मा.वि.मा मगर भाषाको अध्यापन भएको थियो ।

रत्नेचौरमा अञ्चलस्तरीय प्रतियोगित हुने

रत्नेचौरमा पनि युवाहरुको क्लब छ भनेर सुन्दा धेरैलाई आश्चर्य लाग्न सक्ला । तर एक दशकभन्दा बढीको इतिहास बोकेको यस क्लब मजबुत रुपमा कहिल्यै परिचित नभएकाले धेरैलाई यस्तो लाग्नु स्वभाविकै हो । धेरै बर्ष पछि रत्नैचौरका केहि जुझारु युवाहरुको साझा प्रयासमा यो ब्युँतने प्रयास गरिरहेको छ । तर त्यसका लागि कारणवशः स्वेदशमा नरहेका तपाइँ हामीहरु जस्तै अरु युवाहरुको आर्थिक तथा नैतिक समर्थनको समेत अत्यन्तै खाँचो रहन्छ ।
यस ब्लगका स्थानीय सम्वाददाता तथा रत्नेचौर २, निवासी युवा व्यवसायी शंकर महतले मलाई यस ब्लग मार्फत आर्थिक सहयोग जुटाउनका लागि बारम्बार अनुरोध गरेकाले र उपलब्ध हुने आर्थिक सहयोगको सहि सदुपयोग हुने प्रतिबद्धता जनाएकाले यस सहयोग कार्यक्रमका लागि आर्थिक सहयोगको लागि आव्हान गरिएको हो । Continue reading

सहयोग हस्तान्तरण कार्यक्रम सम्पन्न

कार्यक्रममा उपस्थित सहभागागीहरू

रत्नेचौर, १६ श्रावण
जेहेन्दार तर आर्थिक विपन्नताले उच्च शिक्षा संकटमा पर्न लागेको विदुर किसानको उच्च शिक्षा अध्ययनको भविष्यलाई सुनिश्चित गर्न यस ब्लग मार्फत थालिएको सहयोग अभियानले सफलता प्राप्त गरेपछि यो अभियानलाई निरन्तर चल्ने अभियानका रुपमा विकास गरिएको छ । जेहेन्दार विद्यार्थी सहयोग अभियान नामकरण गरिएको यस अभियानले आफ्नो कार्यक्रम प्रत्येक वर्ष प्रवेशिका परिक्षाको परिणाम घोषणा भए पछि भानु मा.वि. रत्नेचौरमा गर्नेछ ।
श्रावण १६ गते अभियानको पहिलो कार्यक्रम भानु मा.वि.रत्नेचौरको प्रांगणमा सम्पन्न भएको छ । Continue reading

अनौ समातिरहेका कलिला हात

सायद यहाँहरू मध्ये धेरैले थुप्रै वर्खाहरूमा हलि, बाउसेको काम गर्नु भएको थियो होला –आफ्ना खेत खलियानहरूमा । अनि सायद धानको बिउ रोप्ने कामको पनि मज्जा पक्कै लिनुभएको थियो होला । सायद अहिले ती पलहरू मीठो सम्झना मात्र भएका पनि होलान् । अर्थात यसरी खेतमा गई हलि, बाउसे र खेतालीको काम नगरेको बर्षौ भैसकेको पनि होला ।

हाम्ले भएपनि काम त चलाउनै पर्‍यो नि!


अचेल त गाउँघर तिर अनौ समाउने युवा जोश र जाँगर विदेशिएका छन् । विदेशिनुमा उनीहरूको आफ्नै विवशता पनि होलान् । तथापि खेत बारीहरू ढिलो चाँडो रोप्ने र छर्ने काम भने पूर्ववत चलिरहेकै छ । यसपाली श्रावण ७ गते शुक्रबार घर गएको थिएँ । झण्डै २ हप्ता पछि म गाउँ गएको थिएँ । र, शनिवारको दिन फर्कने बेलामा मैले भर्खर एसएलसी उत्तिर्ण भाईले हलो जोतिरहेको पाएँ । मलाई लाग्यो युवा जनशक्तिको अभावमा नौ – दश पढ्दै गरेका थुप्रैले जोत्ने र खन्ने काम गर्नु परिरहेको छ । अझ पाँच छ कक्षामा पढ्ने बहिनीहरूले धान र कोदो रोपिरहेको देख्दा मन त्यसै त्यसै अमिलिदो रहेछ ।
श्रावणको पहिलो हप्ता शुरु हुँदानहुदै रत्नेचौरका ९० प्रतिशत भन्दा बढी खेतहरू रोपिइसकेका छन् ।