हामीलार्इ प्राप्त समाचार अनुसार यसपालीको दशैं महत बन्धुहरूका लागि प्रभावित भएको छ । भैरहवा निवासी पदमबहादुर महतकी ८२ वर्षिय आमाको केहि दिन अगाडि मृत्यु भएकाले यसपाली महतहरूको दशैं प्रभावित भएको हो । विभिन्न ठाउँमा छरिएर बसेका महतहरूको प्राय जसोः जुठो सुत्केरो परिरहने हुनाले उनीहरूका दशैं/तिहार सधैं प्रभावित भर्इ रहेका हुन्छन् ।
हाम्रो गाउः प्यारो रत्नेचौरका तर्फबाट मृतआत्माको चीर शान्तिको कामना गर्दै सम्पूर्ण रत्नेचौर तथा छिमेकी गाउँबासीहरूलार्इ दशैं तथा तिहारको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं ।
Author Archives: Admin
रत्नेचौरका छोराको प्रचण्डलार्इ उपाहार
नीराजन शिरीष
मलेशियामा बसी ब्यापार गरिरहेको एक सामान्य नेपाली नागरिकले आफ्नो देशको सबभन्दा ठूलो दलको ठूला नेता पुष्पकमल दाहाललार्इ भेटे भने के गर्लान ? सायद धेरै अडकलबाजी हुन सक्छ, उनीसँग नजिक भएर आफूले लिन सकिन फाइदा प्राप्त गर्नका खातिर जे पनि गर्लान । तर विगतकेहि वर्षदेखि मलेशियामा बसी कोरियन ब्ल्याङकेट, यूकेको स्वीटर, कोरियन मदिरा तथा कोरियन तयारी खानाको व्यापार गर्दै आएका रत्नेचौर १, म्याग्दीका दिपक बोगटीले भने उनलार्इ आधुनिक मलेशियाको विकाशमा नेतृत्व गर्दै आएका महाथिर मोहम्मदको रूँदै गरेको तस्वीर, उनको जीवनी, एउटा खाली डायरी र कलम उपाहार दिएका छन् ।
म्याग्दी जिल्लामा नेपाली कांग्रेसको सक्रियतालार्इ शुरूवात गर्ने एक नेता स्व. ओमबहादुर बोगटीका जेष्ठ सुपुत्रका रूपमा जन्मेका दिपक बोगटी भावनात्मक रूपले एकदम कमजोर व्यक्ति मानिन्छन् । आफ्नो पिताको समाजसेवाबाट प्रभावित रहेको उनले रूँदै गरेको तस्वीर दिनुको कारण जनताप्रतिको उत्तरदायित्वलार्इ एक सफल राजनेताले कसरी लिनुपर्दछ भन्ने कुरा प्रचण्डले बुझुन भनेर दिएको बताए । साथै नेपालका तीन करोड जनताहरूका दुःखलार्इ नजिकबाट बुझेर राजनीति गर्न प्रेरित गरोस भन्ने उद्भेश्यले उक्त उपाहार दिएको जानकारी दिए । साथै डा. महाथिर मोहम्मदको जीवनी पढेर देश विकासका लागि उनले चालेका सकारात्मक उदाहरणहरूलार्इ खाली डायरीमा टिपेर मनन गरून भन्ने कामनाका साथ आफूले ती उपाहारहरू दिएको उनले जानकारी दिए । प्रचण्डले ती उपाहारहरूको उपयोग कसरी गर्लान त्यो त अहिले अनुमान लगाउन नसकिने कुरो भयो । तर उपाहार लिदैँ गर्दा प्रचण्डको गम्भीर मुद्राबाट भने उनले त्यसको सहि सदुपयोग गर्ने कुरामा आफू ढुक्क रहेको बोगटीले बताए । आशा गरौं बोगटीले प्रदान गरेको उपाहारले प्रचण्डलार्इ अवश्य पनि देश र जनताप्रति साथै शान्तिप्रक्रियामा आफ्नो जिम्मेवारी महत्वपूर्ण रहेको बोध गराउनेछ । र, कम्तीमा पनि उनले यो पुरस्कारको अमूल्य गुणलार्इ सधैं सम्झिराख्ने छन् ।
किराखोरमा भागवत महापरायण शुरू
रत्नेचौर-१, किराखोर निवासी श्रीमान् बलबहादुर थापा तथा श्रीमती बालकुमारी थापाले आफ्ना पितृ उद्धारका हेतू भागवत गीता सप्ताह महापूराणको लगाउनु भएको खबर प्राप्त भएको छ । आश्विन १५ गते तदानुसार अक्टोबर १ शुक्रबारका दिनदेखि शुरू गरिएको उक्त सप्ताह महापुराण ७ दिनसम्म चल्नेछ । ४ जना बिद्धवत ब्राह्मण राखि सञ्चालन गरिएको भागवत महापुराणको मुख्य वाचक भने सहश्रधारा, पर्वतका पण्डित नारायणप्रसाद शर्मा रहेको जनाइएको छ ।
तीज कार्यक्रम सम्पन्न
रामचन्द्र थापा मगर, रत्नेचौर
हामीलार्इ ढिलो गरी प्राप्त समाचार अनुसार रत्नेचौर युवा क्लबले हरितालिका तिज पर्वका अवसरमा आयोजना गरेको खेलकुद प्रतियोगीता भव्यताका साथ सम्पन्न भएको छ ।
जिल्लामै एउटा क्लबले अञ्चल स्तरीय प्रतियोगिता आयोजना गरी सम्पन्न गरेको सम्भवत यो पहिलो पटक हुनु पर्छ । अंचलका दर्जन बढी उत्कृष्ट भलिबल टिमहरू सम्मिलित खेलमा म्याग्दी भलिबल ट्रेनिङ सेन्टरले ११ हजार १ सय ११ नगद पुरस्कार रहेको प्रथम स्थान हासिल गरेको थियो । अति नै रोमान्चक खेल पस्केको म्याग्दी भलिबल ट्रेनिङ सेन्टर, छोटो समयमै राष्ट्रिय स्तरको टिम बन्न सफल भलिबल टिम हो । त्यस्तै ७ हजार ७ सय ७७ पुरस्कार राशि भएको द्दितीय स्थानमा राधाकृष्ण युथ क्लब गौश्वाराले चित्त बुझाउनु परेको थियो ।
त्यस्तै गरी फुटबल तर्फको पहिलो र दोश्रो स्थानमा बाग्लुङे टिमले कब्जा जमाएका थिए । रूद्रेपिपल युथ क्लबले पहिलो र दोश्रो स्थान रामरेखा युथ क्लबले हासिल गरेका थिए । साथै छेलोमा रत्नेचौर ४ का केशर रोका एवं अन्धो निशानामा रत्नेचौर २ का सुजन थापा विजयी भएका थिए ।
संगम बाल क्लबको संयोजनमा हरितालिका तिजका दिनमा विविध साँस्कृतिक तथा साहित्यिक कार्यक्रमहरू संचालन गरिएका थिए । साँस्कृतिक कार्यक्रम सरोज रावल संगमको संचालनमा भएको थियो ।
प्रतियोगिताका फोटोहरू रत्नेचौर युवा क्लबको फाइलमा प्रविष्टी गरिएको छ । हेर्नका लागि रत्नेचौर युवा क्लबको फाइल खोल्नुहोला ।

