बोगटी बन्धुहरूको पनि दशैं प्रभावित

रत्नेचौर-१, निवासी रेशमबहादुर बोगटीका बुहारी (श्रीमती गणेश बोगटी) ले २०६७ आश्विन २४ गते आइतबार छोरा जन्माए पछि बोगटी बन्धुहरूको समेत यसपालीको दशैं प्रभावित बनेको छ । यसपालीको दशैं बोगटी र महतबन्धुहरूका लागि खासै उत्साह जनक नहुने भएको छ । तथापि बोगटी बन्धुहरूले टिका र जमरामात्र ग्रहण नगरे पनि मासुभात भने खान मिल्नेछ । साथै ३१ गते दशैं भएको र त्यतिन्जेल सम्म ७ दिन पुग्ने भएकाले न्वारन समेत गरी टिका, जमरा ग्रहण गर्न सक्ने सम्भावनालार्इ भने नकार्न सकिदैन । तर सुत्केराका कारण दुर्गा पुजा गर्न सम्भव नभएकाले टिका, जमरा गर्ने सम्भावना नरहन पनि सक्दछ ।

तर जुठो परेका कारण महत बन्धुहरूका लागि भने यसपालीको दशैं निरशलाग्दो भएको छ ।

सूचना ! सूचना !! सूचना !!!

एकता अर्जम सांस्कृतिक समुह
जि.प्र.का., म्याग्दी द.नं. १८०/०६६/०६७

सर्बप्रथम त नेपालीहरुको महान पर्व शुभ बिजया दशमीको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्न चाहन्छौ ।
यस एकता अर्जम साँस्कृतिक समुहले तेस्रो वर्ष सफलतापूर्वक पार गरी चौथो वर्षमा पाइला अगाडी बढाउदै शुभविजया दशमी २०६७ को पावन अवसरमा विविध कार्यक्रमहरु आयोजना गरेको कुरा सहर्ष जानकारी गराउन चाहन्छौ ।
विशेष त हाम्रो लोक संस्कृती, रितीरीवाज, परम्परालाई जिवन्त राख्नु हाम्रो मुख्य उद्भेश्य हो । हामी हाम्रो बस्तीमा एउटा छुट्टै परम्पराको थालनी गर्न चाहन्छौ । जहाँ विजया दशमी सँगै हाम्रो गाउँ समाजको नाम अगाडि आओस् । त्यसैले विगतका वर्षहरुमा जस्तै यस वर्ष पनि वृहत सांस्कृतीक कार्यक्रमको आयोजना गरेका छौ“ । विकासको पहिलो खुड्किलो शिक्षा हो । यसको महत्व दर्शाउदै युवावर्गलाई शैक्षिक क्षेत्रमा अग्रसर गराउनको लागि उत्कृष्ट विधार्थी सम्मान कार्यक्रम तथा आर्थीक अवस्था कमजोर भएका दलित, जनजाती, लगनशील विधार्थीहरुलाई, “जेहन्दार विधार्थी छात्रवृत्ती” कार्यक्रम पनि आयोजना गरेका छौं । तथा जीवनको उतारार्द्धका पलहरू बितार्इरहनु भएका हाम्रा आदरणीय वृद्धा बुबा आमाहरुलाई सम्मान गर्ने कार्यक्रम पनि आयोजना गरेका छौं ।हामीलाई तपाइहरुको माया, ममता, सल्लाह, सहयोगको सदा खाँचो रहन्छ । तपाइहरुको माया ममताले गर्दा नै अहिले हामी यो स्थानसम्म आइपुगेका हौं । आशा छ भोलिका दिनहरुमा पनि यसरी नै सहयोगको हातहरु अगाडी बढाउनुहुनेछ । अन्त्यमा हाम्रो कार्यक्रमहरु अवलोकन गरेर सहयोग गर्नुहुनेछ भन्ने अपेक्षा राख्दछौ“ ।
कार्यक्रम :
१. वृहत सांस्कृतीक तथा साङ्गीतिक कार्यक्रम
२. जेष्ठ नागरीक सम्मान कार्यक्रम
३. विधार्थी सम्मान कार्यक्रम
४. जेहन्दार विधार्थी छात्रवृती कार्यक्रम
मितीः– २०६७/६/३१ (विजयादशमीको दिन )
स्थानः–श्री रामचन्द्र नि. मा. वि को प्राड्डण रत्नेचौर
अर्जम म्याग्दी

समयः–दिउसो १२ बजे
नोट : आयोजक यहाँको आर्थिक, भौतिक तथा नैतिक सहयोगको अपेक्षा राख्दछ, कृपया यहाँले प्रदान गर्न सक्ने सहयोगका लागि यसै पोष्टको मुनि कमेन्ट बक्समा प्रतिबद्भता ब्यक्त गरि सहयोग गर्नुहोला वा इमेल thp_native@yahoo.com मा सम्पर्क गर्न समेत सकिने जानकारीका लागि निवेदन गरिन्छ ।

“विजयादशमी भव्य तथा सभ्य रुपमा मनाऔ“

रत्नेचौर, अर्जममा हुन गैरहेको दशैं मेलाका लागि निमन्त्रणा


यदि यहाँहरू उक्त मेलालार्इ सफलतापूर्वक सम्पन्न गर्नका लागि आर्थिक सहयोग प्रदान गर्न र्इच्छुक हुनुहुन्छ भने यसै पोष्टको मुनि आफ्नो प्रतिबद्धता व्यक्त गर्न सक्नुहुन्छ । यहाँको सहयोग आयोजकसम्म पुर्याउनका लागि कार्यक्रम सम्बन्धी सम्पूर्ण विवरण सहित केहिदिनमा नयाँ पोष्ट लिएर उपस्थित हुने छौ ।

रावल युवासंघ विभाग सचिवमा चयन

युवा संघ नेपालका विदेश विभाग सचिव सन्तोष रावल

रत्नेचौर-४, निवासी सन्तोष रावल हालै एमाले समर्थित युवा संघ, नेपालको विदेश विभाग सचिवमा चयन भएका छन् । यहि आश्विन २० गते बसेको संघको केन्द्रिय बैठकले रावललार्इ संघको विदेश विभाग सचिवमा चयन गर्ने निर्णय गरी जिम्मेवारी सुम्पेको हो ।
म्याग्दी जिल्लाबाटै कुनै पनि राजनैतिक भातृ संगठनको सबभन्दा उपल्लो तहमा चयन हुने रावल पहिलो हुन । युवा संघ नेपाल, युवा तथा विधार्थीको विश्व संगठनको उपाध्यक्ष हो । संगठनको अध्यक्ष पोर्चुगलको एक संगठन रहेको छ । डिसेम्बर १३ देखि २१ सम्म दक्षिण अफ्रिकामा हुन गैरहेको विश्वका युवा तथा विधार्थीको महोत्सवका सम्बन्धमा समेत बैठकले केहि महत्वपूर्ण निर्णयहरू गरेको रावलले हाम्रो ब्लगलार्इ जानकारी गराएका छन् ।
बैठक संघका विदेश विभाग प्रमुख राजीव पहारीको अध्यक्षतामा बसेको थियो ।