असिनाका कारण लाखको क्षति

रत्नेचौरबाट फर्केर जीवराज शर्मा
बैशाख ५ गते रत्नेचौरमा परेको असिनाका कारण लाखौको क्षति भएको छ । फाटफुट्ट रूपमा परेको असिनाले लुङ्गुर चौरमा हालैदेखि सामूहिक तरकारी खेती गरेका युवाहरूको तरकारी बालीमा १ लाख बराबरको क्षति भएको छ । केहि महिनादेखि सामूहिक ब्याबसायिक तरकारी खेती गर्दै आएका कृष्ण बोगटी, ओम रोका, नीरबहादुर थापा, झपटबहादुर रोकाको संयुक्त तरकारी खेतीको पहिलो चरणको फसल उत्पादन लिनु अगावै भएको यो क्षतिका कारण उनीहरू दुखित भएका छन् । उक्त असिनाले गहुँ बालीमा समेत प्रभाव पारेको छ ।

दाजुहरूको सहयोगमा सफल कार्यक्रम

सहयोगदाताहरूसँग सहयोग उठाउँदै प्रदिप थापा सुमन फोटोः नीराजन शिरीष

म्याग्दीको एक क्रियाशिल साहित्यिक संस्था पौलस्त्य साहित्यसमाजलार्इ आर्थिक सहयोग उपलब्ध गराउने अभिप्रायले मैले आयोजना गरेको ‘साहित्यका लागि शिरीष यात्रा’ को क्रममा पहिलो कार्यक्रमको चाँजोपाजो मिलाउनु भएको थियो रत्नेचौर २ का दाजु (प्रदिप थापा) जसको बिशेष सहयोगका कारण आन्टरपन बेल्जियममा, मोना बेल्जियमले आयोजना गरेको नृत्य प्रतियोगिताका अवसरमा मैले आफ्ना केहि सृजनाहरू सुनाउने अवसर प्राप्त गरेको थिएँ र त्यहाँ प्रदिप दार्इको सक्रिय सहभागिताका कारण ५४ हजार ९ सय ने.रू जम्मा हुन सफल भएको छ ।
कार्यक्रममा मेरा सृजनाहरूको प्रस्तुतीका लागि अवसर प्रदान गर्न बिशेष भुमिका निर्वाह गर्नुभएका रत्नेचौर ४ का दाजु(चन्द्रप्रकाश शर्मा) ले उक्त नृत्य प्रतियोगिताको कार्यक्रमको सुन्दर तरिकाले सञ्चालन गर्नुभएको थियो ।

कार्यक्रममा रचना वाचन गर्दै नीराजन शिरीष । फोटोः प्रदिप थापा सुमन

जापानमा महाभूकम्प, चौरेलीहरू सुरक्षित

जापानको हङ्सुद्भिपमा स्थानीय समयअनुसार अपरान्ह पौने तीन बजे ८.९ रेक्टर स्केलको भूकम्प गए पश्चातः जापानका प्रधानमन्त्री नाओतो कानले संकटकालको घोषणा गरेका छन् । भूकम्पको कम्पन जापानको ओसाकासहित प्रशान्त माहासागर तटवर्ती क्षेत्र सबैमा महसूस गरिएको खबर छ ।
टोकियोबाट हाम्रो सम्पर्कमा आएका रत्नेचौर १, किराखोर निवासी राजु सापकोटाले मोबाइल र ग्याँसको लार्इन अबरूद्द रहेको जानकारी गराएका छन् । उनका अनुसार राजधानी टोकियो वरिपरी रहेका रत्नेचौरबासी लगायत अन्य सबै सुरक्षित छन् । उनले टोकियोभन्दा बाहिर रहि काम गर्ने वा अध्ययन गर्दै गरेका केहि सँग भने सम्पर्क हुन नसकेको बताएका छन । जीवनमा पहिलो पटक यस्तो महाविनाशक भूकम्पका बारेमा थाहा पाउँदा आफू अचम्भित भएको र फेरि पनि दोहोरिन सक्ने चिन्ताले सताएको उनले बताए । विभिन्न सञ्चार माध्यमहरूले भूकम्प पछि आएको सुनामीले मच्चाइरहेको बबण्डरको ताजा दृश्य प्रसारण गरिरहेका छन् । विभिन्न विदेशी संचार माध्यमका अनुसार सुनामीका कारण हालसम्म ५ जनाको ज्यान गएको छ । क्षतिको बाँकी विवरण आउन बाँकी छ ।

‘साहित्यका लागि शिरीष-यात्रा’ अभियानका सहयोगीहरू

मेरो साहित्यिक यात्रा अभियानलार्इ आर्थिक तथा नैतिक रूपमा सहज पार्नका लागि विभिन्न ब्यक्तित्वहरूको सदाशयता र सहयोगका लागि म आभारी छु । सर्वप्रथम, त यो अभियानका बारेमा अति नै उत्सुक रहि आर्थिक सहयोगको लागि सबभन्दा पहिले प्रतिबद्दता जनाउनु हुने दिदी, बिना बुढाथोकीलार्इ आभार प्रकट गर्न चाहन्छु । साथै इजरायलमै कार्यरत अर्की सहयोगी दिदी माया (पवित्रा) आलेलार्इ पनि धेरै धेरै आभार प्रकट गर्न चाहन्छु । यो अभियानको सफलताको लागि नैतिक समर्थन गरिदिनु भएकोमा म मामा सरोज क्षत्री प्रति पनि आभारी छु । उहाँकै सद्भभावका कारण फ्रान्समा अध्ययनरत मेधावी छात्र, भार्इ कमलबिक्रम केसीसँग सम्पर्क स्थापित भएको र त्यहाँ कार्यक्रम भव्यतापूर्वक सफल हुने विश्वास लिएको छु ।

हालसम्म अभियानका लागि प्राप्त सहयोग रकम र सहयोगको विवरण तल उल्लेख गरेबमोजिम रहेको सहर्ष जानकारी गराउँदछु ।

१) बिना बुढाथोकी इजरायल, यु.एस डलर १००।-
२) माया आले इजरायल, यु.एस डलर ५०।-
३) प्रदिप थापा सुमन, रत्नेचौर-२, हालः बेल्जियम, वश्लोदेखि ब्रसेल्ससम्मको प्लेन टिकट स्पोन्सर
४) एक फिलिपिनी महिला साथी (नाम उल्लेख नगर्ने शर्तमा) ट्रोम्सोदेखि वश्लो सम्मको प्लेन टिकट स्पोन्सर (यु.एस डलर ८५ बराबर)
५) सरोज क्षत्री साउदी अरेबिया, फ्रान्समा रहेका कमलबिक्रम केसी सँग सम्बन्ध स्थापित गराएर त्यहाँ बस्ने तथा कार्यक्रमको चाँजोपाँजो मिलाउनमा सहयोग ।

यदि यहाँहरू पनि आर्थिक वा नैतिक समर्थन गर्न चाहनुहुन्छ भने कृपया जतिसक्दो छिटो तलको ठेगानामा सम्पर्क गरिदिनु हुनका लागि सविनय अनुरोध गर्दछु ।

मनी ट्रान्सफरबाट सहयोग पठाउन चाहुनु हुन्छ भने निम्न ठेगानामा सम्पर्क गर्न सक्नुहुन्छ ।

Nirajan Thapa
Jonas Lies Gate 31, post box 9009, Tromsø, Norway
Contact no. 0047 47709243

बैङ्क मार्फत सहयोग गर्न चाहनुहुन्छ भने निम्न ठेगानामा सम्पर्क राख्नुहोला ।

A/c holder’s name: Nirajan Thapa
IBAN : NO1764200640797
Bank: Nordea Bank,
Swift code: NDEANOKK

Street Address: Grønnegata 80
9008 Tromsø, Norway

पुनश्चः आर्थिक सहयोगमात्र सहयोग नभएकाले नैतिक समर्थनको पनि हार्दिक स्वागत गर्ने जानकारी गराउँछु । साथै प्रत्येक कार्यक्रमको प्रत्यक्ष ब्लगिङ मेरो ब्यक्तिगत ब्लग http://www.thapanirajan.blogspot.com मार्फत गर्नेछु र आवाज सहितको प्रत्यक्ष प्रसारणका लागि केहि दिन पश्चातः जानकारी गराउनेछु । धन्यवाद ।

विनीत
नीराजन शिरीष