हामीलार्इ ढिलो गरि प्राप्त समाचार अनुसार, श्री भानु माध्यमिक बिध्यालय, रत्नेचैारबाट यस वर्ष प्रवेशिका परिक्षा (एसएलसी) मा सम्मिलित ४५ जना परिक्षार्थीहरू मध्य ३५ जना परिक्षार्थीहरू उत्तीर्ण हुन सफल भएका छन् । उत्तीर्ण हुन सफल मध्य सबैभन्दा बढी ७३ प्रतिशत अंक हासील गरि असिम पुन विध्यालयकै सर्वोत्कृष्ट छात्र हुन सफल भएका छन् । असिम सहित ८ जना प्रथम श्रेणीमा, २२ जना द्भितीय श्रेणीमा तथा ५ जना तृतीय श्रेणीमा उत्तीर्ण भएको विध्यालयकी शिक्षिका पार्वती थापाले बताउनुभयो ।
७३ प्रतिशत अंक हासिल गर्न सफल असिम पुनले तल उल्लेख गरेबमोजिम अंक हासिल गरेका छन् ।
अनिवार्य बिज्ञान ८८, अ.गणित ७७, अ.नेपाली ६१, अ. सामाजिक शास्त्र ६५, अ.अंग्रेजी ७७,ऐच्छिक गणित ७७,ऐ. जनसंख्या तथा वातावरण शिक्षा ७३ तथा ऐ.शिक्षा शास्त्रमा ७३ ।
Author Archives: Admin
Reply
रत्नेचैारमा धान रोप्ने कहिले ?
असार महिना पनि करिब करिब निख्रिन लागिसक्यो । तर रत्नेचैारको मुख्य फाँट मानिने चैाराखेतमा अझै रोपाइँको काम शुरू हुन सकेको छैन । पानी नपरेर वा कुलो नचलेर हैन, खेतमा छरेको मकैको खोयामा मकैको गेडा नपस्नाले किसानहरू चिन्तित छन् । रत्नेचैार २ का युवा ब्यवसायी शंकर महतका अनुसार केहि किसानहरूले मकै काटेर खेत रोप्ने कामको शुरू गर्दैछन् ।
निर्माण सम्पन्न भएपछिको भवनको दृश्य
रामबहादुर किसान रहेनन
रत्नेचैार २, सालघारी निवासी ४१ वर्षिय रामबहादुर किसान (साइला सार्की) को २०६८ असार ११ गते मृत्यु भएको छ । अत्यधिक मदिरा सेवनका कारण विभिन्न रोगले च्यापेका उनी लामो समयदेखि विमार थिए । रत्नेचैार २ का युवा ब्यवसायी दानबहादुर महतका अनुसार अस्पतालले मृत्युका कारण जन्डिस बिग्रन गएको बताएको छ । निजका श्रीमती र दुर्इ छोराहरू रहेका छन् ।

