रत्नेचौरमा यस वर्षको हरेलो आज गरियो

रत्नेचौरका किसानहरुले आज हरेलो गरेका छन । आषाढ र श्रावणमा दुई महिना लगाएर धान रोप्ने काम सम्पन्न गरेपछि किसानहरुले हरेलो गर्ने गर्दछन । रत्नेचौर २ का युवा ब्यवसायी शंकर महतका अनुसार सबै किसानहरुले धान रोपिसकेपछिको पहिलो मंगलबार हरेलो गर्ने प्रचलन रहि आएको छ । हेरेलो गर्दा चामलको पीठोको चरा, मुसा पनि बनाइन्छ । साथै ३ चोके खिर्रराको डालोमा रातो सेतो धजा तथा भोर्लाको पातमा मास,ढुटो पोको पारी झुन्ड्याइने काम गरिन्छ । पूजा गर्दा समिे भूमेलाई सम्झिने काम गरिन्छ ।

हरेलोको सामाग्री तयार पार्दै भानु उ.मा.वि.का पूर्व शिक्षक खमबहादुर थापा

लाचौर हरेलोका लागि जाँदै गोविन्द थापा र बिष्णु कार्की

लौ म त हिडेँ हरेलो गर्नः कृष्ण बोगटी आफ्नो खेततर्फ जाँदै

हेरलो पूजा गर्दै बेलबहादुर महत

अनुच्छेद तथा तस्बीर: नीराजन शिरीष

अर्थुङ्गेको चितुवा रत्नेचौर

बेनीबजारमा प्रवेश गरी त्राहीमाम फैलाएको चितुवा फोटो सौजन्यः सन्तोष बोगटी

बुधबार एकाबिहानै बेनीबजार प्रवेश गरेको चितुवाले अपरान्ह १ बजेसम्म बजारबासीलार्इ त्राहीमाम पार्यो । एकाबिहानै न्यूरोडमा ढलक ढलक आफ्नै विशिष्ट चालमा हिडेको चितुवा संगमचोक स्थित भिभा पाउरोटी भित्र छिरे पछि त्यसलार्इ हेर्न हजारौं मानिसको भीड एकै छिनमा जम्मा हुन पुग्यो ।
मानिसहरूको अचाक्ली भीडमा उकुसमुकुस भइ त्रसिएको उक्त चितुवा केही घण्टा पश्चात मान्छेहरूको रमिते घेरालार्इ तोड्दै प्रकाश उच्च मा.वि अगाडिस्थित लक्ष्मीनारायण मन्दिरमा प्रवेश गर्यो । बाघलार्इ नियन्त्रण लिन नसक्ने छाँट देखेपछि प्रहरीहरू सटगन प्रयोग गरी उक्त चितुवालार्इ मार्ने निष्कर्शमा पुगे तर जसै प्रहरीहरू उसलार्इ घेराबन्दी गर्न तम्सिदै थिए उसले एक्कासी एक जुनिएर प्रहरी अधिकृतलार्इ झम्टन पुग्यो । उनले तत्काल गरेको फायर मिस भयो र चितुवा त्यही मन्दिर नजिकै रहेको अशोक श्रेष्ठको घरभित्र पस्यो । एउटा कोठामा प्रवेश गरेको उक्त चितुवालार्इ ८ घण्टाको निरन्तर प्रयास पछि मात्र प्रहरी र स्थानीयबासीले नियन्त्रणमा लिन सके । र, चितुवालार्इ जिल्ला प्रहरी कार्यालयमा राखियो ।
हिजोसम्म चितवन राष्ट्रिय निकुञ्जमा लगि छाड्ने भनिएको उक्त चितुवालार्इ रत्नेचौर र ज्याम्रुककोटको सिमाना डम्डमेमा छाड्ने निर्णय गरिएको छ । यदि साँच्चीकै उक्त चितुवा ठूली रानी बन मै छाडियो भने त्यसले भोलीका दिनमा मानबीय क्षती नपर्ला भन्न सकिदैन ।

रेडक्रस भवनका लागि १ लाख २६ हजार सहयोग

रत्नेचौर गा.वि.स-२, का नीराजन थापाले ट्रोम्स रेडक्रसमा कार्यरत रहँदा त्यहाँको जिल्ला रेडक्रस शाखालार्इ रत्नेचौर रेडक्रसको उपशाखा भवन बनाउनका लागि पेश गरेको प्रस्तावना स्वीकृत गरी १० हजार नर्वेजियन क्रोनर सहयोग गर्ने निर्णय गरेको छ ।
कुल २५ लाखको लागत लाग्ने अनुमानित खर्चसहितको प्रस्तावना पेश गरेकोमा जिल्ला शाखाले मात्रै करिब १ लाख २६ हजार रकम सहयोग गर्ने निर्णय गरेकाले आफू निकै उत्साहित भएको थापाले जानकारी गराए । बि.सं. २०६८ को दशै अगावै कार्य सम्पन्न गर्ने लक्ष्य राखी निमार्ण कार्य छिट्टै शुरू गर्ने थापाले बताए । ट्रोम्स रेडक्रसको निर्णयबाट निकै उत्साहित बनेका थापाले यो योजनालार्इ सफल पार्नका लागि आवश्यक आर्थिक सहयोग जुटाउनका लागि विभिन्न कार्यक्रमहरूको आयोजना गर्ने समेत बताएका छन् ।

सार्वजनिक जग्गामा नीजि इट्टा भट्टा

रत्नेचैारका वार्ड नं. १ र २ मा इट्टा ब्यवसायीहरूले नीजि जग्गाहरूमा इट्टा भट्टा चलाएर राम्रो आम्दानी गर्दै आएका थिए तर रत्नेचैार २ का एक इट्टा ब्यवासायी मोहन महतले भने वार्ड नं. २ स्थित सार्वजिक जग्गामा सुटुक्कै आफ्नै मर्जीले एउटा इट्टा भट्टा संचालन गर्न पुगे । पछाडि वार्डबासीहरूले यस बिषयमा कुरा उठाएपछि भने महतलार्इ निकै अप्ठ्यारो पर्यो । तर गाउँको कुरा गाउँमै नमिल्ने कुरै भएन । आफ्नो कमजोरी महशुस गरि महतले वार्डका हितका लागि रू २ हजार सहयोग गर्ने प्रतिबद्दता प्रकट गरेपछि भने विवाद साम्य भयो । तर जेहोस् यसरी आफ्नै मर्जीले आफुखुशी सार्वजनिक जग्गाको उपभोग गर्नु कानुनसम्मत भने छैन ।

रत्नेचैार २, घैँयारामा सार्वजनिक स्थानमा संचालित इट्टा भट्टा (तस्बीरः नीराजन शिरीष)