धान काट्ने काम शुरू भैसकेछ

रत्नेचौरबाट सागर रावलले हामीलार्इ सम्प्रेषण गरेको समाचार अनुसार रत्नेचौर गा.वि.स को तल्लो भेगको मुख्य फाँट मानिने रत्नेचौर १-४ को चारकिल्लाभित्र पर्ने चौरको खेतमा धान काट्ने काम शुरू भएको छ । रावलका अनुसार तिहारभन्दा अगावै यो फाँटको धान काटी भित्र्याइन सकिने अत्याधिक सम्भावना रहेको छ ।

धान काट्दै किसानहरू फोटोः सागर रावल

 

 

ल हेर्नुस दुर्इ नृत्य प्रस्तुतीहरू

एकता अर्जम साँस्कृतिक समूह अर्जमले श्री रामचन्द्र नि.मा.बि.को प्रांगणमा प्रस्तुत गरेको तलको दुर्इ नृत्यहरू युट्युबमा समेत प्रविष्टि गरिएको छ । तलको भिडियोहरू हेरी यहाँले पनि आनन्द लिन सक्नुहुनेछ । यी भिडियो रामचन्द्र थापा मगरले छायाँकन गर्नुभएको हो ।

१. बिशेष गरेर मगर तथा गुरुङ जाती मा प्रचलित नृत्य हो यो । यसलाई रोधी नृत्य भनिन्छ । समुदायमा लाहुरेलाई बिदाइ गर्ने बेलामा नाचगान गरेर बिदा गर्ने चलन लाई यो नृत्यमा देखाउन खोजिएको छ।
 

२, हुत्केलि नित्य, बिशेष गरेर नेपाल को पुर्बी भाग तिर निकै नै प्रचलित नृत्य हो यो। साथै यो नित्य गोरखा जिल्लामा पनि प्रचलित छ। कसै कसैले यो नृत्यलार्इ गोर्खालि नाच पनि भन्दछन् । हात मा खुकुरी लिएर नाचिने यो नीत्य मा ख्याल ठट्टा रमाईलोका साथै जिबनजगतका कुराहरु समेटिन्छ।

ड्रम बजाउँदै शिव

यो ब्लग सञ्चालनमा ल्याउनुको उद्देश्य गाउँका खबरलार्इ राख्नु मात्र थिएन । यसको एउटा उद्देश्य रत्नेचौर गा.वि.स भरी रहेका युवा प्रतिभाहरूलार्इ प्रकाशमा ल्याउनु पनि हो । मलार्इ राम्ररी थाहा छ, कमानसिंह थापामगर (इन्जिनियर हालः संयुक्त अधिराज्य अमेरिका), बिजय शर्मा (हालः पूर्ण छात्रबृतिमा एमबिबिएस अध्ययनरत), बिष्णु शर्मा (धौलागिरिकै उदियमान युवा पत्रकार), किरण बोगटी (ग्राफिक्स डिजाइनर), दिपक बोगटी (उदियमान ब्यापारी), भूपेन्द्रबहादुर थापा (राजनीतिज्ञ), शितल शर्मा (उदियमान पर्यटन व्यवसायी), सन्तोष रावल (युवा नेता) तथा सुरेश शर्मा (भागवत गीता महापुराण वाचक) लगायत व्यक्तित्वहरूको सफलताको कथालार्इ समेत प्रकाशमा ल्याउने ।

यसै क्रममा आज मैले यूटुबमा एउटा भिडियो भेट्टाउन सफल भर्इ यहाँ राखेको छु । जहाँ बिगत साढे २ वर्षदेखि अध्ययनका क्रममा डेनमार्क रहेका शिब बोगटीले एउटा भव्य सांगितिक प्रस्तुतीमा ड्रम बजाइरहेका छन् तल भिडियो हेर्नुस र आफ्नो धारणाहरू लेख्नुस । म पछि पछि सबै सफल युवाहरूको कथालार्इ विस्तुतमा लेखेर यहाँहरू माझ प्रस्तुत गर्ने वाचा गर्छु ।

गा.वि.स स्तरिय भलिबल प्रतियोगिता सम्पन्न

रामचन्द्र थापा मगर (अर्जमबाट फर्केर)

शुभविजया दशमी २०६७ को पावन अवसरमा धवलागिरी युवा क्लब रत्नेचौर, अर्जम ले  आयोजना गरेको अन्तर गा. बि. स भलिबल प्रतीयोगिता सफलताका साथ सम्पन्न भयो । तीन दिनसम्म चलेको सो प्रतीयोगितामा १६ टिमले भाग लिएका थिए । प्रतियोगितामा प्रथम स्थान हासिल गरी भकुन्डे युवा क्लबले रु १०,००० आफ्नो पोल्टामा पार्‍यो भने एकता अर्जम सांस्कृतिक समुहले भने दोस्रो स्थानमा चित्त बुझाउनु पर्‍यो। निकै प्रतिस्पर्धात्मक अन्तिम खेलमा भकुन्डे युवा क्लबसँग पराजित हुदै एकता अर्जम सांस्कृतिक समुहले दोश्रो हुँदै रू. ५००० प्राप्त गरेको हो । साथै उक्त कार्यक्रममा धबलगिरी युवा क्लबको तर्फ बाट सस्कृतिक कार्यक्रमहरु पनि प्रस्तुत गरिएका थिए ।

 

खेलको एक दृश्य तस्बीरः लेखक

 

खेलको एक दृश्य तस्बीरः लेखक