रत्नेचौरको रेडक्रस उपशाखालार्इ सहयोगको आवश्यक

श्याम खत्री
रत्नेचौर उपस्वास्थ्य चौकी नयाँ भवनमा सरेपछि केहि वर्ष अगाडिदेखि नेपाल रेडक्रस सोसाइटी रत्नेचौर उपशाखाले उपयोग गर्दै आएको उपस्वास्थ्य चौकीको भवनबाट आफ्ना नियमित कार्यसम्पादन गर्नमा असहज भएका कारण छिट्टै नयाँ भवनका लागि आवश्यक काम थाल्ने भएको छ । माओवादी द्भन्दकालमा क्षतिग्रस्त रत्नेचौर गा.वि.स भवनकै कोठाहरू मध्ये त्यो कोठा पनि एक थियो ।

बैठकमा सहभागी महिला सदस्यहरू साथमा कोषाध्यक्ष सरिता शर्मा

कामचलाउरूपमा भवनको मर्मतसम्भार गरियता पनि भवनको स्थिती अत्यन्तै नाजुक रहेको छ । गा.वि.स. भवन पक्की बन्दै छ भने उपस्वास्थ्य चौकी यस अगाडि नै ऐतिहासिक बुढोपोखरीको ठिक मुनिपट्टी आफ्नै पक्की भवनमा सरिसकेको छ । त्यसकारण पनि भवनको उपयुक्त मर्मत सम्भारका लागि कसैको ध्यान पुग्न सकेको छैन । रेडक्रस उपशाखाको हालै बसेको पदाधिकारी बैठकले यथासम्भव कम खर्चमा एउटा नयाँ भवन निर्माण गर्ने निर्णय गरेको छ । साथै भवन निर्माणका लागि आवश्यक सहयोग गर्नका लागि सहयोग दाताहरूसँग अपिल समेत गरि विज्ञप्ति प्रकाशित गरेको छ । स्मरण रहोस् नेपाल रेडक्रस सोसाइटी म्याग्दी शाखा अन्तरगतका धेरै उपशाखाहरूको स्थानीय सहयोगदाताहरूको सहयोगमा भवन निर्माण कार्य सम्पन्न भैसकेका छन् ।

बैठकमा सहभागि पुरूष सदस्यहरू

नेपाल रेडक्रसबाट नर्वेजियन रेडक्रसका लागि युवा प्रतिनिधी छनौट भर्इ हालः नर्वेजियन रेडक्रसमा कार्यरत रत्नेचौर २ निवासी नीराजन थापाले भवन निर्माणका लागि आफ्नो कार्यक्षेत्रमा केहि रचनात्मक कार्यक्रम गरी आर्थिक सहयोग संकलन जुटाउनेप्रति ध्यान दिने बताएका छन् ।
सहयोगका लागि यहाँहरूले सम्पर्क गर्नसक्नु हुने व्यक्तिहरू निम्नलिखित हुनुहुन्छ –
चिरिञ्जीवि बोगटी (राजकुमार) अध्यक्ष
चिरिञ्जीवि बोगटी (चिरन) सचिब
नेत्रबहादुर महत (भवन निर्माण समिति, संयोजक)
खड्गबहादुर बोगटी
सहयोगका लागि यस ब्लग मार्फत दाताहरूसँग आब्हान गरी प्रकाशित गरिएको विज्ञप्ती तल हेर्नुस्

भैलोमा उठ्यो डेढ लाख

अनुच्छेदः रामचन्द्र थापा मगर
तस्बीरः रामचन्द्र थापा मगर

एकता अर्जम सांस्कृतिक समुहको देउसी भैलो कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ । शुभ दिपावली २०६७ को पाबन अबसरमा आयोजित देउसी भैलो कार्यक्रम ७ दिन सम्म चलेको थियो। बागलुङग, लमगाउ, कुडुले, रत्नेचौर हुदै अर्जममा आयोजित देउसी भैलो कार्यक्रममा जम्मा १,५०,२९२ रुपैया सङकलन भएको छ । सङ्कलित रकम “तेजिन्द्र स्मृती भवन” निर्मांण मा खर्च गरिनेछ । स्मरण रहोस स्वर्गीय तेजिन्द्र थापा मगर अर्जम सांस्कृतिक समुहका पुर्ब नित्य प्रशिक्षक तथा संस्थापक सदस्य हुनुहुन्छ। समय अभाब को कारण पर्बतको कुश्मा र म्याग्दीको बेनि बजारमा देउसी भैलो कार्यक्रम आयोजना गर्न असमर्थ भएको संस्थाका अध्यक्ष राजु थापा मगरले जानकारी गराउनु भएको छ। एकता अर्जम सांस्कृतिक समुह तथा रत्नेचौर गाउँलाई सम्पुर्ण धौलागिरि अञ्चलमा परिचित गराउने हेतुले सो कार्यक्रम आयोजना गरिएको थापाले बताउनु भयो ।

रत्नेचौरमा आधुनिक खेति प्रणालीको शुरूवात !

यो तलको फोटो हेर्नुस । र, यो ट्याक्टरले ठ्याक्कै कसको खेतमा जोतिरहेको छ अनुमान गर्नुस । सहि अनुमान गर्नेहरू मध्ये एकजनालार्इ आकर्षक पुरस्कारको व्यवस्था गरिएको छ । तपार्इको अनुमान कमेन्ट बक्समा लेख्न सक्नुहुनेछ । मर्यादाक्रम अनुसार प्राथमिकता दिइनेछ, अर्थात फस्ट कम फस्ट सर्भ । ट्याक्टरले नै किन जोत्नु पर्यो ? के अब रत्नेचौरमा आधुनिक कृषि प्रणाली भित्रिएकै हो त ? यससम्बन्धी विस्तृत जानकारी केहि दिन पछि अपडेट हुँदैछ ।

ट्याक्टरल जोत्दैछ अब यहाँका फाँटहरूमाः फोटो सुरत केसी

एकता अर्जम सांस्कृतिक समुह को देउसी भैलो

रामचन्द्र थापा मगर

गत सालको देउसीको एक झलकः लेखक


एकता अर्जम सांस्कृतिक समुह ले शुभ दिपावली को पबन अबसर मा देउसी भैलो कार्यक्रम आयोजना गरेको छ। एकता अर्जम सांस्कृतिक समुहका पुर्ब नित्य प्रशिक्षक तथा संस्थापक सदस्य स्वर्गिय तेजिन्द्र थापा मगर को स्मृतिमा निर्माणाधिन “तेजिन्द्र स्मृती भवन” को निर्मांणसहयोगार्थ देउसी भैलो कार्यक्रम आयोजना गरिएको कुरा संस्थाका अध्यक्ष राजु थापा मगर ले बताउनु भएको छ। रत्नेचौर गा.वि.स. वडा नं. ७ र ९ का बासिन्दाहरुको विशेष श्रमदान तथा अग्रज, अभिभावकहरुको सहयोगमा भवन निर्माणकार्य पहिलो तल्ला सम्पन्न भएको छ र यसै आर्थिक वर्ष २०६७/०६८ मा भवनको दोश्रो तल्ला पनि निर्माण गर्ने लक्ष्य रहेको छ । हालसम्म भवन निर्माणको लागि रत्नेचौर वडा नं.७, (हाल जर्मनी) निवासी श्री प्रेम बहादुर थापा मगर ज्यु बाट रु.८०.००० बराबरको घडेरी दान, तथा रत्नेचौर वडा नं.७, (हाल हङकङ) निवासी श्री इन्द्र बहादुर थापा मगरबाट रु.१०,००० सहयोग प्राप्त भैसकेको छ।

देउसीको उपाहार ग्रहण गर्दै भैलिनीहरू गतसालको एक दृश्यः लेखक


स्रोतका अनुसार कार्यक्रम यहि कार्तिक १७ गते देखी सुरु हुनेछ। भैलो कार्यक्रम पर्बत को कुश्मा हुदै बागलुङ बजार, म्याग्दी सदरमुकाम बेनि र रत्नेचौर हुँदै अर्जममा समापन हुनेछ। कार्यक्रम अबधी १ हप्ता सम्म हुनसक्ने संस्थाका अध्यक्ष राजु थापा मगर ले बताउनु भएको छ। साथै भैलो कार्यक्रलाई सक्दो सहयोग गर्न यहाँहरु सबैलाई हार्दीक अनुरोध गर्दछौ।