लौ ! बस फस्यो !

मालढुंगा–बेनी सडक पिच गर्ने काम हुँदै गरेकाले करिब एक हप्ताका लागि उक्त बाटो भएर गुड्ने सवारी साधनहरू बागलुङ–बेनी सडकबाट गुडिरहेका छन् । नियमित सवारी चाप नहुने बागलुङ–बेनी–जोमसोम राजमार्गको बागलुङ–बेनी सडक खण्डको स्तर उति राम्रो छैन् । फाट्टफुट्ट जीपहरू चल्ने यो सडकखण्ड आर्थिक वर्ष ०६७÷०६८ मा पूरै पिच हुने गरी रातो किताबमा पर्ने हल्ला व्यापक चलेको छ ।

काठमाडौका लागि हिडेको बस ठूलो रानी सा.व. को हुलाके नजिक फसेको अवस्थामा

बन्दैछ गा.वि.स भवन

गा.वि.स भवन निर्माणको पछिल्लो तस्बिर

रिपोर्टिङ गरेर फर्किदै

गाउँमा घट्ने हरेक घटनाहरूलाई विश्वमा छरिएर रहेका रत्नेचौरबासीमा अति छिटो सम्प्रेषण गर्ने हाम्रो अभियानको मुख्य उद्देश्य हो । स्थलगत रिपोर्टिङका क्रममा हुरीबतास, पानी केहि चिजको पनि पर्वाह नहुँदो रहेछ । तलको फोटो गा.वि.स भवनसम्बन्धी स्थलगत रिपोर्टिङ सकेपछि बेनी फर्कदाको हो !

गाउँबाट बेनी फर्कने क्रममा (फोटो : दिपेन्द्र श्रेष्ठ)

प्राचिन महत्वको बुढो पोखरी

पानी हुँदाको पोखरीको रुप: फोटो शिव बोगटी

रत्नेचौरका सम्पूर्ण भूमी पुत्र तथा पुत्रीहरूलाई तल प्रस्तुत गरिएको फोटोसँग सम्बन्धित इतिहास तथा आफ्ना अनुभवहरू जे–जस्ता छन् कमेन्टका रुपमा लेखिदिनु होला !

सुन्दर बुढो पोखरी

वि.सं. १८२५ भन्दा पहिले नै रत्नेचौर बासीले यसलाई खानेपानी जम्मा गर्न लागि बनाइएको भनिने यस पोखरीसँग थुप्रै किस्साहरू जोडिएर रहेका छन् । मैले सानो छँदा बुढापाका मान्छेहरुबाट सुने अनुसार दोश्रो फोटोमा देखाइएको नीलो घेराभित्रको क्षेत्रमा नागहरू बस्ने र नीलो रेखाले देखाइएको पोखरीको बिचमा ठडाइएको काठको स्तम्भ (मौलो) वरिपरी आएर जम्मा हुने गर्दथे रे ! यस कुरामा के कति विश्वसनीयताका आधारहरु छन् वा होलान् त्यो त अध्ययन कै विषय नै हो तथापी हाम्रो गाउँमा मानिसहरुको बसोवास धेरै पहिले देखि नै भएको आधारस्तम्भका रुपमा हामीले यस पोखरीलाई लिन सक्दछौं । रत्नेचौरमा जन्मेर यो पोखरीमा भैंसी हुल्न आउनेहरु अहिले कहाँ कहाँ पुगिसके त्यसको हिसाब किताब यो पोखरीले खोजीरहेछ ।

नाग बस्दथे भन्ने विश्वास गरिएको ढुंगो (नीलो घेराभित्र) साथै नागहरु भेला हुन्थे भन्ने विश्वास गरिएको स्तम्भ (रातो रेखाभित्र)