निर्माणाधिन ढोडेनी खोलाको पुल

ढोडेनी वारीबाट खिचिएको दृश्य (म्याग्दी जिल्ला)

Click to play this Smilebox calendar: Calendar
Create your own calendar - Powered by Smilebox
Another free printable calendar by Smilebox

स्वर्गको केही द्श्यहरु : शिव बोगटी (हाल:डेनमार्क)

धौलागिरीको द्श्य मेरो स्वर्गबाट

आउछ मलाई याद शिवरात्रीको रातभर अनी गएका पलहरु चोर्न दाउरा र आलुहरु

जय चापको रूख !

मलाई अहिलेसम्म यो चाँपको बोटमुनी हाम्रा गाउँका बासिन्दाहरुले राम्रा र असलभन्दा बढी नकारात्मक र अरुको कुरा काट्ने, अरुको प्रगतिको आहरिश गर्ने र कसरी हु्न्छ अरुको खुट्टा तान्ने भन्ने विषयमा छलफल गर्दैमा आफ्ना उर्जाशिल समयहरु त्यत्तिकै खेर फाले कि भन्ने लागेको छ । हुन त मानिसका विचारहरु फरक हुनाले बुझाईहरु पनि एक अर्काको भन्दा अलि भिन्दै अवश्य हुन्छन् तथापि यो विषयमा मैले मेरा गाउँका प्रत्येक सचेत युवाहरुको धारणा मेरो जस्तै छ होला भन्नेमा विश्वस्त हुन सक्ने थुप्रै आधारहरु भेटेको छु ।

यो यस्तो चौपारी हो जहाँ मान्छेहरु भेला हुन्छन् तर असल गफहरु उनीहरु अति कम गर्छन् । कसैको विदेश जाने कुरा भएन् “बल्ल खायो मोराले” भन्नेहरुको ताँती भेट्न सकिन्छ यो चौपारीमा । कोही युवती अलिकती ग्ल्यामरस हुन खोजी, मान्छे जोरजाम हुन्छन अनि टुसुक्क बस्न नपाउँदै शुरु गर्छन कुराकानी – “फलानाकी छोरी त कति नकच्चरी भएकी !” यदि कोही मान्छे सामाजिक सेवामा व्यस्त हुन थाल्यो भने फेरि सुरु हुन्छ उही किस्सा – “ल हेर त्यो फलानो कम्ताको छ, पैसा ल्वाम्म पार्न पाईन्छ भनेर दिनरात खटिए झै गर्छ !” भएन फसाद ! कसैले रक्सी खाएको विषयमा कुराकानी हुन्छ, कसैले तास धेरै खेलेकोमा गुनासो हुन्छ । तर कोही कसैले अरुको दुःखमा ढाडस दिने कुरासम्म गर्दैनन् । ए, साँच्ची अनि त्यो चौपारीमा भेला हुनेहरुले रक्सी खाने र तास खेल्नेहरुका पनि मज्जाले कुरा काट्छन तर उनीहरु मध्ये कसैलाई पनि त्यसरी नराम्रो काम गर्नेहरुलाई त्यसो गर्नु हुदैन भनेर सम्झाउने फुर्सदसम्म हुँदैन ।

चापको रुख:कुरा काट्ने साझा थलो

अब हाम्रा गाउँलेहरुको सबभन्दा खराब यो बानीलाई हटाउने जिम्मेवारी हाम्रो काँधमा आएको छ । आशा गरौं अबको पिढी अर्थात हामीहरुले असल र सकारात्मक विचार मन्थन गरेर सहि अर्थमा यो चौपारीको सदुपयोग गर्ने छौं । जय चापको रुख !