बन्दैछ गा.वि.स भवन

गा.वि.स भवन निर्माणको पछिल्लो तस्बिर

मकैमा घोगा लाग्दैछ, धान रोप्ने काम पर सर्दैछ

पूर्ब मनसुन अर्थात प्रि मनसुन निर्धारित समयमै अर्थात जेष्ठ २८ गते शुरू भएर दुई हप्तासम्म चले पनि मनसुनी वर्षामा नियमितता नभए पछि किसानहरू मर्कामा परेका छन् । केहि वर्ष अगाडिसम्म रत्नेचौर तथा यसका आसपासका छिमेकी गाउँहरू धाईरिङ, मालिका, कुडुँले र गौश्वारामा आषाढ अन्त्यसम्ममा करिब ७० प्रतिशत खेतहरूमा धान रोपिसक्ने गरिन्थ्यो । तर दुई चार वर्ष यतादेखि ठिक–ठिक समयमा खेतीबालिका कामहरू गर्न नसकिएको अनुभव सुनाउनुहुन्छ रत्नेचौर–१ का गोविन्द बोगटी ।

यसपाला मकैमा केहि ढिलो गरी घोगा लागेको र अझै कतिपय खेतहरूमा घोगा लाग्न भर्खर शुरू गरेकाले समेत धान रोप्ने काममा केहि ढिला भएको अनुभव छ, लामगराका युवा कृषक महेन्द्र बोगटीको । रत्नेचौर वार्ड नं. २ स्थित लामाचौर (लाचौर) का मकै नलगाइएका खेतहरूमा भने धान रोप्ने काम फटाफट भएको छ । त्यसैगरी खोलाका छेउछाउका खेतहरूमा पनि धान रोप्ने काम पूरै सकिएको छ । तर रत्नेचौरको मुख्य फाँट मानिने गाउँको बीचको फाँटमा भने धान रोप्ने काम १० प्रतिशत पनि सकिएको छैन् ।

सुन्तला फूल खेल्दै आयो अब त बरिख लाईगयो

बारीमा कोदो रोप्ने काम भने लगभग अन्तिम चरणमा पुगेको छ । तथापि कोदोको बिऊ आवश्यकता अनुरुप उत्पादन हुन नसकेकाले कोदो रोप्ने काम भने केहि प्रभावित भएको छ । कतिपय कृषकहरूले बिऊको अभावमा बारीमा मास तथा स्यालटुङको गेडा छर्न बाध्य भएका छन् ।

सहयोगीहरूको नामवली

विदुर भाईलाई सहयोग गर्ने सहयोगी व्यक्तित्वहरूको नामवली तल उल्लेख गरे बमोजिम रहेको छ, यसमा उहाँहरूको आश्वासनलाई पनि यहाँ प्राथमिकता साथ राखिएको छ । श्रावण पहिलो हप्ता रत्नेचौर स्थित भानु मा.वि. को प्रांगणमा रकम हस्तान्तरण कार्यक्रम आयोजना गरिनेछ । र, सहयोग दाताहरूको नामवली विभिन्न सञ्चार माध्यमबाट प्रकाशन तथा प्रचार गरिनेछ । कृपया जति सक्नुहुन्छ, जे सक्नुहुन्छ सहयोग गर्ने प्रयास गरिदिनु होला !

१) राजु थापा, बा.न.पा.१०, कुँडुले (हाल : स्पेन) ३,०००।–

                       (via Moneygram with the Ref. no. 24889992)

२) Sudeep Memorial Trust (बिकास रावल) रत्नेचौर ४, (हाल : अमेरीका) रू.५,०००।–

३) केशर रोका, रत्नेचौर–४ (हाल : बेल्जियम) रू.६०००।–

(Via Crystal Worldwide Money Transfer with the Ref. no. 183751709)

४) विश्व पौडेल रू.१००।–

                (माउण्ट एभरेष्ट आ.उ.मा.वि. बाट SLC मा ८१ प्रतिशत अंक हासिल गर्न सफल विद्यार्थी)

५) शिव बोगटी रत्नेचौर–१, (हाल : डेनमार्क) र राजेश श्रेष्ठ, बा.न.पा–२ (हालः डेनमार्क) रू १०,०००।– 

               (with the pin code ER881 and Kist Remit’s Ref.no.KS2115022)
६) केशब बोगटी रत्नेचौर–१, (हालः मलेशिया) रू ३,०००।– Cash

७) राजु बोगटी, रत्नेचौर–३(हालः बाल्टीमोर, अमेरिका) रू.५,०००।–
   (via Western Union Money Transfer with the Ref. no. 3583264939)

८) श्यामबहादुर के.सी. बा.न.पा. १०, कुडुँले (हालः स्वीडेन) रू.३४७२।–

            (via Crystal Worldwide Money Transfer with the Ref. no. 183642187)

९) गोविन्द (गोपाल) रावल, रत्नेचौर–४, (हालः सियोल, कोरिया) रू.१०,०००।– (हुन्डी मार्फत)

*चिन्हले प्रतिबद्धता ब्यक्त गरिएका र रकम आउने क्रममा रहेको जनाउँदछ ।

यस्तै गरी म्याग्दी बहुमुखी क्याम्पस निःशुल्क अध्ययन तथा माउण्ट एभरेष्ट आवासीय उच्च मा.वि.ले मासिक रू ९,८००।– जागिर सहित अध्ययनको व्यवस्था गर्न ईच्छुक देखिएका छन् । नीजसँग आवश्यक सरसल्लाह पछि कसरी र कहाँ अध्ययन गर्ने भन्ने विषयमा उपयुक्त निर्णय लिईनेछ । यदि निज किसानले जागिर सहित अध्ययन गर्ने वातावरण निर्माण भएमा शुरुमा यसै सहयोग कोषबाट रू.१०,०००।– पुरस्कारस्वरुप प्रदान गरी बाँकी रकम “विपन्न तथा जेहेन्दार विद्यार्थी छात्रबृत्ति कोष” मा स्थानान्तरण गरिनेछ । जसको सञ्चालन शिघ्र रुपमा एक विनियम तयार पारी गरिनेछ ।

म यो सहयोग दाताको सूचीमा अझ धेरै नामहरू थप्न ईच्छुक छु, कृपया यो अभियानमा सामेल भई गरिव तथा विपन्न बालबालिकाहरूलाई अध्ययन गर्नलाई प्रेरित गरौं । र, विदुरलाई योग्य नागरिक बन्न सहयोग गरौं । विश्वास गर्नुस्, उनले यहाँको सहयोगलाई बिर्सने छैनन् ।

कोही छ सहयोगी मान्छे ?

मैले तस्बिरमा देखिएका विदुर भाईका दुई भाइहरूको अध्ययन कार्यलाई नजिकैबाट नियाल्दै आइरहेको छु । बेलाबेलामा आफूले सक्दो हैसियतमा उनीहरूलाई अंग्रेजी ब्याकरण तथा अन्य सन्दर्भ सामाग्रीहरूको पुस्तक दिएर प्रेरित गर्ने प्रयास गर्दै आएको छु । र, मलाई राम्ररी थाहा छ – गाउँमा आफ्नै पहलकदमीमा स्थापना गरेको नीजि स्कुलमा अध्यापनरत रहँदा भानु मा.वि.मा अध्ययनरत भाईबैनीहरूलाई ट्युशन पढाउने काम पनि गरेको थिएँ । र, यिनका दुई भाइहरूलाई निःशुल्क अध्ययन गर्ने अवसर पनि दिएको थिएँ । यी निकै लगनशिल भानु मा.वि.का छात्र विदुरले आफ्ना दाजु कृष्ण किसान अंग्रेजीमा अनुत्तिर्ण भएर पुरकमा परेका बेला भने ७५ प्रतिशत अंक प्राप्त गर्न सफल भएका छन् ।

के गर्नु काम त गर्नै पर्योः प्रवेशिकामा भानु मा.वि.बाट ७५ प्रतिशत अंक हासिल गर्न सफल विदुर किसान

जिल्ला प्राविधिक कार्यालय म्याग्दीका इन्जिनियर कृष्णबहादुर बोगटी सम्झनुहुन्छ –“बिदुरको लगनशिलताबाट म निकै नै प्रभावित भएको छु । मलाई राम्ररी सम्झना छ, उनी कक्षा ८ को अन्तिम परिक्षाको तयारीमा लागेका बेला म कहाँ इट्टा झिक्ने काम गरेका थिए । परिक्षा दिएर राती अबेरसम्म इट्टा झिक्ने काम गरी साँझ अबेरमात्र उनी घर जान्थे । कतिखेर परिक्षाको तैयारी गर्थे होला कुन्नी ? फेरि, भोलीपल्ट परिक्षामा सामेल भएर इट्टा झिक्न हाजिर भैहाल्थे । अहिले प्रवेशिका परिक्षामा उनले प्राप्त गरेको विशिष्ट श्रेणीका कारण पनि म उनीबाट निकै प्रभावित छु । र, उनको उच्च शिक्षाका लागि आफूले सक्दो सहयोग पनि गर्ने प्रयास गर्नेछु ।” त्यसैगरी जिल्ला विकास समिति म्याग्दीका निवर्तमान उपसभापति भूपेन्द्रबहादुर थापाले समेत उनलाई जागिर खाँदै अध्ययन गर्ने वातावरण मिलाउन आफूले सक्दो सहयोग गर्ने बताउनुहुन्छ ।

परिक्षाफल प्रकाशित हुँदा आफू हलो जोत्दै गरेको बताउने उनले आर्थिक अभावका कारण आफ्नो उच्च शिक्षाको पढाई प्रभावित हुन सक्ला भनेर निकै नै तनावमा रहेको बताएँ । उनले अनिवार्य अंग्रेजीमा ५२, नेपालीमा ६१, सामाजिक शास्त्रमा ६०, अनिवार्य गणितमा ९०, ऐच्छिक गणितमा ८२, विज्ञानमा ८८, स्वास्थ्य, जनसंख्या तथा वातावरणमा ८० र शिक्षाशास्त्रमा ८४ गरी कुल ५९७ अंक हासिल गरेका छन् । प्रवेशिका परिक्षको तयारीमा आवश्यक ट्युशन तथा कोचिंगको अभावमा ७५ प्रतिशत अंक हासिल गर्न सफल विदुर भाईले यदि शहर बजारमा जस्तो पढ्ने वातावरण पाउँथे भने जिल्ला टप नगर्ने अवस्था नै रहन्थेन होला ।

आज २० गते बिहान म घरबाट फर्कदै गर्दा उनी डोको बोकेर कामतिर जादै थिए । आफूसँग पढेका तर कम अंक हासिल गरेका धनीमानीका छोराछोरी पोखरा, काठमाडौंतिर लागेको थाहा पाएका उनले आफू भने बाग्लुङ वा बेनी कहाँ पढ्ने अन्यौलमा छन् ! कृपया यदि तपाइँहरू मध्ये कोही उनको उच्च शिक्षाको अध्ययनको लागि केहि सहयोग गर्न ईच्छुक हुनुहुन्छ भने हाम्रो सम्पर्क नम्बर ९८४७६२४०४४, इमेल tpnir21@yahoo.com वा यसैको पोष्टको कमेन्टमा आफ्नो प्रतिबद्धताका लागि सम्पर्क गर्नुहोला । मलाई लाग्दछ, यिनीजस्ता सहयोगको खाँचो रहेकाहरूलाई सहयोग गर्नु सबभन्दा ठूलो धर्म हो ।