एमाले गाउँ कमिटी सल्लाहकार थापालाइ पत्नीशोक

गंगादेवी थापा।रत्नेचौर

ने.क.पा. (एमाले) रत्नेचौर गाउँ कमिटीका सल्लाहकार सदस्य एवं पूराना संगठीत सदस्य, रत्नेचौर ३ निवासी अम्मरबहादुर थापा (ड्याम्फे साइला) लाइ पत्नी शोक परेको छ । करिव ६० वर्षीय उहाँकी धर्मपत्नीको भाद्र २६ गते देहावसान भएको हो ।

श्री रामचन्द्र नि.मा.वि.मा मगर भाषाको कक्षा सञ्चालन

रामचन्द्र थापा, अर्जम

रामचन्द्र नि.मा.वि.को भवनको दृश्य (फोटो ः रामचन्द्र थापा)

म्याग्दी जिल्ला रत्नेचौर गा.वि.स. अर्जममा अबस्थीत श्री रामचन्द्र नि.मा.वि.मा यसै शैक्षिक सत्रदेखि मगर भाषाको कक्षा सञ्चालन भएको छ । मगर जातिको बाहुल्यता रहेको अर्जम गाउँमा अन्य जनजातिको पनि बसोबास रहेतापनि उनीहरुले पनि मगर भाषा उत्सुकताकासाथ अध्ययन गरीरहेका कुरा बिद्यालयका प्रअ शस्तविर आले मगरले बताउनुभएको छ । यसअगाडि वि.सं. २०६० सालमा पनि श्री रामचन्द्र नि.मा.वि.मा मगर भाषाको अध्यापन भएको थियो ।

श्री रामचन्द्र नि.मा.वि.मा मगर भाषाको कक्षा सञ्चालनरामचन्द्र थापा, अर्जमम्याग्दी जिल्ला रत्नेचौर गा.वि.स. अर्जममा अबस्थीत श्री रामचन्द्र नि.मा.वि.मा यसै शैक्षिक सत्रदेखि मगर भाषाको कक्षा सञ्चालन भएको छ । मगर जातिको बाहुल्यता रहेको अर्जम गाउँमा अन्य जनजातिको पनि बसोबास रहेतापनि उनीहरुले पनि मगर भाषा उत्सुकताकासाथ अध्ययन गरीरहेका कुरा बिद्यालयका प्रअ शस्तविर आले मगरले बताउनुभएको छ । यसअगाडि वि.सं. २०६० सालमा पनि श्री रामचन्द्र नि.मा.वि.मा मगर भाषाको अध्यापन भएको थियो ।

रत्नेचौरमा एमाले गाउँ अधिवेशन, अध्यक्षमा बोगटी

रत्नेचौरमा एक प्रतिस्पर्धी मुख्य दलको हैसियतमा रहेको ने.क.पा. (एमाले) ले आफ्नो पहिलो गाउँ अधिवेशन सम्पन्न गरेको छ । लामो समयदेखि रत्नेचौर—४, निवासी टेकबहादुर रावलको अध्यक्षतामा क्रियाशिल गाउँ कमिटिले अधिवेशन पछि भने नेतृत्वमा नयाँ अनुहार पाएको छ । एक समारोह बिच एमाले म्याग्दीका अध्यक्ष हरिकृष्ण श्रेष्ठले कार्यक्रमको उदघाटन गरेका थिए । कार्यक्रममा एमाले जिल्ला कमिटि म्याग्दीका पूर्व सचिव तथा जि.वि.स म्याग्दीका भू.पु उपसभापति भूपेन्द्रबहादुर थापा, जिल्ला कमिटि सचिव खुमबहादुर बानियाँ, सदस्य सन्तोष रावल, बालकृष्ण सुवेदी लगायतले मन्तव्य व्यक्त गरेको बताइएको छ । कार्यक्रमको सभापतित्व गाउँ कमिटि अध्यक्ष टेकबहादुर रावल र सञ्चालन सचिव नीरबहादुर थापाले गरेको जनाइएको छ । Continue reading

क्लब पुनर्गठित, कार्यक्रमको सुरक्षा जिल्ला प्रहरी कार्यालयले गर्ने

हालै एक भेलाले रत्नेचौर युवा क्लबको समिति पुर्नगठन गरेको छ । रत्नेचौर ४ निवासी ओम रोकाको अध्यक्षतामा ११ सदस्यीय समिति पुनर्गठन गरिएको हो । समितिको उपाध्यक्षमा ४ का मन्नु रावल, सचिवमा १ का हरि महत, सहसचिवमा २ का सुजन थापा, कोषाध्यक्षमा १ का कृष्ण बोगटी र सदस्यहरुमा २ का बेलबहादुर महत र जितेन्द्र अधिकारी १ का हरि बोगटी, हिरासिंह बोगटी, जितबहादुर महत र ४ का पूर्ण थापा मगर रहेका छन् । भेलाले ५ सदस्यीय सल्लाहकार समिति समेत गठन गरेको छ । सल्लाहकार समितिमा रत्नेचौर ४ निवासी समाजसेवी टेकबहादुर रावल तथा बसन्त बोगटी लगायत हुनुहुन्छ ।
कार्यक्रमलाई सुरक्षित र मर्यादित रुपमा सञ्चालनका लागि कार्यक्रमको अवधी छोट्याइएको जानकारी कोषाध्यक्ष कृष्ण बोगटीले टेलिफोन मार्फत दिनुभएको छ । साथै कार्यक्रम अवधिभर जिल्ला प्रहरी कार्यालय, म्याग्दीले सुरक्षाकर्मी खटाउने पनि जानकारीमा आएको छ । हालसम्म सन्तोष रावलले सुदिप मेमोरियल कोषबाट रु. २० हजार, दिपक बोगटीले रु १० हजार, शिब बोगटीले रु ७ हजार ७ सय ७७, नीराजन थापाले ५ हजार ५ सय ५५ र केहि गैर्हसरकारी संघसंस्थाहरुले पनि सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरेको कार्यक्रम व्यवस्थापनका एक सदस्य शंकर महतले जानकारी गराउनु भयो ।