एमाले अञ्चलमा भूपेन्द्रबहादुर थापा निर्वाचित

एकराज सुवेदी (काठमाण्डौंबाट)

रत्नेचौर २ निवासी, ने.क.पा (एमाले) म्याग्दीका भू.प् जिल्ला कमिटी सचिव तथा जिल्ला बिकास समिति म्याग्दीका निबर्तमान उपसभापति भूपेन्द्रबहादुर थापा एमाले धौलागिरि अञ्चलको अञ्चल कमिटि सदस्यमा सबैभन्दा बढी मत ल्याउनेमा दोश्रो स्थान (कुल मत १४ मा १०) हासिल गर्दै निर्वाचित हुनुभएको छ । सबैभन्दा बढी ११ मत ल्याउनेमा पर्वतबाट डम्मरकुमारी गुरूङ हुनुहुन्छ ।
पुष १८ गते बागलुङमा सम्पन्न अधिवेशनले ७ सदस्यीय कमिटि निर्वाचित गरेको हो । म्याग्दी जिल्लाबाटै उम्मेदवार हुनु भएका निर्वतमान अञ्चल कमिटि सचिव तथा भू.पु जिल्ला सभापति नवराज शर्माले जम्मा ५ मत प्राप्त गरि निराशाजनक पराजय ब्योहोर्नु परेको छ । यस अगाडि यसै कमिटीको मुख्य पद सचिवमा निर्वाचित शर्माको हार अनपेक्षित हो । बिधान अनुसार अञ्चल कमिटिको निर्वाचनमा अञ्चलभरका जिल्ला कमिटिका अध्यक्षहरू, सबै जिल्लाका राष्ट्रिय प्रतिनिधी परिषदमा प्रतिनिधित्व गर्ने सदस्यहरू र केन्द्रिय सदस्यहरूले मत खसाल्न पाउँछन् । स्रोतका अनुसार भूपेन्द्रबहादुर थापाको अञ्चल कमिटि सचिव हुने सम्भाबना अति नै बलियो छ । अब हुने सचिवको निर्वाचनमा २१ मत हुनेछन् ।

रत्नेचौरको रेडक्रस उपशाखालार्इ सहयोगको आवश्यक

श्याम खत्री
रत्नेचौर उपस्वास्थ्य चौकी नयाँ भवनमा सरेपछि केहि वर्ष अगाडिदेखि नेपाल रेडक्रस सोसाइटी रत्नेचौर उपशाखाले उपयोग गर्दै आएको उपस्वास्थ्य चौकीको भवनबाट आफ्ना नियमित कार्यसम्पादन गर्नमा असहज भएका कारण छिट्टै नयाँ भवनका लागि आवश्यक काम थाल्ने भएको छ । माओवादी द्भन्दकालमा क्षतिग्रस्त रत्नेचौर गा.वि.स भवनकै कोठाहरू मध्ये त्यो कोठा पनि एक थियो ।

बैठकमा सहभागी महिला सदस्यहरू साथमा कोषाध्यक्ष सरिता शर्मा

कामचलाउरूपमा भवनको मर्मतसम्भार गरियता पनि भवनको स्थिती अत्यन्तै नाजुक रहेको छ । गा.वि.स. भवन पक्की बन्दै छ भने उपस्वास्थ्य चौकी यस अगाडि नै ऐतिहासिक बुढोपोखरीको ठिक मुनिपट्टी आफ्नै पक्की भवनमा सरिसकेको छ । त्यसकारण पनि भवनको उपयुक्त मर्मत सम्भारका लागि कसैको ध्यान पुग्न सकेको छैन । रेडक्रस उपशाखाको हालै बसेको पदाधिकारी बैठकले यथासम्भव कम खर्चमा एउटा नयाँ भवन निर्माण गर्ने निर्णय गरेको छ । साथै भवन निर्माणका लागि आवश्यक सहयोग गर्नका लागि सहयोग दाताहरूसँग अपिल समेत गरि विज्ञप्ति प्रकाशित गरेको छ । स्मरण रहोस् नेपाल रेडक्रस सोसाइटी म्याग्दी शाखा अन्तरगतका धेरै उपशाखाहरूको स्थानीय सहयोगदाताहरूको सहयोगमा भवन निर्माण कार्य सम्पन्न भैसकेका छन् ।

बैठकमा सहभागि पुरूष सदस्यहरू

नेपाल रेडक्रसबाट नर्वेजियन रेडक्रसका लागि युवा प्रतिनिधी छनौट भर्इ हालः नर्वेजियन रेडक्रसमा कार्यरत रत्नेचौर २ निवासी नीराजन थापाले भवन निर्माणका लागि आफ्नो कार्यक्षेत्रमा केहि रचनात्मक कार्यक्रम गरी आर्थिक सहयोग संकलन जुटाउनेप्रति ध्यान दिने बताएका छन् ।
सहयोगका लागि यहाँहरूले सम्पर्क गर्नसक्नु हुने व्यक्तिहरू निम्नलिखित हुनुहुन्छ –
चिरिञ्जीवि बोगटी (राजकुमार) अध्यक्ष
चिरिञ्जीवि बोगटी (चिरन) सचिब
नेत्रबहादुर महत (भवन निर्माण समिति, संयोजक)
खड्गबहादुर बोगटी
सहयोगका लागि यस ब्लग मार्फत दाताहरूसँग आब्हान गरी प्रकाशित गरिएको विज्ञप्ती तल हेर्नुस्

भैलोमा उठ्यो डेढ लाख

अनुच्छेदः रामचन्द्र थापा मगर
तस्बीरः रामचन्द्र थापा मगर

एकता अर्जम सांस्कृतिक समुहको देउसी भैलो कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ । शुभ दिपावली २०६७ को पाबन अबसरमा आयोजित देउसी भैलो कार्यक्रम ७ दिन सम्म चलेको थियो। बागलुङग, लमगाउ, कुडुले, रत्नेचौर हुदै अर्जममा आयोजित देउसी भैलो कार्यक्रममा जम्मा १,५०,२९२ रुपैया सङकलन भएको छ । सङ्कलित रकम “तेजिन्द्र स्मृती भवन” निर्मांण मा खर्च गरिनेछ । स्मरण रहोस स्वर्गीय तेजिन्द्र थापा मगर अर्जम सांस्कृतिक समुहका पुर्ब नित्य प्रशिक्षक तथा संस्थापक सदस्य हुनुहुन्छ। समय अभाब को कारण पर्बतको कुश्मा र म्याग्दीको बेनि बजारमा देउसी भैलो कार्यक्रम आयोजना गर्न असमर्थ भएको संस्थाका अध्यक्ष राजु थापा मगरले जानकारी गराउनु भएको छ। एकता अर्जम सांस्कृतिक समुह तथा रत्नेचौर गाउँलाई सम्पुर्ण धौलागिरि अञ्चलमा परिचित गराउने हेतुले सो कार्यक्रम आयोजना गरिएको थापाले बताउनु भयो ।

रत्नेचौरमा आधुनिक खेति प्रणालीको शुरूवात !

यो तलको फोटो हेर्नुस । र, यो ट्याक्टरले ठ्याक्कै कसको खेतमा जोतिरहेको छ अनुमान गर्नुस । सहि अनुमान गर्नेहरू मध्ये एकजनालार्इ आकर्षक पुरस्कारको व्यवस्था गरिएको छ । तपार्इको अनुमान कमेन्ट बक्समा लेख्न सक्नुहुनेछ । मर्यादाक्रम अनुसार प्राथमिकता दिइनेछ, अर्थात फस्ट कम फस्ट सर्भ । ट्याक्टरले नै किन जोत्नु पर्यो ? के अब रत्नेचौरमा आधुनिक कृषि प्रणाली भित्रिएकै हो त ? यससम्बन्धी विस्तृत जानकारी केहि दिन पछि अपडेट हुँदैछ ।

ट्याक्टरल जोत्दैछ अब यहाँका फाँटहरूमाः फोटो सुरत केसी