भानु मा.वि. मा दशजोड संचालन गरिने

सीमा बोगटी (रत्नेचौरबाट फर्केर)

आज माघ २१ गते रत्नेचौर गा.वि.स वार्ड नं. १ स्थित श्री भानु माध्यमिक बिध्यालय रत्नेचौरको प्रांगण आयोजित आम भेलाले आगामी शैक्षिक सत्रबाट भानु मा.वि. मा दशजोड दुर्इको तह थप गर्ने सम्बन्धि छलफल भएको छ । भेलाले यथासिघ्र आयोजक समिति निर्माण गरी चन्दा संकलन तथा आर्थिक संकलनका लागि अन्य क्रियाकलापहरू संचालन गर्ने पनि निर्णय भएको छ ।

उ बेलाको याद


लेखक नारायण बोगटी

भुल्यौं होला पहिले हाम्ले गुन्द्रुक सँग ढिंढो खा’को,
खर्को छानो चुहिएर चोटा भरी छाल आ’को ।
मकै भट्ट पोको पारी झोला बोकी स्कुल गा’को,
ठुलो बन पाखा बाट दाउर बोकी घर आ’को ।
गोठालोमा सङ्गीसँग लुका मारी खेली आउँदा,
बस्तु भाउले बाली मास्थ्यो घर पुग्दा झापाड पा’को।
उ बेलाको याद आउँदा मनमा कस्तो पिडा हुन्छ?
सुन्दर मेरो गाउँको यादले आज यो मन साह्रै रुन्छ…
आज यो मन साह्रै रुन्छ !

हालः दक्षिण कोरिया


रत्नेचौर र धौलागिरि

तस्बिरः शितल शर्मा, क्याप्सनः नीराजन शिरीष

This slideshow requires JavaScript.

शितलको प्रयासमा भानु मा.वि.ले पायो १० थान कम्प्यूटर

नीराजन शिरीष

 

सामूहिक तस्बीर साथमा शितल शर्मा

 

हामीलार्इ ढिलो गरि प्राप्त समाचार अनुसार, रत्नेचौर १ घर भै, हालः ठमेल काठमाण्डौं स्थित नेपाल ड्रिम ट्राभल एजेन्सीकि बजार निर्देशक तथा त्यसै संस्थाकि एक अंशियार समेत रहेकी शितल शर्माको प्रयासमा श्री भानु माध्यमिक बिधालय रत्नेचौरमा १० थान कम्प्यूटर हस्तान्तरण गरिएको छ । गत मंसिर १९ गते कम्प्यूटर हस्तान्तरण कार्यक्रमकको आयोजना गरी उक्त कम्प्यूटरहरू हस्तान्तरण गरिएको हो थियो ।

नेपाली क्षेत्रबाट प्रथमपटक सगरमाथा आरोहण गर्ने पहिलो चाइनिज ह्वाङ नुवोले उक्त सहयोग गरेको समेत शर्माले हामीलार्इ जानकारी गराएकी छिन् । शर्माका अनुसार बेइजिङमा रहेको एक प्रतिष्ठित ब्यवासायि समूह झोङ्गकुन इन्भेस्टमेन्ट ग्रुपका कार्यकारी अध्यक्ष नुवोले एसिएर ब्रान्डका कम्प्यूटर ताइवानबाट खरिद गरेका हुन । रत्नेचौर गा.वि.स. मै सम्भवतः यति ठूलो परिणामको सहयोग जुटेको यो पहिलो अवसर हुनुपर्छ । उनिसँगको मेरो संस्मरण पढ्नलार्इ http://www.thapanirajan.blogspot.com हेर्नुहोला ।

कस्ता छन् कम्प्यूटर ? : बिधार्थीहरू चियाउँदै ।