छिमेकमा पुग्यो प्रथम जागरण कप

सेभेन ए सार्डड कप फुटबल प्रतियोगिताको उपाधी उपल्लाचौर यूवा क्लव बागलुङले हात पारेको छ ।

फाइनलमा निर्धारीत समयमा रत्नेचौर यूवा क्लबलाई १ का विरूद्द ४ गोल प्रहार गर्दै उपल्लाचौर यूवा क्लबले नगद ५१ हजार १ सय ५१ नगदसहित कप उचाल्न सफल भएको हो ।

घरेलु मैदानमा आकर्षक खेल पस्किए पनि रत्नेचौर युवा क्लबले संयमतापूर्वक खेल्न चुक्दा उपविजेतामा नै चित्त बुझाउनु परेको हो । रत्नेचौर युवा क्लबले नगद ३३ हजार ३ सय ३३ सहित ट्रफि प्राप्त गरेको छ ।

फाल्गुण १४ बाट शुरू भई अन्तिम स्पर्धासहित आज सम्पन्न भएको प्रतियोगिता अवधीभर अपेक्षा अनुरूप दर्शकहरूको राम्रै उपस्थिति रहेको खेल संयोजक सुजन थापाले बताए । यो प्रतियोगिता भब्य रूपमा सफल पार्न सकेकोमा आगामी दिनमा अन्य कृयाकलापहरू सफलतापूर्वक सम्पन्न गर्न सकिने आत्मविश्वास बढेर गएको जागरण समूहका उपाध्यक्ष मन्नु रावलले बताए । कार्यक्रमको सफलताको कामनासहित देश बिदेशबाट उल्लेख्य सहयोग प्राप्त भएको साथै जागरण युवा क्लब मार्फत स्वेदश तथा विदेशमा रहेका गाउँलेहरू बीच समन्वय र सहकार्यसहित एकताको भावना जागृत गर्न सकेकोमा समूहका सचिव दानबहादुर महतले खुशी ब्यक्त गरे ।

गाउँको इतिहास मै यति भब्यतापूर्वक फुटबल प्रतियोगिता आयोजना भएको थिएन । युवाहरूको यो जोश निरन्तर हुनुपर्छ मनबहादुर थापाले भने। प्रतियोगिताको प्रथम पुरस्कार काठमान्डुमा रहने स्थानीय युवा ब्यवसायी क्षेत्रबहादुर कार्कीले गरेका थिए । प्रतियोगितामा म्याग्दी, बागलुङ र पर्वतका गरी कुल २५ समूहको सहभागिता जनाएको समूहका सदस्य ध्रुब महतले जानकारी गराए । प्रतियोगिताको उद्घाटन फाल्गुण १४ गते म्याग्दी जिल्लाबाट नवनिर्वाचित प्रतिनिधि सभा सदस्य भूपेन्द्रबहादुर थापाले गरेका हुन ।

 

Leave a Reply

Please log in using one of these methods to post your comment:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s