- शंकर महतको सहयोगमा
आजसम्म प्राप्त जानकारी अनुसार करिब ११ लाख जम्मा भएको छ । हिजो यज्ञको दोश्रो दिन हिमालय बाबा रू १ लाख १, एकेन्द्र रावल ५ हजार १ सय ५, लक्ष्मीदेबी कँडेल, चितवन ५ हजार १ सय ५१, बिष्णुप्रसाद शर्मा तित्याङ, बागलुङ ५ हजार ५ सय ५१, दिलकुमारी रावलले, रू. ७ हजार १ सय प्रदान गर्नु भएको छ । त्यसैगरी यज्ञको तेस्रो दिन आज पनि उल्लेखनीयरूपमा रकम जम्मा हुन गएको जानकारी प्राप्त भएको छ । दशरथ श्रेष्ठ .न.पा.२, बागलुङ १ लाख ११ हजार १ सय ११, गोबिन्दबहादुर बोगटी रू १ लाख, सन्तोष रावल ले रू, ५१ हजार प्रदान गर्नुभएको छ । यज्ञमा प्राप्त सहयोगको पूर्ण विवरण यसै ब्लग मार्फत शिघ्र सार्वजनिक गरिनेछ ।
रत्नेचौरबाट संवाददाता शंकर महतका अनुसार यज्ञमा दर्शन गर्न आउने श्रद्दालुहरूको बाक्लो उपस्थिती रहेको छ । साथै श्रद्दालुहरूको उपस्थितीले समस्त गाउँको रौनक नै हेर्नलायकको छ । स्थानीय ब्यापारमा उल्लेख्य बृद्दि भएको छ । यज्ञमा रत्नेचौर युवा क्लबका सदस्यहरूले स्वंयसेवकको भूमिका जिम्मेवारी पूर्वक बहन गरेको र आयोजक तथा यज्ञमा आएका श्रद्दालुहरूले युवाहरूको स्वंयसेवा कार्यको मुक्तकण्ठले प्रंशसा गरेका छन ।