यस बर्षको बजेटले रत्नेचौर गाउँलार्इ केहि राहत

सम्भवतः पहिलो पटक बागलुङ-बेनी-जोमसोम सडक खण्डका लागि यस पटकको बजेटमा ठूलो अंकको बजेट बिनियोजन गरिएको हो । यो पटक यस राजमार्गका लागि नेपाल सरकारले ५६ करोड रूपैया बिनियोजन गरेको छ । उच्च स्रोतका अनुसार, यस रकम मध्येबाटै काम हुने गरी यस आर्थिक वर्ष ०६८/०६९ मा बागलुङ-बेनी सडक खण्डको हालसम्मको पीच भएको स्थान (डोजरे डाँडो) बाट ३ कि.मी थप पिच (झण्डै भुवाने) सम्म र त्यसबाट उताको पूरै भागमा नाली निर्माण तथा ग्राभेलिङको काम हुनेछ । अब यस आ.व.को अन्त्यसम्म रत्नेचौरबासीले बागलुङसम्मै पक्की पीच बाटोमा यात्रा गर्न पाउनेछन् ।

त्यस्तै यस आ.व.मा रत्नेचौर-१ स्थित खेलमैदानलार्इ अञ्चलस्तरीय रंगशालाका रूपमा बिस्तार गर्नका लागि ४ लाख रूपैयाँ विनियोजन गरिएको छ । श्रोतका अनुसार, यो खेलमैदान रंगशालाका रूपमा विकास नहुन्जेल प्रत्येक वर्ष रकम विनियोजन हुँदै जानेछ । यसै आ‍.व‍.मा ५ साले कुलो भनिने पूरानो सिंचाइ आयोजना मर्मतका लागि पनि ढेड लाख रकम बिनियोजन हुने काम भएको छ । यसै आ.व. मा शिक्षा मन्त्रालयबाट प्राप्त हुने गरी भानु उ.मा.वि. को टिनको छानालार्इ फेरि पक्की सिमेन्टेड छाना निर्माणका लागि रू. २० लाख विनियोजन हुने पनि निश्चित भएको छ ।

1 thought on “यस बर्षको बजेटले रत्नेचौर गाउँलार्इ केहि राहत

  1. खुशी लाग्यो बाग्लुङ बेनी सडकखण्ड र भानु मा. वि.का साथै चैारको लागि पनि केही बजेट छुट्टीएकोमा । विश्वास गरैां यो बजेटको दुरुपयोग नभइकन पूर्ण सदुपयोग होस् र हाम्रो क्षेत्रको बिकासका क्रमहरु अगि बढुन् । समाचार सम्प्रेषणको लागी निराजन भाइलाई धन्यवाद ।

Leave a Reply

Please log in using one of these methods to post your comment:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s