रत्नेचौरका किसानहरुले आज हरेलो गरेका छन । आषाढ र श्रावणमा दुई महिना लगाएर धान रोप्ने काम सम्पन्न गरेपछि किसानहरुले हरेलो गर्ने गर्दछन । रत्नेचौर २ का युवा ब्यवसायी शंकर महतका अनुसार सबै किसानहरुले धान रोपिसकेपछिको पहिलो मंगलबार हरेलो गर्ने प्रचलन रहि आएको छ । हेरेलो गर्दा चामलको पीठोको चरा, मुसा पनि बनाइन्छ । साथै ३ चोके खिर्रराको डालोमा रातो सेतो धजा तथा भोर्लाको पातमा मास,ढुटो पोको पारी झुन्ड्याइने काम गरिन्छ । पूजा गर्दा समिे भूमेलाई सम्झिने काम गरिन्छ ।
अनुच्छेद तथा तस्बीर: नीराजन शिरीष