बुधबार एकाबिहानै बेनीबजार प्रवेश गरेको चितुवाले अपरान्ह १ बजेसम्म बजारबासीलार्इ त्राहीमाम पार्यो । एकाबिहानै न्यूरोडमा ढलक ढलक आफ्नै विशिष्ट चालमा हिडेको चितुवा संगमचोक स्थित भिभा पाउरोटी भित्र छिरे पछि त्यसलार्इ हेर्न हजारौं मानिसको भीड एकै छिनमा जम्मा हुन पुग्यो ।
मानिसहरूको अचाक्ली भीडमा उकुसमुकुस भइ त्रसिएको उक्त चितुवा केही घण्टा पश्चात मान्छेहरूको रमिते घेरालार्इ तोड्दै प्रकाश उच्च मा.वि अगाडिस्थित लक्ष्मीनारायण मन्दिरमा प्रवेश गर्यो । बाघलार्इ नियन्त्रण लिन नसक्ने छाँट देखेपछि प्रहरीहरू सटगन प्रयोग गरी उक्त चितुवालार्इ मार्ने निष्कर्शमा पुगे तर जसै प्रहरीहरू उसलार्इ घेराबन्दी गर्न तम्सिदै थिए उसले एक्कासी एक जुनिएर प्रहरी अधिकृतलार्इ झम्टन पुग्यो । उनले तत्काल गरेको फायर मिस भयो र चितुवा त्यही मन्दिर नजिकै रहेको अशोक श्रेष्ठको घरभित्र पस्यो । एउटा कोठामा प्रवेश गरेको उक्त चितुवालार्इ ८ घण्टाको निरन्तर प्रयास पछि मात्र प्रहरी र स्थानीयबासीले नियन्त्रणमा लिन सके । र, चितुवालार्इ जिल्ला प्रहरी कार्यालयमा राखियो ।
हिजोसम्म चितवन राष्ट्रिय निकुञ्जमा लगि छाड्ने भनिएको उक्त चितुवालार्इ रत्नेचौर र ज्याम्रुककोटको सिमाना डम्डमेमा छाड्ने निर्णय गरिएको छ । यदि साँच्चीकै उक्त चितुवा ठूली रानी बन मै छाडियो भने त्यसले भोलीका दिनमा मानबीय क्षती नपर्ला भन्न सकिदैन ।
यो त सरासर गलत भैहाल्यो नी । बस्तीको नजिकै रहेको बनमा छाड्ने कुराले भोली उक्त क्षेत्रमा निम्त्याउन सक्ने भवितब्यको जिम्मेवारी कसले लिन्छ ?