दशैंको उपलक्ष्यमा साङ्गीतिक कार्यक्रम सम्पन्न

तस्बीर तथा अनुच्छेदः रामचन्द्र थापा मगर

कार्यक्रममा नृत्य प्रस्तुत गर्दै कलाकारहरू

एकता अर्जम सांस्कृतिक समुह को आयोजना मा यहि मिती २०६८ असोज २० गते बृहत सांस्कृतिक तथा साङ्गितिक कार्यक्रम भब्यताका साथ सम्पन्न भयो।  माननिय सभासद गोबिन्द पौडेल को प्रमुख आ‍तीथ्यतामा सम्पन्न कार्यक्रममा नेत्र महत, नर बहादुर थापा मगर, राजकुमार थापा मगर, आइत परियार लगायतका राजनितिकर्मीहरुको सहभगिता रहेको थियो।

            ” लोप उन्मुख संस्कृतिको जगेर्ना गरौ, आन्तरिक पर्यटनको प्रबद्धन गरौ ” भन्ने मुल नाराका साथ आयोजित कार्यक्रममा संस्थाको तर्फबाट मारुनी, कौडा, रोधि, सालैजो तथा अन्य सांस्कृतिक नृत्यहरू गरिएका थिए । दर्शकहरुको उल्लेख्य सहभागिता रहेको कार्यक्रममा   समाजसेवी तथा बुद्धिजिबी बर्गहरुको आसन ग्रहनले कार्यक्रमको शोभा बढाएको थियो।  साथै सो कार्यक्रममा अर्जम क्षेत्रबाट २०६७ सालमा प्रबेशिका परिक्षामा उतिर्ण हुने ४५ जना बिधार्थिहरु लाई प्रशंसा पत्र तथा मायाको चिनो बितरण गरिएको थियो।
                 संस्थाका अध्यक्ष राजु थापा मगर को सभापतित्व तथा सचिव रामचन्द्र थापा मगर को सञ्चालन मा सम्पन्न कार्यक्रममा रु ७५ हजार आर्थिक सङ्कलन भएको थियो। साथै ”नि: शुल्क स्वास्थ्य शिबिर २०६७” का बिशेष सहयोगीहरु तथा संस्थाका बिशेष सहयोगी नीराजन शिरीष र याम ब थापामगर लाई पनि सम्मान गरिएको थियो।   कार्यक्रम  मा मिडिया पाट्नर को रुपमा बागलुङ एफ एम, रेडियो म्याग्दिकाली, नब बिकल्प साप्ताहिक र म्याग्दी सञ्चार साप्ताहिक समाचार पत्र रहेका थिए ।
कार्यक्रमका केही झलकहरू तल तस्बीरमा –

नृत्य प्रस्तुत गर्दै कलाकारहरू

कार्यक्रमममा उपस्थित अतिथी तथा दर्शकहरू

कार्यक्रममा उपस्थित दर्शकहरू

Leave a comment