एमाले अञ्चलमा भूपेन्द्रबहादुर थापा निर्वाचित

एकराज सुवेदी (काठमाण्डौंबाट)

रत्नेचौर २ निवासी, ने.क.पा (एमाले) म्याग्दीका भू.प् जिल्ला कमिटी सचिव तथा जिल्ला बिकास समिति म्याग्दीका निबर्तमान उपसभापति भूपेन्द्रबहादुर थापा एमाले धौलागिरि अञ्चलको अञ्चल कमिटि सदस्यमा सबैभन्दा बढी मत ल्याउनेमा दोश्रो स्थान (कुल मत १४ मा १०) हासिल गर्दै निर्वाचित हुनुभएको छ । सबैभन्दा बढी ११ मत ल्याउनेमा पर्वतबाट डम्मरकुमारी गुरूङ हुनुहुन्छ ।
पुष १८ गते बागलुङमा सम्पन्न अधिवेशनले ७ सदस्यीय कमिटि निर्वाचित गरेको हो । म्याग्दी जिल्लाबाटै उम्मेदवार हुनु भएका निर्वतमान अञ्चल कमिटि सचिव तथा भू.पु जिल्ला सभापति नवराज शर्माले जम्मा ५ मत प्राप्त गरि निराशाजनक पराजय ब्योहोर्नु परेको छ । यस अगाडि यसै कमिटीको मुख्य पद सचिवमा निर्वाचित शर्माको हार अनपेक्षित हो । बिधान अनुसार अञ्चल कमिटिको निर्वाचनमा अञ्चलभरका जिल्ला कमिटिका अध्यक्षहरू, सबै जिल्लाका राष्ट्रिय प्रतिनिधी परिषदमा प्रतिनिधित्व गर्ने सदस्यहरू र केन्द्रिय सदस्यहरूले मत खसाल्न पाउँछन् । स्रोतका अनुसार भूपेन्द्रबहादुर थापाको अञ्चल कमिटि सचिव हुने सम्भाबना अति नै बलियो छ । अब हुने सचिवको निर्वाचनमा २१ मत हुनेछन् ।

7 thoughts on “एमाले अञ्चलमा भूपेन्द्रबहादुर थापा निर्वाचित

  1. भूपेन्द्र अंकल,

    हार्दिक बधाई सर्व प्रथम । यहाँको राजनीतिक यात्रा प्रगतिको शिखर तिर अघि बढोस् । रत्नेचैारले एउटा राष्ट्रिय कुशल नेता पाओस् । भगबान मुक्तिनाथको कृपा यहाँमा रहिरहोस् लाखैां लाख शुभकामना ।।

  2. thans bhupendra bhinaju jilla ko matra nabhayra aba pura nepal ra nepali ko shapana pura garnu par6. rajnitik ma tapai aja agade janu par6 tesma kati Badha archan haru au6an sabai lai melayra lana saknunai auta safal neta. rajneta hu6 jasma toy gud hun6 toy gud tapai sanga 6. aba dhaulagiri baseharu le naya neta payka 6an aba khe pariwartan ta pakkai pane paunu hune6 bhandai safal ta ko kamana garda chu …. bogati..

Leave a Reply to gopal rawal Cancel reply

Please log in using one of these methods to post your comment:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s