रामचन्द्र थापा मगर (अर्जमबाट फर्केर)
शुभविजया दशमी २०६७ को पावन अवसरमा धवलागिरी युवा क्लब रत्नेचौर, अर्जम ले आयोजना गरेको अन्तर गा. बि. स भलिबल प्रतीयोगिता सफलताका साथ सम्पन्न भयो । तीन दिनसम्म चलेको सो प्रतीयोगितामा १६ टिमले भाग लिएका थिए । प्रतियोगितामा प्रथम स्थान हासिल गरी भकुन्डे युवा क्लबले रु १०,००० आफ्नो पोल्टामा पार्यो भने एकता अर्जम सांस्कृतिक समुहले भने दोस्रो स्थानमा चित्त बुझाउनु पर्यो। निकै प्रतिस्पर्धात्मक अन्तिम खेलमा भकुन्डे युवा क्लबसँग पराजित हुदै एकता अर्जम सांस्कृतिक समुहले दोश्रो हुँदै रू. ५००० प्राप्त गरेको हो । साथै उक्त कार्यक्रममा धबलगिरी युवा क्लबको तर्फ बाट सस्कृतिक कार्यक्रमहरु पनि प्रस्तुत गरिएका थिए ।
You must be logged in to post a comment.