रत्नेचौरमा अञ्चलस्तरीय प्रतियोगित हुने

रत्नेचौरमा पनि युवाहरुको क्लब छ भनेर सुन्दा धेरैलाई आश्चर्य लाग्न सक्ला । तर एक दशकभन्दा बढीको इतिहास बोकेको यस क्लब मजबुत रुपमा कहिल्यै परिचित नभएकाले धेरैलाई यस्तो लाग्नु स्वभाविकै हो । धेरै बर्ष पछि रत्नैचौरका केहि जुझारु युवाहरुको साझा प्रयासमा यो ब्युँतने प्रयास गरिरहेको छ । तर त्यसका लागि कारणवशः स्वेदशमा नरहेका तपाइँ हामीहरु जस्तै अरु युवाहरुको आर्थिक तथा नैतिक समर्थनको समेत अत्यन्तै खाँचो रहन्छ ।
यस ब्लगका स्थानीय सम्वाददाता तथा रत्नेचौर २, निवासी युवा व्यवसायी शंकर महतले मलाई यस ब्लग मार्फत आर्थिक सहयोग जुटाउनका लागि बारम्बार अनुरोध गरेकाले र उपलब्ध हुने आर्थिक सहयोगको सहि सदुपयोग हुने प्रतिबद्धता जनाएकाले यस सहयोग कार्यक्रमका लागि आर्थिक सहयोगको लागि आव्हान गरिएको हो ।

शंकर महतका अनुसार हरितालिका तिजको पावन अवसरमा आयोजना गरिने धौलागिरी अंचलको क्लबस्तरीय भलिबल प्रतियोगिताको प्रथम पुरस्कार ११ हजार १ सय ११ नगद र प्रमाणपत्र, द्धितिय पुरस्कार ७ हजार ७ सय ७७ र प्रमाणपत्र तथा तृतीय पुरस्कार ५ हजार ५ सय ५५ र प्रमाणपत्र रहने छ । साथै फुटबल, बास्केटबल, घैटोफोर र विभिन्न सांस्कृतिक कार्यक्रमहरु समेत आयोजना गरिनेछ । कार्यक्रम भाद्र २० देखि २६ गतेसम्म सञ्चालन हुनेछ ।
आर्थिक सहयोगका लागि यस ब्लगका तर्फबाट समस्त गाउँले युवाहरुको हितको लागि समेत केहि शर्तहरु राखिएका छन् ।
क) आर्थिक सहयोगबाट उठेको रकम पुरस्कार वितरणमा नपुग रहेको रकमका हदसम्म मात्र प्रयोग हुनुपर्नेछ ।
ख) बचत हुन गएको सम्पूर्ण रकम रत्नेचौर युवा क्लबको बैंक खातामा जम्मा गर्नुपर्नेछ ।
ग) कार्यक्रम सम्पन्न भैसकेपछि सम्पूर्ण आम्दानी तथा खर्चको सार्वजनिक लेखापरिक्षण गर्नु पर्नेछ ।
घ) कारणवश ः कार्यक्रम आयोजना स्थगन गरिएमा सम्पूर्ण रकम सहयोगदाताहरुलाई फिर्ता गरिनु पर्नेछ ।
ङ) सहयोग रकम संकलन, परिचालन र अनुगमनका लागि एक स्थानीय लब्ध प्रतिष्ठितको संरक्षकत्वमा, कम्तिमा एक जना शिक्षित महिलाको प्रतिनिधित्व समेत रहने गरी ३ सदस्यीय एक समिति गठन गरी त्यसको जानकारी यस ब्लगलाई गराउनु पर्नेछ ।
च) संकलित रकम प्राप्त गर्नुभन्दा कम्तिमा पाँच दिन पहिले आधिकारिक व्यक्तिहरुको दस्तखत सहित एक प्रतिबद्धता पत्र सामाजिक सञ्जाल फेसबुकमा रहेको रत्नेचौर गाउँको समूह वा tpnir21@yahoo.com मा इमेल गर्नुपर्नेछ ।
साथै सहयोग उपलब्ध गराउन चाहनुहुने महानुभावले आफूले गर्न चाहेको सहयोग रकम र आफ्नो नाम तथा ठेगानासहित विवरण खुल्ने गरी यो लेखको कमेन्ट बक्समा लेख्न सक्नुहुनेछ । साथै tpnir21@yahoo.com मा इमेल गर्न सक्नुहुनेछ ।
म मेरो व्यक्तिगत तर्फबाट श्रद्धेय मातापिता गंगादेवी थापा तथा भूपेन्द्रबहादुर थापाको नाम उल्लेख हुने शर्तमा भलिबल तर्फको तृतीय पुरस्कार रु.५,५५५।– उपलब्ध गराउन ईच्छुक रहेको समेत जानकारी गराउँदछु ।

5 thoughts on “रत्नेचौरमा अञ्चलस्तरीय प्रतियोगित हुने

  1. प्रिय निराजन जी
    हाम्रो गाउँमा यस प्रकारको प्रतियोगिता संचालन हुनु पक्कै पनि गौरबको कुरा हो र तपाईंको आर्थिक तथा अन्य सहयोगको म कदर गर्छु | प्रतियोगिताको समाप्ति पछिका समाचारहरु पनि ब्लगको रूपमा लेखेर हामीलाई अबगत गराउनु भएमा आभारी हुने थियौं |

  2. Finally some youth have emerge to contribute some social activities in Ratnechaur. Notifying the best n lovely place to be, i would like to wish all the best to ur programmes. I would love to help n share this wonderful activities happening in ratnechaur. Stay in touch.

  3. hi namaskar ma bogati ratnechaur ma ramro kura garna launu bhay 6 ma tapai haru lai k kati shahayog garnu par6 katijati dida ramro hun6 hola shalladinu hola hai tel 60162499610 bogati

  4. ratnecharu youth club le pheri ek choti sports acitvity lai continue gareko ma kushi chha….hope you guys will continue this ….mero tarfa bata pani sakene help gardi chhu ….second prize money ma ra mero saathi rajesh ko tarfa bata sponser garnn chanchhu…thanx

  5. प्रिय मित्रहरु
    सर्बप्रथम त गाउँमा धौलागिरि अञ्चलस्तरीय कार्यक्रम आयोजना गर्ने यहाँहरुको साहसको उच्च कदर गर्न चाहन्छु । साथै उपलब्ध सहयोगको सहि सदुपयोग हुने अपेक्षा राख्दै म मेरा तर्फबाट मेरा आमा बाबाको नाम उल्लेख हुने शर्तमा भलिबल प्रतियोगिताको तृतीय पुरस्कार प्रायोजन गर्ने प्रतिबद्धता ब्यक्त गर्दछु ।
    यहाँहरुकै,
    नीराजन थापा

Leave a Reply

Please log in using one of these methods to post your comment:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s