लौ ! बस फस्यो !

मालढुंगा–बेनी सडक पिच गर्ने काम हुँदै गरेकाले करिब एक हप्ताका लागि उक्त बाटो भएर गुड्ने सवारी साधनहरू बागलुङ–बेनी सडकबाट गुडिरहेका छन् । नियमित सवारी चाप नहुने बागलुङ–बेनी–जोमसोम राजमार्गको बागलुङ–बेनी सडक खण्डको स्तर उति राम्रो छैन् । फाट्टफुट्ट जीपहरू चल्ने यो सडकखण्ड आर्थिक वर्ष ०६७÷०६८ मा पूरै पिच हुने गरी रातो किताबमा पर्ने हल्ला व्यापक चलेको छ ।

काठमाडौका लागि हिडेको बस ठूलो रानी सा.व. को हुलाके नजिक फसेको अवस्थामा

1 thought on “लौ ! बस फस्यो !

  1. निराजन भाइ
    नमस्ते

    पहिलोपल्ट हजुर को ब्लग देख्दा निकै खुसि लाग्यो मलाइ किनकि टेक्नोलोजी क्षेत्र मा हामि म्याग्देली पछाडी छम कि भन्ने भाङ आजदेखि हट्यो मेरो मन मा जब मैले हजुर को ब्लग हेर्ने मौका पाए .

    यो ब्लग हेरे पछी मलाइ आफ्नै गाउ ठाउ मा भएको महसुस भयो . यो प्रयास निकै नै सराहनीय छ म हजुर को ब्लग मेरो ब्लग को लिस्ट मा पनि उपडेत गर्छु र सम्पर्क गर्दै गर्न पनि आग्रह गर्दछु .

    ब्लग को मुहार निकै राम्रो लाग्यो र लेख हरु पनि बस्ताब मा गाउथाउ लाइ परिचय गर्ने गराउने कोसिस अझै गर्भ लाग्यो मलाइ . सुभकामना यहा लाइ अझै कलम निरन्तर बगिरहोस हामो ढोडेनी खोला जस्तै …………
    धन्यबाद


    =================================
    हजुरहरुलाई धन्यवाद भन्दै
    प्रदिप सुबेदी
    ज्या – ६ म्याग्दी , हाल : कतार
    cell phone: +974 6719589

Leave a reply to pradipraj Subedi Cancel reply