इट्टा व्यवसायमा अग्रसर युवाहरू

इट्टा भट्टीबाट निस्केको धुवा र पृष्ठभुमीमा धौलागिरि हिमाल (फोटो : उमेश थापा)

प्रस्तुत फोटो उमेश भाईले किन र कुन मोडमा खिचे मैले यस ब्लगमा यसै भनेर भन्न सक्दिन तर पृष्ठभूमीमा देखिएको धौलागिरि हिमालको मनमोहक दृश्यले सायद उनलाई लोभ्याएर यो फोटो खिचेका हुन् कि भन्ने सम्म अनुमान गर्न सक्छु । उनले जे जति कारणले यो फोटो खिचेको भए पनि फोटोमा एउटा इट्टा भट्टा र त्यसबाट निक्लीरहेको धुँवाले हाम्रो गाउँमा पनि केही व्यवसायिक गतिविधीहरू हुन थालेका छन् भन्नु अस्वभाविक हुँदैन् ।
फोटोमा देखिएको ईट्टा भट्टा युवा व्यवसायीद्धय कुलबहादुर महत र दानबहादुर महत (शंकर) दाजुभाईहरुले संचालन गरेका हुन् । उनीहरुको बाहेक अहिले रत्नेचौर गाउँभरी झण्डै आधा दर्जन इट्टा भट्टीहरु संचालनमा छन् । दुई जिल्ला सदरमुकामहरू बाग्लुङ र बेनीको मध्यभागमा पर्ने भएकाले पनि यस गाउँमा थुप्रै व्यवसायिक संभाव्यताहरु रहेका छन् जस मध्ये एउटा इट्टा उत्पादन तथा यसको विक्री वितरण पनि हो । यसरी महत दाजुभाईले झैं अरु युवाहरुले पनि विभिन्न व्यवसायहरु कुखुरा पालन, तरकारी खेती, भुजा उत्पादन तथा विक्रीवितरण, पशुपालन, दुग्ध व्यवसाय तथा होटल व्यवसाय गर्ने हो भने खाडी मुलुकमा बगाउने पसिनाको मूल्यभन्दा आफ्नै गाउँमा बढी लाभ लिन सकिने देखिन्छ ।

2 thoughts on “इट्टा व्यवसायमा अग्रसर युवाहरू

  1. के कुरालाई आदर्शको गफ देखनु भो मित्रले मैले थाहा पाइन कृपया बताईदिनु हुन्थ्यो कि !

Leave a reply to eka raj subedi Cancel reply