नयाँ वर्ष मनाउने सबैका आ–आफ्नै तौरतरिकाहरु हुन्छन् । ती सृजनात्मक वा रचनात्मक पनि हुन्छन् । र, कतिपयले साथीभाई एकै ठाउँमा भेला भै रमाईलो साथ नयाँ वर्ष मनाउने गर्दछन् । र, हामी केही चौरेली युवाहरुले चाहिँ २०६६ को निराश वर्षको अन्तिम दिन हामी मध्ये धेरैका लागि उति लाभदायक नभएकाले सफ्ट ड्रिंक र चिकेन खाएर रमाईलो गर्यौ । धेरैले यसलाई नराम्रो अर्थमा लेलान् । तर हामीले जुनियर वा सिनियरको घेरालाई तोडेर सबै एकै ठाउँमा भेला भै अति संयमित तरिकाले ड्रिंक्स गर्ने काम गर्यौं । हामीले त्यहाँ पिउने र पिलाउने काम मात्र होइन् हाम्रा गाउँका युवाहरुलाई एकत्रित पारी रत्नेचौर युवा क्लबलाई छिट्टै नै सक्रिय बनाउने योजना पनि बनाएका थियौं र त्यो काममा अहिले निरन्तर लागि परेकै छौं ।
जेहोस्, हाम्रो चीरपरिचीत रमाईलो गर्ने जक्सन “झलक दाई” को पसलमा के थिएन र हुँदैन् हामीले सबथोक पाउँछौं । र, त्यो दिन पनि हर्षोल्लास साथ त्यो इभ मनायौं । हुन् त हामीले रमाईला गफगाफहरु धेरै गर्यौ तर त्यसको अर्थ कहिल्यै यस्तो नहोस् कि हामी युवाहरु गम्भिर छैनौं । त्योदिन त्यहाँ भेला भएका थुप्रै साथीहरुले जम्मा एक चिजको कमीको महशुस गरे । हो, हामीसँग सिर्फ एक चिजको कमी थियो – रसिक झलक दाई !
la la masti garau sathi haru din yinai hun, these days never come back again.
yea guyzzzzzzz mising u all……n jhalak uncle ta mis hunuhune nai bhai haleo