ड्रम बजाउँदै शिव

यो ब्लग सञ्चालनमा ल्याउनुको उद्देश्य गाउँका खबरलार्इ राख्नु मात्र थिएन । यसको एउटा उद्देश्य रत्नेचौर गा.वि.स भरी रहेका युवा प्रतिभाहरूलार्इ प्रकाशमा ल्याउनु पनि हो । मलार्इ राम्ररी थाहा छ, कमानसिंह थापामगर (इन्जिनियर हालः संयुक्त अधिराज्य अमेरिका), बिजय शर्मा (हालः पूर्ण छात्रबृतिमा एमबिबिएस अध्ययनरत), बिष्णु शर्मा (धौलागिरिकै उदियमान युवा पत्रकार), किरण बोगटी (ग्राफिक्स डिजाइनर), दिपक बोगटी (उदियमान ब्यापारी), भूपेन्द्रबहादुर थापा (राजनीतिज्ञ), शितल शर्मा (उदियमान पर्यटन व्यवसायी), सन्तोष रावल (युवा नेता) तथा सुरेश शर्मा (भागवत गीता महापुराण वाचक) लगायत व्यक्तित्वहरूको सफलताको कथालार्इ समेत प्रकाशमा ल्याउने ।

यसै क्रममा आज मैले यूटुबमा एउटा भिडियो भेट्टाउन सफल भर्इ यहाँ राखेको छु । जहाँ बिगत साढे २ वर्षदेखि अध्ययनका क्रममा डेनमार्क रहेका शिब बोगटीले एउटा भव्य सांगितिक प्रस्तुतीमा ड्रम बजाइरहेका छन् तल भिडियो हेर्नुस र आफ्नो धारणाहरू लेख्नुस । म पछि पछि सबै सफल युवाहरूको कथालार्इ विस्तुतमा लेखेर यहाँहरू माझ प्रस्तुत गर्ने वाचा गर्छु ।

3 thoughts on “ड्रम बजाउँदै शिव

  1. शिब भाइलाई धेरै धेरै बधाई । यहाँ रत्नेचैारको वरद पुत्रका रुपमा राष्ट्रीय अन्तर्राष्ट्रिय रुपमा ड्रम बादकका रुपमा स्थापित हुनुहोस् भन्ने हाम्रो हार्दिक शुभेच्छा एवं शुभकामना ।।

Leave a comment